??? ????? ????? ??????

?????? : ????? ??????

????? ????????, ??????? ????????? ?????? ?????? ??????? ?????? ??

जलवायु परिवर्तनको प्रभावले नेपालका नागरीकको सामाजिक सुरक्षाको चुनौती बढ्यो

अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ)ले जलवायु परिवर्तनको प्रभावले नेपालका नागरीकले सामाजिक सुरक्षाको चुनौती बढेर आएको जनाएको छ । आइएलओले नेपालले जलवायु परिवर्तनलाई सम्बोधन हुने गरी सामाजिक सुरक्षाको प्रत्याभूति गर्नुपर्नेमा जोड दिएको छ ।

‘वातावरणीय कार्य र संक्रमणको लागि विश्वव्यापी सामाजिक सुरक्षा: विश्वव्यापी समाजिक सुरक्षा प्रतिवेदन २०२४–२६ को एसिया–प्रशान्त क्षेत्रीय प्रतिवेदन’ जारी गर्दै आइएलओले सामाजिक सुरक्षाको प्रत्याभूति गर्न नेपाल दक्षिण एसियाको तुलनामा निकै सुस्त गतिले अगाडि बढेको जनाएको छ ।

आइएलओका नेपाल प्रमुख नुमान ओजकनले पर्याप्त सुविधा र पूर्ण सुरक्षालाई समेटी नेपालले तुरुन्तै विश्वव्यापी सामाजिक सुरक्षाको प्रत्याभूति गर्नुपर्ने बताए । ‘न्यायसंगत, दिगो आर्थिक विकास र हरित भविष्यको लागि नेपालले सामाजिक न्यायमा प्रभावकारी ल्याउन सरकार र नागरिकबिच सामाजिक संवादको नवीकरण गर्न जरुरी छ,’ उनले भने ।

नेपालले केही वर्षदेखि थालेको सामाजिक सुरक्षा केही बढेपनि अपर्याप्त रहेको आइएलओको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनले जलवायु परिवर्तनको प्रभावबाट एसिया–प्रशान्त क्षेत्रका नेपाल सहित १६ देश सबैभन्दा बढी जोखिममा रहेको जनाएको छ । 
 

सफाइ क्षेत्रमा श्रम अधिकार र सामाजिक सुरक्षा सम्बन्धमा क्षमता अभिवृद्धि प्रशिक्षण

नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) को आयोजनामा टोखा नगर पालिकामा कार्यरत सरसफाइ क्षेत्रका श्रमिकहरूलाइ "श्रम अधिकार र योगदानमा आधारित सामाजिक सुरक्षा सम्बन्धमा क्षमता अभिवृद्धि " प्रशिक्षण कार्तिक ९ गते टोखामा सम्पन्न भयो ।

प्रशिक्षण कार्यक्रममा जिफन्ट उपाध्यक्ष जितेन्द्र श्रेष्ठले ट्रेड युनियनका आधारभुत ज्ञान, नेपालको श्रम आन्दोलनका बारेमा प्रशिक्षण दिनु भएको सो कार्यक्रममा जिफन्ट राष्ट्रिय कमिटी सदस्य ठाकुर कुमार श्रेष्ठ, टोखा नगरपालिका ४ नं वडाका कार्यबाहाक अध्यक्ष तारा बहादुर थापा, हिमालय वातावरण संरक्षण मञ्चका कार्यकारी निर्देशक गणेश दाहालले कार्यक्रम सफलताको शुभकामना राख्नु भएको थियो ।

नेपाल सफाई कर्मचारी युनियनका केन्द्रीय अध्यक्ष मोहन नेपालीले प्रशिक्षण कार्यक्रम‌को उद्देश्य बारेमा प्रष्ट पार्नु भएको सो कार्यक्रमको सहजीकरण जिफन्ट परियोजना संयोजक शंकर धिमिरेले गर्नु भएको थियो ।

त्यसैगरी सोहि दिन नारायण घिमिरेको अध्यक्षतामा ९ सदस्य नेपाल सफाई कर्मचारी युनियन हिमालय वातावरण संरक्षण मन्च र्इकाइ कमिटी गठन गरेको छ । 
 

