मलेसियाका लागि नेपाल सरकारको तर्फबाट महामहिम राजदूतमा प्रस्तावित डा. नेत्र तिमिल्सिना र जिफन्टका उच्च नेतृत्वसँग पौष ४ गते केन्द्रिय कार्यालयमा भेटघाट भयो ।
उक्त भेटमा जिफन्टको नेतृत्वबाट मलेसियामा कार्यरत नेपाली श्रमिकहरुले झेल्नु परेका समस्या एवं त्यहाँको नेपाली दूतावासले गर्ने सेवा र समन्वयमा जिफन्टको अपेक्षाहरुको बारेमा जानकारी गरेको थियो ।
बैठकमा डा. तिमिल्सिनाले मलेसिया नेपालको एक महत्त्वपूर्ण श्रम गन्तव्य भएकोले श्रमिकका मुद्दाहरूको यथाशीघ्र सहजिकरण गर्ने बताउनु भयो । बैठकमा जिफन्टको अध्यक्ष सहित पदाधिकारी र सचिवालय सदस्यहरुको सहभागिता रहेको थियो ।