सूचित रहनुहोस्, प्रेरित रहनुहोस्। हाम्रो समाचार पृष्ठमा स्वागत छ।
नेपाल ट्रेड युनियन महासंघ जिफन्टद्वारा बैदेशीक कार्यक्रममा सहभागी युवाहरूको अनुभब आदान प्रदान कार्यक्रम जेठ १२ गते जिफन्ट स्कुल अनामनगरमा सम्पन्न भयो ।
कार्यक्रममा जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले कार्यक्रमको उद्धेश्य बारे प्रकाश पार्नु भएको कार्यक्रममा बिराज राना, बिके श्रेष्ठ, बिश्वराज बजगाइ, अनिल कुमार सिंह, केशब अधिकारी, दुर्गा भुजेल, ममता श्रेष्ठ, सबिता बस्नेत, ले आफु सहभागी भएको कार्यक्रमको अनुभव राख्नु भएको थियो ।
कार्यक्रममा जिफन्ट उपाध्यक्ष जितेन्द्र श्रेष्ठ, सीता लामा, महासचिब लक्ष्मण शर्मा, उपमहासचिब नरनाथ लुइटेल, सचिब स्मृती लामाले सहभागिहरूले राख्नु भएको अनुभबलाइ जिफन्टको काममा कसरी सम्पादन गर्न सकिन्छ भन्ने बारेमा बिचार राख्नु भएको थियो ।
कार्यक्रमको थप फोटोकोलागी तलको लिंकमा जानुहोस् ।
https://www.facebook.com/media/set/?set=a.122195049716435116&type=3
नेपाल ट्रेड युनियन महासंघ जिफन्ट आवद्ध नेपाल स्वास्थ्य स्वयमसेबी संघ(नेभा)द्वारा जेठ १२ गते कर्णाली प्रदेश मुख्य मन्त्री यामलाल कडेल, सामाजिक बिकास मन्त्रि घनश्याम भण्डारी र योजना आयोगका उपाध्यक्ष सुर्य नाथ योगि समक्ष सामुदायीक महिला स्वास्थ्य स्वयम् सेबिकाहरुको समस्या समाधानकालागी नेभा केन्द्रिय सदस्य भिमु रिजालको नेतृत्वमा माग पत्र पेश गरेको छ ।

अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ नेपाल समन्वय परिषद (आइटियुसी न्याक)को आयोजनामा जेठ ११ गते काठमाडौंमा आपूर्तिकर्ता (आउटसोर्सिङ) मार्फत करारमा कार्यरत श्रमिकहरुको अवस्था र मुद्ददाहरु तथा अनौपचारिक क्षेत्रका श्रमिकहरुको सामाजिक सुरक्षा कार्यान्वयन बारेमा गरिएका अध्ययनहरुको बारेमा छलफल कार्यक्रम आयोजना गरेको छ ।
आइटियुसी न्याक तथा नेपाल ट्रेड युनियन महासंघ जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले श्रमिकका मुद्दाहरु धेरै छन्, तर अधिकारको दृष्टिकोणबाट सबैभन्दा जोखिममा रहेका आउटसोर्सिङ, करार श्रमिक तथा श्रमिक आन्दोलनको सबैभन्दा ठूलो उपलव्धीको रुपमा लिइएको सामाजिक सुरक्षाको बारेमा अध्ययन गरिएको बताउनुभयो।
अध्यक्ष श्रेष्ठले अध्ययनका सिफारिसहरुलाई क्रमश कार्यान्वयनमा लैजाने बताउनु भएको कार्यक्रममा जिफन्ट महासचिव लक्ष्मण शर्मा र एनटियुसी उपाध्यक्ष गणेश केसीले अध्ययनहरु मुख्य मुख्य बियष प्रस्तुत गर्नु भएको थियो ।
जिफन्ट, एनटियुसी र अन्टुफका प्रतिनिधिहरूको उपस्थीती रहेको कार्यक्रममा डिटिडिएका प्रतिनिधि समेत सहभागी हुनुभएको थियो।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) केन्द्रीय कार्यालयको आयोजनामा जेठ १० गते जिफन्ट सभाहलमा आवद्ध युनियनहरूको कार्यालय ब्यवस्थापन सम्बन्धि बैठक सम्पन्न गरेको छ ।
जिफन्ट आवद्ध युनियनका नेताहरूको सहभागितामा भएको बैठकमा जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले जिफन्ट स्थापनाकाल देखी हाल सम्म जिफन्ट र आवद्ध युनियनहरूको कार्यालय ब्यवस्थापन र संचालनको बिधीहरूका बारेमा प्रकाश पार्नु भएको थियो ।

अध्यक्ष बिनोद श्रेष्ठले गत भाद्र २३–२४ गतेको जन्जी आन्दोलनमा अराजक समुहले जिफन्ट र आवद्ध युनियनहरूको कार्यालय तोडफोड गरे पछी जिफन्टले हामी बनाउछैं हाम्रो जिफन्ट अभियान सन्चालन गरी आधुनिक कार्यालय निर्माण गरेको बताउनु भएको बैठकमा सहभागि युनियनका नेताहरूले पनि कार्यालय ब्यवस्थापन सम्बन्धी आ–आफ्ना धारणा राख्नु भएको थियो ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अध्यक्ष बिनोद श्रेष्ठले ट्रेड युनियन आन्दोलन कुनै दलगत विषय नभई ट्रेड युनियन ऐन तथा संविधान प्रदत्त अधिकार भएको भन्दै श्रमिक अधिकारमाथि हस्तक्षेप भए कडा प्रतिवाद गर्न तयार रहन आह्वान गर्नुभएको छ ।
