गृह पृष्ठ सूचना सञ्चार

श्रेणी : सूचना सञ्चार

सूचित रहनुहोस्, प्रेरित रहनुहोस्। हाम्रो समाचार पृष्ठमा स्वागत छ।

वर्तमान सरकार लोकप्रियतावादमा लागेर स्टन्ट गरिरहेको छः अध्यक्ष श्रेष्ठ

नेपाल ट्रेड युनियन महासङघ (जिफन्ट) र संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसि) का अध्यक्ष बिनोद श्रेष्ठले ट्रेड युनियन खारेजी र श्रमिकहरूको अधिकार खोस्ने गरी चालिएका कदम विरुद्ध कडा आपत्ति जनाउदै वर्तमान सरकारले चालेका कदमहरू पूर्ण रूपमा गैरसंवैधानिक, गैर-मानवअधिकार र श्रमजीवी वर्गलाई सिध्याउने नियतमा आधारित रहेको बताउनु भएको छ।

अध्यक्ष श्रेष्ठले १५ गते लेबर टेलिभिजनलाइ अन्तर्वार्ता दिनु हुंदै ट्रेड युनियनहरू कुनै दलको विधानबाट संचालन हुने नभई देशको संविधान र ट्रेड युनियन ऐन अन्तर्गत वैधानिक रूपमा दर्ता भएकाले ट्रेड युनियनहरू दलगत हुने सरकारको आरोप गलत भएको स्पष्ट पार्नुभयो ।

अध्यक्ष श्रेष्ठले वर्तमान सरकार लोकप्रियतावाद (पपुलिजम) मा लागेर स्टन्ट गरिरहेको र सामाजिक सुरक्षा कोष, श्रम सल्लाहकार परिषद्  तथा वैदेशिक रोजगार बोर्ड  जस्ता त्रिपक्षीय निकायहरूबाट ट्रेड युनियन र रोजगारदाताको संस्थागत प्रतिनिधित्व हटाएर त्रिपक्षीयताको मर्ममाथि नै प्रहार गरेको बताउनु हुंदै यो कदम केवल श्रमिकको अधिकार खोस्ने मात्र नभई समग्र लोकतन्त्र र प्रजातान्त्रिक व्यवस्थामाथिकै ठुलो प्रहार भएको बताउनु हुंदै यस्का बिरूद्ध ट्रेड युनियनहरु चुप लागेर बताउनु भएको छ । 
 

https://www.youtube.com/watch?v=tXUZ73JovvQ

जिफन्ट युथ-जेनेरेशन कार्यशाला सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) द्वारा शसक्त युनियनकालागी जिफन्ट युथ-जेनेरेशन कार्यशाला जेठ १५ गते अनामनगर स्थीत जिफन्ट स्कुलमा सम्पन्न भएको छ । 

कार्यशालाको शुभारम्भ गर्नु हुंदै जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले नेपाल ट्रेड युनियन अन्दोलनको स्थापना देखी हाल सम्म युवाहरूको भुमिका, अन्दोलनको नेतृत्व र युवा परीचालन तथा नेतृत्व बिकासकालागी जिफन्टको वाइ जेन  कार्यक्रमको बारेमा प्रकाश पार्नु भएको थियो ।

कार्यशालामा अध्यक्ष श्रेष्ठले युवाको नेतृत्व बिकासकालागि सोच र कार्य शैली परीवतर्न हुन जरूरी रहेको बताउनु हुंदै जिफन्टले युवा पुस्तालाइ ट्रेड युनियन अन्दोलनमा सहभागिता बढाउन युवा केन्द्रीत कार्यक्रमहरू अगाडी बढाइ रहेको बताउनु भयो । 

कार्यशालामा कामको संसारमा युवाहरुको अवस्था, समस्या, चुनौती, श्रमिक आन्दोलनमा युवा सहभागिता र युवा श्रमिकको नेतृत्व विकास लगायतका बिषयमा ७ वटा समुहले छलफल गरी प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रमको थप फोटोकोलागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

https://www.facebook.com/media/set/?set=a.122195337338435116&type=3

घोषणा पत्र जारि गर्दै युवा राष्ट्रिय सम्मेलन सम्पन्न

अन्तररार्ट्रिय ट्रेड युनियन महासंघ नेपाल आवद्ध परिषद (आइटियुसी न्याक) द्वारा घोषणा पत्र जारि गर्दै  युवा राष्ट्रिय सम्मेलन जेठ १४ गते सम्पन्न गरेको छ ।

