जिफन्ट सहयोग समूहको लोगो सार्वजनिक

अन्तरराष्ट्रिय प्रवासी श्रमिक दिवसको सन्दर्भमा नेपाल ट्रेड युनियन महासंघ जिफन्टले जिफन्ट सहयोग समूह  (GEFONT SUPPORT GROUP) को लोगो सार्वजनिक गरेको छ ।

पुस ३ गते विभिन्न देशमा रहेका आफ्ना सदस्य समूहसँग अनलाइन माध्यमबाट जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले लोगो सार्वजनिक गर्नु हुँदै संसारभरमा काम र पहिचानमा एकरूपता ल्याउनका लागि यस्तो कदम चालिएको जानकारी दिनु भयो ।