सफाइ क्षेत्रका श्रमिकहरूलाइ योगदानमा आधारित सामाजिक सुरक्षा सम्बन्धी प्रशिक्षण सम्पन्न

नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट)ले तारकेश्वर नगर पालिकामा कार्यरत सरसफाइ क्षेत्रका श्रमिकहरूलाइ १ दिने "श्रम अधिकार र योगदानमा आधारित सामाजिक सुरक्षा बिषयमा क्षमता अभिवृद्धि " प्रशिक्षण सम्पन्न गरेको छ । 

कार्तिक १० गते तारकेश्वरमा सम्पन्न प्रशिक्षण कार्यक्रममा जिफन्ट उपाध्यक्ष जितेन्द्र श्रेष्ठले ट्रेड युनियनका आधारभूत ज्ञान, श्रमिक अधिकार र विद्यमान ट्रेड युनियन कानुनका बारेमा प्रशिक्षण दिनु भएको थियो । 

कार्यक्रममा जिफन्ट राष्ट्रिय कमिटी सदस्य ठाकुर कुमार श्रेष्ठ, नेपाल सफाई कर्मचारी युनियनका केन्द्रीय अध्यक्ष मोहन नेपालीले योगदानमा आधारित सामाजिक सुरक्षा र प्रशिक्षण कार्यक्रम‌को उद्देश्य बारेमा प्रष्ट पार्नु भएको प्रशिक्षण कार्यक्रम‌को सहजीकरण जिफन्ट परियोजना संयोजक शंकर धिमिरेले गर्नु भएको थियो । 
 

योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा योगदान रकम ६७ अर्ब ६४ करोड पुग्यो

योगदानमा आधारित सामाजिक सुरक्षा योजना अन्तर्गत विभिन्न क्षेत्रका १७ लाख ३२ हजार श्रमिकको ६७ अर्ब ६४ करोड रुपैयाँ संकलन भएको छ । 

योजनामा सूचीकृत भएकामध्ये ११ लाख ९१ हजार ४६६ वैदेशिक रोजगारीमा रहेका श्रमिक रहेका छन् भने सामाजिक सुरक्षा कोषले योगदानकर्ता श्रमिकबाट संकलन गरेको ६७ अर्ब ६४ करोड मध्ये विभिन्न ४ योजना अन्तर्गत ११ अर्ब ३७ करोड रुपैयाँ बराबरको योगदान रकम भुक्तानी गरेको कोषका प्रवक्ता बिबेक पन्थीले बताउनु भएको छ ।

कोषले हाल सबैभन्दा बढी वृद्धा अवस्था सुरक्षा दाबी भुक्तानी अन्तर्गत ९ अर्ब ६२ करोड रुपैयाँ, औषधी उपचार, स्वास्थ्य तथा मातृत्व योजना अन्तर्गत १ अर्ब ४१ करोड रुपैयाँ भुक्तानी लिएका छन् ।

त्यसैगरी आश्रित परिवार सुरक्षा योजना र दुर्घटना तथा अशक्तता सुरक्षा योजना अन्तर्गत क्रमशः १८ करोड १ लाख र १५ करोड १ लाख रुपैयाँ भुक्तानी भएको छ ।

कोषमा हालसम्म १९ हजार ७१० रोजगारदाता र १७ लाख ३२ हजार ३५४ योगदानकर्ता सूचिकृत भएका छन् । 

सातौँ योगदानमा आधारित सामाजिक सुरक्षा दिवस भव्य रुपमा सम्पन्न

११ मंसिर २०८१, समृद्ध नेपाल सुखी नेपालीको आधार, सबै क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षाको अधिकार नाराका साथ नेपाल ट्रेड युनियन महासंघ जिफन्टले देशैभर सातौँ सामाजिक सुरक्षा दिवस मनाएको छ ।

जिफन्ट केन्द्रीय कार्यालयको आयोजनामा काठमाण्डौंको सभागृहमा आयोजित सभाका प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश तथा विदेशका समस्त श्रमिकहरुलाई बधाई तथा शुभकामना दिनु हुदैं नेपालको राजनीति भन्दा ट्रेड युनियन आन्दोलनको इतिहास पुरानो रहेको बताउनु हुँदै २००३ सालमा स्थापना भएको नेपाल ट्रेड युनियन आन्दोलनको निरन्तरता नै जिफन्ट भएको बताउनु भयो । 