कार्यक्रममा जिफन्ट तथा आइटियुसी न्याक अध्यक्ष बिनोद श्रेष्ठ, एनटियुसी अध्यक्ष योगेन्द्र कुंवर र अन्टुफ अध्यक्ष जगत सिंखडाले परिवर्तित सन्दर्भ ट्रेड युनियन अान्दोलन र अबको गन्तब्य बारेमा धारणा राख्नु भएको थियो ।

२ दिन सम्म संचालन भएको कार्यक्रमको दोस्रो दिनको पहलो शत्र मा DTDA का कार्यक्रम अधिकृत जोनपल जमालले ट्रेड युनियनमा युवा सहभागिता बिषयमा धारणा राख्नु भएको थियो । 

त्यसैगरी एनटियुसी अध्यक्ष योगेन्द्र कुंवरले सहजिकरण गर्नु भएको दोस्रो चरणमा ट्रेड युनियन अान्दोलन र युवा सहभागिता बिषयमा रामदिप अाचार्यले बिचार ब्यक्त गर्नु भएको थियो ।

सम्मेलनको अन्तीम सत्रमा आइटियुसी न्याकको तर्फबाट जिफन्ट महासचिब लक्ष्मण शर्माले धोषणा पत्र बाचन गर्नु भएको थियो भने एनटीयुसी महासचिब अजय राइ र अन्टुफ उपमहासचिब शिब पोखरेलले मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रमको थप फोटोकोलागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

https://www.facebook.com/media/set/?set=a.122195284292435116&type=3

हुनद्वारा काष्ठकला क्षेत्रमा कार्यरत श्रमिकहरू बिच अन्तरक्रिया

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल गृह श्रमिक ट्रेड युनियन (हुन) द्वारा जेठ १४ गते ललितपुरमा काष्ठकला क्षेत्रमा कार्यरत श्रमिकहरू बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। 

अन्तरक्रिया कार्यक्रममा श्रमिकहरूको ज्याला, बजार व्यवस्थापन, लगानी तथा व्यवसायसँग सम्बन्धित विषयहरूमा छलफल भएको थियो । 

हुन ललितपुर नगर कमिटी इन्चार्ज सुरेन्द्र तुलाधरको उपस्थीतीमा भएको  अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले काष्टकला क्षेत्रको बजार व्यवस्थापन, कच्चा पदार्थ, कर छुट र सामाजिक सुरक्षा लगायतका बिषयमा जिज्ञासा राख्नु भएको थियो ।
 

आइटियुसी न्याकद्वारा युवा राष्ट्रिय सम्मेलन सुरू

अन्तररार्ट्रिय ट्रेड युनियन महासंघ नेपाल आवद्ध परिषद (आइटियुसी न्याक)द्वारा  ट्रेड युनियन आन्दोलन र युवा राष्ट्रिय सम्मेलन जेठ १३ गते देखी काठमाण्डैमा आयोजना गरेको छ । 

२ दिन सम्म संचालन हुने कार्यक्रमको शुभारम्भ गर्नु हुंदै आइटियुसी न्याक तथा जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले आजको युवा श्रमिक भोलीको ट्रेड युनियन आन्दोलनको नेता हुने भएको हुनाले ट्रेड युनियन आन्दोलनको भविस्य युवाको हातमा रहेको बताउनु हुदै कार्यक्रमको उद्धेश्य माथी प्रकाश पार्नु भएको थियो ।

सुभारम्भ कार्क्रममा LIO Actrav दक्षिण एसिया प्रमुख युकी ओजुजीले सम्बोधन गर्नु हुंदै युवा भबिस्य मात्र  हैन श्रम बजारको बर्तमान पनि भएको भन्नु हुंदै युवाको नेतृत्व बिकासकालागि सोच र कार्य शैली परीवतर्न हुन जरूरी रहेको बताउनु भयो ।

