????? ????????, ??????? ????????? ?????? ?????? ??????? ?????? ??
नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) द्वारा काठमाडौँ महानगर पालिका र तारकेश्वर नगरपालिकामा सफाई तथा सफाई वर्गीकरण क्षेत्रमा कार्यरत श्रमिकहरुकोलागी व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी तालिम सम्पन्न गरेको छ ।
काठमाडौँ महानगर पालिकाको बसुन्धरामा असोज १ गते आयोजित तालिममा जिफन्ट उपाध्यक्ष बिदुर कार्कीले श्रमिकहरूकालागी व्यवसायजन्य सुरक्षा र स्वास्थ्यको महत्व र कार्यक्रमको उद्देश्यका बारेमा प्रष्ट पार्नु भएको तालिम कार्यक्रममा ILO प्रतिनिधि छिरिङ शेर्पा, नेपाल सफाई कर्मचारी युनियनका अध्यक्ष मोहन नेपालीको उपस्थित रहेको थियो ।
काठमाडौँ महानगर पालिका र तारकेश्वर नगरपालिकामा सम्पन्न दुवै तालिमको व्यवस्थापन जिफन्ट परियोजना संयोजक शंकर घिमिरेले र सहजिकरण जुनु मिश्र र सोबिता थापाले गर्नु भएको थियो
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयनकालागी असोज ५ गते मधेस प्रदेशमा स्थानीय तह सँग अन्तरक्रिया गरेको छ ।
मधेस प्रदेशका विभिन्न पालिकाका प्रमुख र उपप्रमुखहरूको सहभागिता रहेको अन्तरक्रिया कार्यक्रममा जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले श्रमिकहरूको कामलाइ मर्यादित बनाउन स्थानीय तहको सरकारले चासो राख्नु पर्ने भन्नु हुँदै यस्कालागी सहकार्य गर्दै अगाडी बढ्न जिफन्ट सधैँ तयार रहेको बताउनु भयो ।
अध्यक्ष श्रेष्ठले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयन गर्न पहिलो चरण स्थानीय तहमा श्रमिक पंजिकरण गर्नु पर्नेमा जोड दिनु भएको थियो ।
जिफन्ट उपाध्यक्ष बिदुर कार्कीले स्थानीय तहमा योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयनकालागी बनेका कानुन र कार्य विधिहरूको बारेमा र जिफन्टको अवधारणा प्रस्तुत गर्नुभएको सो कार्यक्रममा जिफन्ट उपाध्यक्ष मन्जु थापा, जितपुर सिमरा उपमहानगरपालीकाका मेयर राजन पौडेल, उपमेयर भोला अधिकारी, परवानीपुर गांउ पालिकाका प्रमुख राम क्षेत्री पटेल, पोखरीया नगर पालिकाकी उपप्रमुख रुवी ठाकुर, पचरौता नगर पालिकाकी उपमेयर नासिमा खातुन लगायतले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयनकालागी जिफन्टसंग समन्वय गरी अगाडी बढ्ने प्रतिबद्धता जनाउनु भएको थियो ।
बारा जिल्लाको सिमरामा आयोजित सो कार्यक्रम जिफन्ट मधेस प्रदेश अध्यक्ष कमलेश झाको अध्यक्षतामा प्रदेश सचिव मुक्ति चौधरीले संचालन गर्नु भएको थियो ।
नेपाल बिजुली, पेण्टर, प्लम्बर तथा निर्माण मजदुर यूनियन (क्यूपेक नेपाल) का सदस्यहरू पवित्रा सार्की, टीकाराम गुरुङ र कृष्ण बहादुर थापालाई असोज ६ गते जिफन्ट ऐक्यबद्धता कोषबाट उपचार सहयोग प्रदान गरेको छ ।
तनहुँ जिल्ला भिमाद -६ का पवित्र सार्की क्यान्सर , म्याग्दे -६ टीकाराम गुरुङ मुटु रोगबाट पीडित हुनुहुन्छ, भने ब्यास-१ का कृष्ण बहादुर थापा पक्षाघात रोगबाट पीडित हुनुहुन्छ ।
क्युपेक नेपाल उपमहासचिव सोम अले लगायतका नेताहरूको सहभागितामा उक्त सहयोग रकम पबित्रा सार्कीलाइ र टीकाराम गुरुङ को श्रीमति ज्ञानु गुरुङले र कृष्ण बहादुर थापाको भतिज भक्त बहादुर थापालाई हस्तान्तरण गरेको हो ।
नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) अध्यक्ष विनोद श्रेष्ठले “श्रमिक वर्गमा आर्थिक न्याय बिना सामाजिक न्यायको अर्थ नहुने" कुरा बताउनु भएकोछ ।
काठमाडौंमा भइरहेको राष्ट्रिय आर्थिक न्याय सम्बन्धी बैठकमा असोज ७ गते अध्यक्ष श्रेष्ठले उक्त कुरा बताउनु भएको हो।
नेपालमा कर र ऋण सम्बन्धमा पिएसआई र एफइएसको संयुक्त आयोजनामा असोज ७ र ८ गते भएको दुईदिने बैठकमा नेपालका प्रमुख ट्रेड युनियनहरू जिफन्ट, एनटियुसी र अन्टुफका नेतृत्वको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा अध्यक्ष श्रेष्ठले करलाई श्रमिकको अधिकारसंग जोडेर बहस गर्न बाँकि रहेको भन्नु हुँदै सैध्दान्तिक रुपमा सबै ट्रेड युनियनहरु प्रगतिशिल कर प्रणाली, सुशासनको पक्षमा रहेको तर ठूला करदातालाई कर छूट दिने गलत निर्णयको विरुध्दमा नेपाली ट्रेड यूनियन रहेको बताउनु भयो ।
र्कायक्रमको दोस्रो दिन जिफन्ट महासचिव लक्ष्मण शर्माले नेपालको बजेट निर्माण र कार्यान्वयनमा नेपाली ट्रेड युनियनहरुको अवस्थाको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
अर्थमन्त्री माननिय बिष्णु पौडेलले योगदानमा आधारित सामाजिक सुरक्षालाई प्रभावकारी बनाउनेतर्फ आफ्नो पुरा सहयोग रहने बताउनु भएको छ ।
योगदानमा आधारित सामाजिक सुरक्षा कोषलाई ब्यवस्थित गर्न, श्रम ऎन, र कार्यबिधीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न अर्थ मन्त्रालयको महत्त्वपूर्ण भुमिका हुने हुँदा नेपाल ट्रेड युनियन महासघ (जिफन्ट) अध्यक्ष बिनोद श्रेष्ठको समन्वयमा सामाजिक सुरक्षा कोषको प्रमुख कार्यकारी सहितको टीम असोज ८ गते मन्त्रालयमा भएको छलफलमा अर्थमन्त्री बिष्णु पौडेलले बताउनु भएको हो।
मन्त्री पौडेलले मन्त्रालयले गर्नुपर्ने सहयोगको स्पष्ट खाका समेत बनाउन सामाजिक सुरक्षा कोषका प्रतिनिधिलाई जिम्मेवारी समेत दिनु भएको कुरा छलफलमा सहभागी जिफन्ट सचिव तारानिधि पन्तले जानकारी गराउनु भएको छ ।
नेपालमा निजी, व्यक्तिगत वा सामूहिक गुठी र सहकारीको स्वामित्वमा रहेका शिक्षण संस्थाहरुमा कार्यरत शिक्षक तथा कर्मचारीहरु मध्ये ५ % मात्र योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा समेटिएको पाइएकोछ ।
उक्त समूहलाई सामाजिक सुरक्षा प्रणालीमा समेट्नको लागि जिफन्टले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले योजनावध्द ढङ्गले अघि बढ्न अनुरोध गरेकोछ ।
असोज ९ गते नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को नेतृत्व र सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक सहितको टोलीले शिक्षामन्त्री विद्या भट्टराइलाई भेट गरेकोछ ।
भेटमा नेपालको शिक्षा क्षेत्रमा कार्यरत सम्पूर्ण टिचिङ तथा ननटिचिङ कर्मचारीहरुले संविधान तथा प्रचलित कानुनहरु बमोजिम योगदानमा आधारित सामाजिक सुरक्षा प्राप्त गर्नु पर्नेमा शिक्षण संस्थाहरुले लागू नगरेको र मन्त्रालयहरु समेत कानुन कार्यान्वयन गर्न उदासिन भएको उल्लेख गरेकोछ ।
भेटमा मन्त्री भट्टराईले आफूले शिक्षक तथा श्रमिकहरुको अधिकारको सम्मान गर्दै यस तर्फ काम सुरु गरिसकेको र निकट भविष्यमा सम्बन्धित निकायहरुका प्रतिनिधिहरुसंग छलफल गरी अघि बढ्ने बताउनुभएको थियो।