सामाजिक सुरक्षा कोष स्थापनाको लागि अनवरत खटेर उल्लेखनीय भूमिका खेलेको जिफन्टले नेपालको श्रमजीवी वर्गका निमित्त नमुना बनेर काम गर्दै आएकोमा जिफन्ट तथा कार्यकर्तालाई शुभकामना तथा बधाई व्यक्त गर्नु हुँदै प्रधानमन्त्री ओलीले २०७५ साल मंसिर ११ गते नीतिगत रुपमा स्थापना भएको योगदानमा आधारित सामाजिक सुरक्षा अब श्रमिकका परिवारका लागि थप सुविधाको अनुभूति हुने गरी कोष अगाडी बढ्ने बताउनु भयो ।

आगामी वर्षमा सम्बृद्धिकालागी न्यायोचित वितरण गर्न नयाँ ढङ्गले काम गरिरहेको स्पष्ट पार्नुहुँदै प्रधानमन्त्री ओलीले यही समयमा नयाँ परिवर्तन ल्याउनु पर्ने हुनाले परिवर्तनको भार भावी सन्ततिलाई नदिईकन त्यसको अनुभूति दिने बताएका छन् । आफू पहिले प्रधानमन्त्री हुँदा नै मंसिर ११ गते योगदानमा आधारित सामाजिक सुरक्षाको सुरुबाट गरेको यो प्रणाली पूर्ण रुपमा सफल भएर अगाडी बढ्ने विश्वास व्यक्त गर्नु भयो ।

उपप्रधान तथा अर्थ मन्त्री माननीय विष्णु पौडेलले नेपालमा सामाजिक सुरक्षाको अवधारणा अधि सार्ने, त्यसलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्ने र त्यसलाई स्थापित गर्ने अभियानको नेतृत्व नेकपा एमाले गरेको भन्नुहुँदै योगदानमा आधारित सामाजिक सुरक्षाको प्रयोगले नेपाली श्रमिकहरूलाई उत्साहित र भविष्य प्रति आश्वस्त बनाएको बताउनु भयो ।

योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा अझै थुप्रै श्रमिकहरूलाई समेट्न बाँकी रहेको र यसको कार्यान्वयनमा देखा परेका समस्याहरूलाई सृजनशील ढङ्गले विकसित गर्दै जान आउने दिनमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको  यो सरकारले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

नेपाल ट्रेड युनियन महासंघ जिफन्ट नेपालको सबैभन्दा शक्तिशाली ट्रेड युनियन महासंघ मात्र नभई विश्व ट्रेड युनियन आन्दोलनमा पनि जबरजस्त प्रभाव रहेको र जिफन्टको नेतृत्वप्रती गर्व रहेको बताउनु भयो ।

कार्यक्रमका सभाध्यक्ष जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले नेपाली ट्रेड युनियनहरूको झन्डै ३ दशक लामो र निरन्तर आन्दोलनको फलस्वरूप रोजगारदाता र श्रमिकको सहमतिमा २०७५ साल मंसिर ११ गतेबाट कार्यान्वयनमा आएको योगदानमा आधारित सामाजिक सुरक्षा दिवसको उपलक्ष्यमा सबैमा हार्दिक बधार्इ तथा शुभकामना दिँदै नयाँ युगको सुरुबाट गर्नु हुने  सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यूलाइ धन्यवाद दिनु हुँदै जिफन्टको आठौँ महाधिवेशनले ४ वर्षमा २० लाख श्रमिकहरूलाई कोषमा जोड्ने लक्ष करिब अढाई वर्षमा १७ लाख ९४ हजार श्रमिकहरू आबद्ध भई सकेको बताउँदै अब ती श्रमिकहरूको योगदान निरन्तरता गर्न जिफन्टले काम गर्ने बताउनु भयो ।