त्यसैगरी DTDA का कार्यक्रम अधिकृत जोनपल जमालले DTDA र नेपालको ट्रेड युनियन अन्दोलन बिच सहकार्य गर्दै अइरहेको भन्नु हुंदै नेपालको ट्रेड युनियन युवाको हातमा रहेकोले यो कार्यक्रम युवा नेतृत्व बिकासलागी  कोशेढुङ्गा साबित हुने बिश्वास ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रमको दोस्रो चरणमा जिफन्ट संरक्षक बिष्णु रिमालले बर्तमान सन्दर्भमा ट्रेड युनियनबाद र युवा बिषयमा  धारणा राख्नु भएको थियो । 

सार्टुक महासचिब लक्ष्मण बस्नेतले संचालन गर्नु भएको सत्रमा जिफन्ट संरक्षक बिष्णु रिमालले बर्तमान केवल अजको दिन मात्र नभइ क्रिटिम बुद्धीमता , डिजिटल प्रबिधी र तिब्र सामाजिक परीवर्तनको युग भएको धारणा राख्नु हुंदै अजको ट्रेड युनियन अन्दोलन केवल कुनै कल कारखानाको गेट मात्र नभइ हरेक कार्यस्थल र डिजिटल स्पेसमा बिस्तार भएको भन्नु हुदै नयाँ युगको ऐतिहासिक जिम्मेवारी विगतको औद्योगिक युगमा युनियनले कठोर शोषणविरुद्ध लडेर ऐतिहासिक कानुनी सफलता प्राप्त गर्यो। तर आजको डिजिटल र भूमण्डलीकृत युगमा हाम्रो भूमिका फेरिएको ले अब ट्रेड युनियनले औद्योगिक शान्ति, नवप्रवर्तन, रोजगारी सिर्जना, सीप निर्माण र राष्ट्रिय समृद्धिको नेतृत्व गर्नु पर्नेमा जोड दिनु भएको थियो । 

संरक्षक रिमालले युवा पुस्तालाई साथमा लिएर श्रम बजारको यो डिजिटल रूपान्तरणलाई सफल पार्नु नै आजको ट्रेड युनियन आन्दोलनको नयाँ ऐतिहासिक जिम्मेवारी रहेको बताउनु भएको थियो ।

त्यसैगरी कार्यक्रमको अर्को चरणमा अर्थिक, सामाजिक सन्दर्भ र युवा अपेक्षाका बारेमा प्राध्यापक डाक्टर पिताम्बर भण्डारीले धारणा राख्नु भएको थियो भने कार्यक्रमको सहजी करण जिफन्ट तथा आइटियुसी न्याक अध्यक्ष बिनोद श्रेष्ठले गर्नु भएको थियो ।

कार्यक्रमको पहिलो दिनको अन्तीम शत्रमा लोकतन्त्र र सामाजिक न्याय लोकप्रियतावादको बिषयमा FES नेपालका बरिष्ठ कार्यक्रम अधिकृत चन्द्र देब भ६टले धारणा राख्नु भएको सत्रको सहजिकरण अन्टुफका अध्यक्ष जगत सिंखडाले गर्नु भएको थियो ।
 

कार्यक्रमको फोटोकोलागी तलको लिंकमा क्लीक गर्नुहोस् ।

https://www.facebook.com/media/set/?set=a.122195124464435116&type=3

कागेश्वरी मनोहरा नगरपालिकाद्वारा श्रमीक सूचिकरणकालागी दरखास्त आब्हान

कागेश्वरी मनोहरा नगरपालिका रोजगार सेवा केन्द्रद्वारा श्रमीक सूचिकरणकालागी दरखास्त आब्हान गरेको छ ।

कागेश्वरी मनोहरा नगरपालिकामा स्थायी वा अस्थायी रुपमा बसोबास गर्ने सम्पूर्ण रोजगार, बेरोजगार, स्वरोजगार भएका व्यक्ति लगायतले सूचिकृत हुन पाउने तथा यसले एकिकृत तथ्याङ्क संकलन गर्न तथा रोजगारी सिर्जनाका लागि भावि कार्यदिशा तय गर्न समेत सघाउ पुर्याउने भएकोले जेठ १२ गते सबै वडाको सूचना पाटीमा टाँस गरी अनुरोध गरेको हो ।