????? ????????, ??????? ????????? ?????? ?????? ??????? ?????? ??
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम नियमावली, २०७५ अनुसार कामको सिलसिलामा लाग्ने विभिन्न रोगहरूलाई साउन २६ गते राजपत्रमा प्रकाशित गरी ‘व्यवसायजन्य रोग’ को कानुनी मान्यता दिएको छ ।
कार्यस्थलको धुलो, रसायन, कोलाहल वा कामको प्रकृतिका कारण श्रमिकमा देखिने स्वास्थ्य समस्यालाई व्यक्तिगत समस्याको रूपमा नभई कानुनी रूपमा सम्बोधन गरेको छ ।
यसले लाखौं श्रमिकको स्वास्थ्य अधिकार सुरक्षित गर्न र रोजगारदातालाई आफ्नो कार्यस्थल सुरक्षित बनाउन थप जिम्मेवार बनाउनेछ ।
श्रम ऐन २०७४ को परिच्छेद १२ मा व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी व्यवस्था रहेको छ । जसमा कुनै व्यवसायजन्य रोग लागेमा प्रतिष्ठानले त्यस्तो रोगको उपचारका लागि तोकिए बमोजिमको उपचार खर्च तथा त्यस्तो रोगको उपचार हुन नसक्ने भएमा तोकिए बमोजिमको क्षतिपूर्ति रकम श्रमिकलाई दिनु पर्नेछ ।
सरकारले राजपत्रमा प्रकाशित गरेको रोगहरूको सूची :
https://drive.google.com/file/d/1fpXH0BZe5RwJWDZhoL_EzOxwEipnMhL3/view
स्थानिय तहमा योगदानमा आधारित सामाजिक सुरक्षा प्रभावकारी कार्यान्वय गर्ने सन्दर्भमा असोज २८ गते नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) नेतृत्व र बासगढी नगरपालिकाका मेयर बिच जिफन्ट कार्यालयमा छलफल भएको छ ।
छलफलमा जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठ, उपाध्यक्ष कमल गौतम, बासगढी नगरपालिकाका मेयर खडग बहादुर खडका लगायत जिफन्ट अवद्ध युनियनका नेताहरूको उपस्थीती रहेको थियो ।

बागमती प्रदेस श्रम, रोजगार तथा यातायात मन्त्रालयले कार्तिक २८ गते अनौपचारिक क्षेत्रका श्रमिकलाइ योगदानमा आधारीत सामाजिक सुरक्षा कोसमा सुचिकरण गर्ने सन्दर्भमा स्थानिय तहका जनप्रतिनिधिहरु सग छलफल गरेकोछ ।
कार्यक्रममा श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले अनौपचारिक क्षेत्रका श्रमिकको सामाजिक सुरक्षाका लागि मन्त्रालय मार्फत एक तिहाई बजेट सहयोग उपलब्ध गराउने प्रतिबद्धता गर्नु हुंदै वागमति प्रदेशका सबै पालिकामा श्रम डेस्क संचालन कार्यबिधि जारि गरी श्रमिक पंजिकरण सहित सामाजिक सुरक्षा कोसमा सुचिकरण गर्न निर्देशन समेत दिनु भएको थियो ।
बागमती प्रदेस पुर्व मन्त्री एकलाल श्रेष्ठले मन्तब्य राख्नु भएको कार्यक्रममा भिमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले अनौपचारिक क्षेत्रका श्रमिकहरूलाइ कोषमा सूचिकरण गरेका बिषयमा प्रकाश पार्नु भएको कार्यक्रममा बागमती प्रदेश श्रम सल्लाहकार परिषद्का विज्ञ सदस्य तथा जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरी नेपालले सहजीकरण गर्नु भएको थियो ।
कार्यक्रममा पालिका प्रमुख, उपप्रमुख र सरोकारवालाहरूले आफ्ना सुझाव र जिज्ञासा राखेका थिए ।
योगदानमा आधारीत सामाजिक सुरक्षा कोषले शिवशक्ति यातायात प्रा. लि.मा कार्यरत रहदाको अवस्थामा मृत्यु भएका शिव कुमार रायको आश्रित श्रीमती मंजु देवी लाई आश्रित परिवार सुविधा योजना अन्तर्गत रु. १५ पन्ध्र लाख ५० हजार १ सय ८७ रुपैया र पैसा वीस मात्र भुक्तानी गर्न शिवशक्ति यातायातलाइ मंसिर १ गते आदेश दिएको छ ।
योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ को दफा १७(१) (ग) र योगदानमा आधारित सामाजिक सुरक्षा नियमावली, २०७५ को नियम १२ बमोजिम शिवशक्ति यातायातले भुक्तानी गर्नु पर्ने गरी निर्णय भएको हुँदा सो रकम तीन महिना भित्र भुक्तानी दिई कोपलाई जानकारी गराउनु हुन निर्णय अनुसार आदेश गरेको हो ।

