सूचित रहनुहोस्, प्रेरित रहनुहोस्। हाम्रो समाचार पृष्ठमा स्वागत छ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध रास्ट्रिय सैान्दर्यकर्मी युनियन नेपाल (नाबुन) बिराटनगर महानगर कमिटीले कोशी प्रदेश स्तरीय निःशुल्क वाटर प्रूफमेकअप, ड्रगप्रूफ मोडल मेक अप र हलिउड वेप्स हेयर स्टाईल तालिम कार्यक्रम जेठ १६ गते आयोजना गरेको छ ।

नाबुन केन्द्रिय महासचिव ममता प्रधान, प्रतिनिधि परिषद उपप्रमुख गङ्गा तामाङ लगायतका अतिथिहरूको उपस्थीती रहेको तालिम कार्यक्रममा १०० जना भन्दा बढी नाबुन सदस्यहरूको उपस्थीती रहेको थियो भने तालिम कार्यक्रमको अध्यक्षता महानगर कमिटी अध्यक्ष बसन्ती गुरुङले गर्नु भएको थियो ।
नेपाल ट्रेड युनियन महासङघ (जिफन्ट) आवद्ध नेपाल बिजुली, पेण्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक नेपाल) को ३० औं स्थापना दिवस जेठ १८ गते बिविध कार्यक्रम आयोजना गरी मनाएको छ ।

जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले काठमाण्डैमा केन्द्रीय कमिटीद्वारा आयोजित कार्यक्रमलाइ सम्बोधन गर्नु हुंदै परीवर्तीत समय अनुकुल क्युपेक नेपाललाइ अगाडी बढाउनु पर्नेमा जोड दिनु भयो ।
अध्यक्ष श्रेष्ठले वर्तमान सरकार लोकप्रियतावादमा लागेर स्टन्ट गरिरहेको बताउनु हुंदै यो कदम केवल श्रमिकको अधिकार खोस्ने मात्र नभई समग्र लोकतन्त्र र प्रजातान्त्रिक व्यवस्थामाथिकै प्रहार भएकोले यस्का बिरूद्ध संगठीत शक्तीले मात्र पराजीत गर्न सक्ने भएको हुनाले संगठीत अभियानलाइ अझ मजबुत तरीकाले अगाडी बढाउनु पर्नेमा जोड दिनु भएको थियो ।

कार्यक्रममा जिफन्ट उपाध्यक्ष तथा क्यूपेक संस्थापक अध्यक्ष जितेन्द्र श्रेष्ठले ट्रेड युनियन र राजनिती एक अपसमा परीपुरक रहेको भन्नु हुदै राजनीती मार्फत नै श्रमिक अधिकारलाइ संस्थागत गर्न सकिने बतउनु हुंदै हरेक श्रमिकले देशको राजनैती अवस्थाका बारे ज्ञान राख्न जरूरी रहेको बताउनु भयो ।
क्युपेक अधयक्ष शान्ता बस्नेतको अध्यक्षतामा राजेन्द्र बिष्टले संचालन गर्नु भएको कार्यक्रममा जिफन्ट आवद्ध यूनियनको तर्फबाट नेष्ट अध्यक्ष माया गुरूङ, जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरी नेपाल, DGB प्रतीनीधी सरोज ब्युरोले स्थापना दिवसको सन्दर्भमा शुभकामना मन्तब्य राख्नु भएको थियो ।
त्यसैगरी ३० औं स्थापना दिवसको सन्दर्भमा झापा, सुनसरी, धनकुटा, बारा, मकवानपुर, दोलखा, चितवन, तनहुं, कास्की, पर्वत, नवलपुर, परासी र कैलाली जिल्लामा शुभकामना अदान प्रदान, हाजिर जवाफ, बतृत्व कला प्रतियोगिता, आंखा शिविर र जेष्ठ नागरिक सम्मान कार्यक्रम अयोजना गरेको क्युपेक महासचिब राजेन्द्र बिष्टले जानकारी दिनु भएको छ ।
कार्यक्रमको फोटोकोलागी तलको लिंकमा क्लिक गर्नुहोस् ।
https://www.facebook.com/media/set/?set=a.122195681270435116&type=3
नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता, राष्ट्रिय स्वाभिमान र भौगोलिक अखण्डता जस्तो अत्यन्त संवेदनशील विषयमा प्रधानमन्त्री वालेन्द्र शाहले जेठ १७ गते सङ्घीय संसद्मा नेपालले पनि भारतको सिम मिचेको भनी व्यक्त गर्नुभएको धारणाप्रति नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले खेद ब्यक्त गरेको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहको उक्त गैरजिम्मेवार अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै राष्ट्रिय हित, सार्वभौमसत्ता र भौगोलिक अखण्डतासम्बन्धी विषयमा सरकारलाई स्पष्ट तथ्यपरक र जिम्मेवार ढंगले प्रस्तुत हुन र राष्ट्रहित विपरीतको भनाइप्रति तत्काल माफी माग्दै कूटनीतिक मर्यादाको पालना गर्न र राष्ट्रिय स्वाभिमानको रक्षाका लागि मार्ग प्रशस्त गर्न समेत जिफन्टले माग गरेको छ ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध बैक, वित्तीय तथा सहकारी कर्मचारी युनियन (बाफ्स्यु)ले जेठ १६ गते नुवाकोट जिल्ला भेला सम्पन्न गरेको छ ।
भेलाले रमेश कुमार श्रेष्ठको संयोजकत्वमा १३ सदस्य जिल्ला कमिटी गठन गरेको छ ।
भेलालाइ सम्बोधन गर्नु हुंदै बाफ्स्यु महासचिव भैरव श्रेष्ठले योगदानमा आधारित सामाजिक सुरक्षामा सुचिकरण गर्ने प्रकृया कोषबाट श्रमिक तथा कर्मचारीहरूले पाउने सबिधा र श्रमिक आधिकारको वारेमा प्रकाश पार्नु भएको थियो ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल चिया कफि श्रमिक युनियनको ३७ औं स्थापना दिवसको सन्दर्भमा जेठ १६ गते चिया श्रमिकहरुको समस्या र समाधान बिषयक अन्तरक्रीया कार्यक्रम सम्पन्न भएको छ ।
अन्तरक्रिया कार्यक्रममा विगतमा गरिएको सम्झौता कार्यन्वयन, रोजगार सम्झौता , योगदानमा आधारित सामाजिक सुरक्षा, वृद्धि भएको पारिश्रमिकको बक्यौता भुक्तानी लगायतका बिषयमा छलफल भएको युनियन केन्द्रीय अध्यक्ष सन्त कुमार राइले जानकारी दिनु भएको हो ।
जिफन्ट आवद्ध नेपाल स्वास्थ्यस्वयम सेबि संघ (नेभा)को बागमति प्रदेश स्तरिय नेतृत्व बिकास तथा क्षमता अभिवृदि तालिम जेठ १६ गते अनामनगर स्थीत जिफन्ट स्कुलमा सम्पन्न भएको छ ।

तालिम कार्यक्रमको शुभारम्भ गर्नु हुंदै जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले बदलिएको परिस्थितिमा ट्रेड युनियन आन्दोलनको अवस्था र नेतृत्वको भुमिका बारेमा प्रकाश पार्नु भएको थियो ।
नेभा केन्द्रिय अध्यक्ष गिता थिङको अध्यक्षतामा भएको कार्यक्रममा जिफन्ट बागमति प्रदेश अध्यक्ष रामहरि नेपालले नेतृत्व बिकास तथा क्षमता अभिवृदि बिषयमा तालिम दिनु भएको थियो ।