जिफन्टले मनायो अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवसको

नेपाल ट्रेड यूनियन महासंघ जिफन्टले अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवसको सन्दर्भमा “साामााजिक सुरक्षामा नियमित योगदान – श्रमिकको अधिकार संरक्षण" मुल नाराकासाथ १८ डिसेम्बर अर्थात पुस ३ गते वैदेशिक रोजगारीमा रहेका श्रमिकहरू बिच भर्चुअल माध्यामबाट अन्तरक्रिया गरेको छ ।

अन्तरक्रिया कार्यक्रममा जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवसको सन्दर्भमा सबै श्रमिकहरूलाई शुभकामना दिनु हुदै ‘जहाँ श्रमिक त्यहाँ जिफन्ट’ भन्ने नाराका साथ गन्तव्य मुलुकहरूमा क्रियाशील रहेको जिफन्ट यस वर्षदेखि यूरोप अमेरिका र जापानमा समेत प्रवासी श्रमिहरूलाइ जिफन्ट सहयोग समुह मार्फत संगठीत गर्ने अभियानमा जिफन्ट  सहयोग समुह अमेरिकाले आफ्नो गतिविधि सुरू गरी जानकारी दिनु भयो ।

अध्यक्ष श्रेष्ठले जिफन्टले वर्षौंदेखि वैदेशिक रोजगारीको सम्बन्धमा ‘मुलूकमा नै न्यायिक ज्याला सहितको रोजगारी’को माग गर्दै आएको र वैदेशिक रोजगारीलाई बाध्यता हैन, छनौटको विषय बनाऔँ भन्ने दृष्टिकोण कायमै रहेको बताउनु भयो ।

विदेश विभाग सचिव स्मृति लामाले सहजिकरण गर्नु भएको सो अन्तरक्रियामा मलेसिया, युएई, कतार, कुवेत, साउदी, जापान र अमेरिकाबाट करिब ४० जना प्रवासी श्रमिक सहित जिफन्ट पदाधिकारी तथा सचिवालयको उपस्थित रहेको थियो ।

जिफन्ट सहयोग समूहको नयाँ लोगो सार्वजनिक

अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवसको सन्दर्भमा नेपाल ट्रेड यूनियन महासंघ जिफन्टले जिफन्ट सहयोग समुह  (GEFONT SUPPORT GROUP) को लोगो सार्वजनिक गरेको छ । पुस ३ गते विभिन्न देशमा रहेका आफ्ना सदस्य समूहसँग अनलाइन माध्यमबाट जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले सार्वजनिक गर्नु हुदै संसारभरमा काम र पहिचानमा एकरूपता ल्याउनका लागि यस्तो कदम चालिएको जानकारी दिनु भयो ।