कोषमा आबद्ध श्रमिकहरू मध्ये अहिले सम्ममा ५८५ जना श्रमिकहरूले नियमित पेन्सन पाइरहेको योगदान कर्ताको शेष पछि तीनका परीवारले कम्तीमा ८ हजार देखि १ लाख ५७ हजार सम्म मासिक पेन्सन सुविधा प्राप्त गरिरहेको भन्नु हुँदै अध्यक्ष श्रेष्ठले कोषमा आबद्ध सदस्य मध्ये ठूलो संख्या वैदेशिक रोजगारीमा रहेका श्रमिकहरू रहेको हुनाले नियमित योगदानमा समस्या रहेकोले यसको समाधान छिटै खोज्नु पर्नेमा जोड दिनु भयो । 

जिफन्ट अध्यक्ष श्रेष्ठले अनौपचारिक र स्वरोजगार श्रमिकहरूको सुचिकृतकालागी स्थानीय तहमा श्रमिक पंजिकरण गर्नु पर्ने भन्दै सरकारी कार्यालयहरूमा कार्यरत आउटसोर्समा श्रमिकहरूलाई सम्माननीय प्रधानमन्त्री ज्यु कै पालोमा कोषमा सूचीकृत हुने विश्वास व्यक्त गर्नु हुँदै कोषको बोर्डमा अधिकारीक ट्रेड युनियन महासंघका प्रतिनिधीहरूलाइ बेवास्ता गरी नक्कली ट्रेड युनियनका प्रतिनिधीहरूलाइ समावेश गरेको भन्दै तुरून्त सच्याउनु पर्नेमा जोड दिनु भयो ।

महासंघका महासचिव लक्ष्मण शर्माले संचालन गर्नु भएको कार्यक्रममा भूमि व्यवस्था तथा सहकारी मन्त्री बलराम अधिकारी, एफएनसिसिआई रोजगारदाता परिषद्का सभापति ज्योसना शाक्यले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए । 

सामाजिक सुरक्षा कोषमा स्थानीय तहबाट श्रमिकहरूलाइ सूचीकृत गरी सह योगदान गर्ने फेदीखोला, बांसगढी, बेलबारी, भिमफेदी, सुन्दर हरैंचाका अध्यक्षहरुलाई जिफन्टको तर्फबाट सम्माननीय प्रधानमन्त्रीद्धारा सम्मान गरिएको कार्यक्रममा अन्तरा समूहले सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेको थियो । 

कार्यक्रमको सम्पुर्ण फोटोकोलागी तलको लिंकमा क्लीक गर्नुहोस ।

https://www.facebook.com/media/set/?set=a.122129437604435116&type=3
 

जिफन्टले देशभर मनायो सातौँ योगदानमा आधारित सामाजिक सुरक्षा दिवस

सम्बृध्द नेपाल सुखी नेपालीको आधार, सबै क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षाको अधिकार नाराका साथ नेपाल ट्रेड युनियन महासंघ जिफन्टले सातौँ सामाजिक सुरक्षा दिवस मंसिर ११ गते विविध कार्यक्रमको  आयोजना गरी देशभर भब्य रूपमा मनायो ।

कोशी प्रदेशको विराटनगरमा प्रदेश अध्यक्ष किशोर धमलाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा ब्हीन उपाध्यक्ष मनोज मगर र जुगकाटेमयु उपाध्यक्ष मुरारि भट्टराई सचिव सुनिता श्रेष्ठ लगायतका नेताहरू अतिथिको रूपमा रहनु भएको कार्यक्रमको  स्वागत मन्तब्य जिफन्ट कोशी युवा अध्यक्ष भलि सुब्बाले गर्नु भएको थियो ।

उदयपुरमा जिल्ला समन्वय कमिटीको आयोजनामा बिष्णुरामा राईको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि जिफन्ट राष्ट्रिय कमिटी सदस्य माया भण्डारी रहनु भएको थियो ।

सिमा मास्के, शशी कुमार राईले शुभकामना मन्तब्य राख्नु भएको कार्यक्रममा राजकुमार राईले स्वागत गर्नु भएको थियो ।

