दोस्रो जिफन्ट भलिबल कपको उपाधि स्याङ्जा सहयोग समाजलाई

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट), बहराइन सहयोग समूहद्वारा बहराइनको राष्ट्रिय दिवसको अवसरमा आयोजित दोस्रो GEFONT भलिबल कप-२०२४ को उपाधि स्याङ्जा सहयोग समाजले जितेको छ ।

१६ टिमले प्रतिस्पर्धा गरेको सो प्रतियोगितामा स्याङ्जा सहयोग समाजले ट्रफी सहित नगद पुरस्कार रु. १ लाख ११ हजार १ सय ११ रूपैया र उपबिजेता G E T कम्पनीको टिमले रू. ५१ हजार १ सय ११ रूपैया नगद सहित ट्रफी प्राप्त गरेको छ  । 

नेपाली दूतावास बहराइनको तृतीय सचिव श्री दीप राज जोशीको प्रमुख आतिथ्यमा भएको समापन समारोहमा बहराइनको ट्रेड युनियन  GFBTU BAHRAIN का Secretary, प्रवासी नेपाली मञ्च बहराइनको अध्यक्ष चन्द्र गुरुङ, नेपाली क्लबका अध्यक्ष दिपक गुरुङ, वरिष्ठ उपाध्यक्ष नरेन्द्र गले, आदिवासी जनजाति महासंघका वरिष्ठ उपाध्यक्ष मिलन राई, नेपाली जनप्रगतिशिल मञ्च बहराइनको अध्यक्ष श्री रामु काफ्ले लगायतका अतिथिहरूको सहभागिता रहेको कुरा बहराइन सहयोग समूह अध्यक्ष थोमस कुलङले जानकारी गराउनु हुँदै प्रतियोगिता सफल पार्न सहयोग गर्नुहुने सबैमा धन्यवाद सहित आभार व्यक्त गर्नु भएको छ । 

दोस्रो जिफन्ट भलिबल कपको उपाधि स्याङ्जा सहयोग समाजलाई नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट), बहराइन सहयोग समूहद्वारा बहराइनको राष्ट्रिय दिवसको अवसरमा आयोजित दोस्रो GEFONT भलिबल कप-२०२४ को उपाधि स्याङ्जा सहयोग समाजले जितेको छ ।