योगदानमा आधारीत सामाजिक सुरक्षा कोषले शिवशक्ति यातायात प्रा. लि.मा कार्यरत रहदाको अवस्थामा मृत्यु भएका शिव कुमार रायको आश्रित श्रीमती मंजु देवी लाई आश्रित परिवार सुविधा योजना अन्तर्गत रु. १५ पन्ध्र लाख ५० हजार १ सय ८७ रुपैया र पैसा वीस मात्र भुक्तानी गर्न शिवशक्ति यातायातलाइ मंसिर १ गते आदेश दिएको छ ।
योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ को दफा १७(१) (ग) र योगदानमा आधारित सामाजिक सुरक्षा नियमावली, २०७५ को नियम १२ बमोजिम शिवशक्ति यातायातले भुक्तानी गर्नु पर्ने गरी निर्णय भएको हुँदा सो रकम तीन महिना भित्र भुक्तानी दिई कोपलाई जानकारी गराउनु हुन निर्णय अनुसार आदेश गरेको हो ।
नेपाल ट्रेड युनिनयन महासंघ जिफन्ट द्वारा योगदानमा आधारित सामाजिक सुरक्षाको आँठौ स्थापना दिवस मंसिर ११ गते ललितपुरमा मनायो ।
२०७५ साल मंसिर ११ गते तत्कालिन सम्माननीय प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष के पी शर्मा ओलीले नयाँ युगको सुभारम्भको रूपमा उद्घोष गरी प्रारम्भ गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा दिवसको आँठौ संस्करणको सन्दर्भमा योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयनको अवस्था र भावि कार्यदिशा बिषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।

अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथी नेकपा एमाले महासचिब शंकर पोखरेलले अनौपचारीक क्षेत्रमा कार्यरत श्रमिकहरूलाइ कोषमा सुचिकृत गर्न नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधीलाइ पार्टीको तर्फबाट निर्देशित गर्ने बताउनु हुंदै समाजमा अराजकता बढ्नुको बिविध कारण मध्ये समाजिक सुरक्षाको प्रत्याभुती नहुनु पनि भएको भन्नु हुदै भविष्य सुरक्षित छ भन्ने महसुश भएमा अपराधीक कृयाकलाप पनि नियन्त्रण हुने बताउनु भयो ।

योगदानमा आधारित सामाजिक सुरक्षाको आँठौ स्थापना दिवसको शुभकामना दिनु हुंदै जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले जिफन्टको धारणा प्रस्तुत गर्नु भएको थियो ।
अन्तरक्रिया कार्यक्रममा सामाजिक सुरक्षा कोषका कार्यकारी प्रमुख कवीराज अधिकारी, काठमाण्डौ महानगरपालिका उपमेयर सुनिता डंगोल, चन्द्रागिरी नगरपालिका मेयर घनस्याम गिरी, बुढानिलकण्ठ नगर पालिका उपप्रमेयर अनिता लामा र भिमफेडी गांउपालिका अध्यक्ष हिदम लामाले योगदानमा आधारीत सामाजिक सुरक्षाको कार्यान्वयनको अवस्था र भावि कार्यदिशा बारे मन्तब्य राख्नु भएको थियो ।
६० वर्ष पुगेर सामाजिक सुरक्षा कोषबाट बृद्धअवस्था सुरक्षा योजना अन्तर्गत पेन्सन लिने पहिलो श्रमिक पेन्सनर रौतहट निवासी श्री रूप नारायण महतो कोइरीलाई जिफन्टले बधाई तथा दीर्घ जिवनको शुभकामना सहित सम्मान समेत गरेको कार्यक्रमको संचालन जिफन्ट महासचिब लक्ष्मण शर्माले गर्नु भएको थियो ।
त्यसैगरी कोशी प्रदेशको बिराटनगरमा, मधेश प्रदेशको सिमरामा, गण्डकी प्रदेशको पोखरामा, लुम्बिनी प्रदेशको बुटवलमा, कर्णाली प्रदेशको सुर्खेतमा र सुदुरपश्चिम प्रदेशको कैलालीमा जिफन्ट प्रदेश कमिटीको आयोजनामा योगदानमा आधारित सामाजिक सुरक्षाको आँठौ स्थापना दिवस मनाएको छ ।
कार्यक्रमको थप फोटोकोलागी तलको लिंकमा क्लीक गर्नुहोस् ।
https://www.facebook.com/media/set/?set=a.122177437592435116&type=3