अध्यक्ष श्रेष्ठले जिफन्ट आवद्ध नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन तिलगंगा आँखा प्रतिष्ठानको जेठ ९ गते पाँचौँ अधिवेशन उद्धधाटन गर्नु हुंदै वर्गीय आन्दोलन अविछिन्न रहने भन्नु हुंदै बलिदानीपूर्ण संघर्षबाट प्राप्त अधिकारको रक्षा गर्न सबै श्रमिक एकताबद्ध हुनुपर्ने बताउनु भएको हो ।
तिलगंगा प्रतिष्ठानले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको ट्रेड युनियनआन्दोलनको नेतृत्व गर्न सक्ने क्षमता बिकास गरेको बताउदै अध्यक्ष श्रेष्ठले आगामी दिनमा अझ प्रभावशाली नेतृत्व निर्माणकालागी पाँचौँ अधिवेशनले मद्धत गर्ने बिश्वास सहित अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभयो।
अधिवेशन उद्धघाटन समारोहमा जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरी नेपाल, युनियन केन्द्रीय कार्यवाहक अध्यक्ष राजेन्द्र सिंह ठकुरीले शुभकामना मन्तव्य व्यक्त राख्नु भएको थियो ।
कमिटीका संयोजक रबिन्द्र खड्काको अध्यक्षतामा सम्पन्न उद्धघाटन समारोहको संचालन राजु श्रेष्ठले गर्नु भएको थियो भने स्वागत मन्तव्य अनुपा अर्यालले गर्नुभएको थियो ।
त्यसैगरी अधिवेशनले नारायण बहादुर कार्किको अध्यक्षतामा १५ सदस्य कमिटी निर्वाचित गरेको छ ।
अन्तर्राष्ट्रिय न्याय अदालत (आईसीजे) ले हालै गरेको श्रमिकले हड्ताल गर्न पाउने रायको अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ ( आईटियुसि ) ले स्वागत गर्दै हड्ताल गर्ने अधिकार आईएलओ महासन्धि नम्बर ८७ अन्तर्गत सुरक्षित रहेको पुष्टि भएको जनाएको छ ।
आईसीजेले मे २१ मा दिएको रायमा संगठन स्वतन्त्रता तथा संगठन गर्ने अधिकार संरक्षणसम्बन्धी आईएलओ महासन्धि अन्तर्गत श्रमिकलाई हड्ताल गर्ने अधिकार रहेको व्याख्या गरेको थियो ।
आईटीयूसीले अदालतको रायले दशकौँदेखि स्थापित अन्तर्राष्ट्रिय श्रम कानुनी अभ्यासलाई पुनः पुष्टि गरेको तथा अन्तर्राष्ट्रिय श्रम मापदण्ड प्रणालीमा कानुनी स्पष्टता र विश्वसनीयता पुनर्स्थापित गरेको भन्दै हड्ताल गर्ने अधिकार संगठन स्वतन्त्रताको आधारभूत अंग भएकोले श्रमिकलाई आफ्नो हित रक्षा गर्न, सम्मानजनक काम सुनिश्चित गर्न तथा लोकतान्त्रिक समाज निर्माणमा योगदान गर्न सहयोग पुर्याउँने बताएको छ ।
आईटीयूसी महासचिव लुक ट्रङ्गलले परामर्शात्मक रायका लागि विश्व अदालतलाई धन्यवाद दिदैं अदालतले अन्तर्राष्ट्रिय कानुनले दशकौँदेखि ट्रेड युनियन र आईएलओ प्रणालीभित्र रहँदै आएको बुझाइलाई समर्थन गर्ने पुष्टि गरेको र यो निर्णय कानुनी स्पष्टता, सामाजिक न्याय तथा अन्तर्राष्ट्रिय श्रम मापदण्ड प्रणालीको विश्वसनीयताका लागि महत्वपूर्ण भएको उल्लेख गरेको छ ।
आईटीयूसीले अब यस निर्णयको कार्यान्वयन तथा थप प्रक्रिया आईएलओमार्फत अगाडि बढाउनुपर्ने बताउँदै सबै पक्षलाई संगठन स्वतन्त्रता, सामूहिक सौदाबाजी तथा सामाजिक संवादप्रति नयाँ प्रतिबद्धतासहित सहकार्य गर्न आह्वान समेत गरेको छ ।
यसैगरी युनि ग्लोबल युनियनका महासचिव क्रीस्टि होफम्यान, अन्तर्राष्ट्रिय यातायात मजदुर महासंघ ( आईटिएफ ) का महासचिव स्टेफेन कटन, पब्लिक इन्टरनेशनल सर्भिस ( पिएसआई ) का महासचिव ड्यानियल बर्टोसाले आज विश्वको सर्वोच्च अदालतले हड्ताल गर्ने अधिकार पुष्टि गरेको भन्दै विश्व अदालतलाई धन्यवाद दिएको छ ।