त्यसैगरी जिफन्ट मदेश प्रदेश अध्यक्ष कमलेश झाको अध्यक्षतामा सिमरामा सम्पन्न सातौँ सामाजिक सुरक्षा दिवस कार्यक्रमको प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय सदस्य तथा पूर्व मन्त्री एकवाल मिया रहनु भएको थियो ।

जिफन्ट राष्ट्रिय कमिटी सदस्य गीता भण्डारी, नेकपा एमाले मदेश प्रदेश सदस्य सुन्दर बिक, व्हिन केन्द्रीय सदस्य मनोज चौधरी लगायतका नेताहरूले शुभकामना दिनु भएको कार्यक्रमको संचालन  प्रदेश सचिव मुक्ति चौधरीले गर्नु भएको थियो भने मदेश प्रदेश अन्तरगत  सर्लाही जिल्लाको हरिवन स्थित रहेको इन्दु शंकर चिनी उद्योगमा पनि सातौँ सामाजिक सुरक्षा दिवस मनाएको छ । 

बागमती प्रदेश अन्तरगत सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा जिफन्ट केन्द्रीय कार्यालयको आयोजनामा काठमाण्डौ सम्पन्न कार्यक्रमको अध्यक्षता जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले गर्नु भएको थियो भने संचालन महासचिव लक्ष्मण शर्माले गर्नु भएको थियो ।

त्यसैगरी चितवन जिल्लाको भरतपुरमा दिप प्रज्वलन, हेटौँडा स्थित शिवम सिमेन्टमा सामाजिक सुरक्षा बारे बिचार गोष्ठी कार्यक्रम आयोजना गरेको छ ।

त्यसैगरी नेकपा एमाले केन्द्रीय सदस्य तथा पूर्व जिफन्ट उपाध्यक्ष चुडामणी जंगलीको प्रमुख आतिथ्थमा जिफन्ट गण्डकी प्रदेश कमिटीको आयोजनामा सम्पन्न सामाजिक सुरक्षा दिवस कार्यक्रमको अध्यक्षता जिफन्ट प्रदेश अध्यक्ष रूद्र खत्रीले गर्नु भएको थियो । 
कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डक प्रदेश कार्यबाहाक अध्यक्ष बाबुराम राना युनिट्राभ केन्द्रीय उपाध्यक्ष तुलसी सुबेदीले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

गण्डकी प्रदेश कै  नवलपुर जिल्लाको सिजि फुडस,  गोर्खा ब्रुअरी, सिजि सिमेन्ट, तनहुँ जिल्लाको सूर्य नेपाल र स्याङ्जा जिल्लामा पनि विविध कार्यक्रम गरी दिवस मनाएको जिफन्ट गण्डकीले जानकारी दिएको हो ।  

नेपाल ट्रेड युनियन महासघ (जिफन्ट) लुम्बिनी प्रदेश अन्तरगत योगदानमा आधारित सामाजिक सुरक्षाको स्थापना दिवसको सन्दर्भमा बर्दिया जिल्लाको सिजी फूड्स, बाकेको नेपालगंज मेडिकल कलेज र औद्योगिक क्षेत्रमा, रूपन्देहीको नेपाल हाइड्रो एण्ड इलेक्ट्रिकमा अन्तरक्रिया कार्यक्रम र मणिग्राममा दिपप्रज्वलन गरी स्थापना दिवस मनाएको हो ।

त्यसैगरी जिफन्ट कर्णाली प्रदेशले सुर्खेतमा ७ औ सामाजिक सुरक्षा दिवस जिफन्ट राष्ट्रिय कमिटी सदस्य चन्द्रा कुमारी धामिको प्रमुख आतिथ्यमा प्रदेश सचिव श्रीपाल सारुमगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन प्रदेश सदस्य निम बहादुर बुढाले गर्नु भएको थियो ।

जिफन्ट सुदुरपस्चीम प्रदेश अध्यक्ष जित बहादुर मल्लको प्रमुख आतिथ्यमा गोदावरी पालिकाद्वारा सातौँ सामाजिक सुरक्षा दिवस सम्पन्न गरेको छ । 

पालीका कमिटी अध्यक्ष भुबनेश्वर भट्टको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको संचालन पालिका सचिव शेर बहादुर मगरले गर्नु भएको थियो ।