????? ????????, ??????? ????????? ?????? ?????? ??????? ?????? ??
उदयपुर जिल्लाको चौदण्डिगढी नगरपालिका र कटारी नगरपालिकामा श्रम डेस्क स्थापना र त्यस्को कार्यान्वयन गर्ने सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल ट्रेड युनियन महासंघ जिफन्ट राष्ट्रीय कमिटी सदस्य माया भन्डारीको प्रमुख अतिथ्यतामा चौदण्डिगढी नगरपालिकामा असार १० गते सम्पन्न अन्तरक्रिया कार्यक्रममा पालिका उपप्रमुख मनिका देवि दुलाल, वडा अध्यक्ष लगायतका अतिथीहरू सहभागिता रहेको थियो ।

त्यसैगरी जिफन्ट राष्ट्रीय कमिटी सदस्य माया भन्डारी कै प्रमुख अतिथ्यतामा साउन ११ गते कटारी नगर पालीकामा आयोजित अन्तर्क्रियामा नगर उपप्रमुख गीता खड्काले आगामी नगरसभाबाट श्रम डेस्क स्थापना गर्ने निर्णय हुने वताउनु भएको छ ।
दुवै पालिकाको अन्तरक्रिया कार्यक्रम नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट), ओरेक नेपाल र तरङ्गेणी फाउण्डेसनले संयुक्त रूपमा आयोजना गरिएको हो ।
लुम्बिनी विकास कोषमा कार्यरत १७८ कर्मचारीहरू सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका छन् ।
विगत ३ वर्षदेखि नेपाल ट्रेड युनियन महासंघ जिफन्टले लुम्बिनी विकास कोषमा करारमा कार्यरत श्रमिकहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्न पहल गर्दै आइरहेकोमा लामो समयको प्रयास पछि २०८१ श्रावण महिना देखी श्रमिकहरूलाई सूचिकृत गरी लुम्बिनी विकास कोषले रकम जम्मा गरेको हो ।
नेपाल ट्रेड युनियन महासंघ जिफन्टको आयोजनामा चिया तथा अलैँची क्षेत्रमा व्यवसायजन्य स्वास्थ्य र सुरक्षाको प्रवर्धनका लागी भाद्र १३ गते इलाम नगरपालिकामा, भाद्र १४ गते बिर्तामोड र दमक नगरपालिकामा कार्यशालाको आयोजना गरेको छ ।
जिफन्ट उपाध्यक्ष विदुर कार्कीले ३ वटै कार्यशालामा व्यवसायजन्य स्वास्थ्य र सुरक्षा, स्थानीय तहमा श्रम डेक्सटप स्थापना र योगदानमा आधारित सामाजिक सुरक्षा विषयमा जिफन्टको अवधारणा प्रस्तुत गर्नु भयो ।

इलाम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश कुमार खडकाले प्रस्तुत अवधारणालाई आधार बनाइ आगामी नगर सभामा श्रमिकहरूको व्यवसायजन्य स्वास्थ्य र सुरक्षा, श्रम डेक्सटप स्थापना र योगदानमा आधारित सामाजिक सुरक्षामा श्रमिकहरू सूचीकृत गर्ने सम्बन्धका कार्यविधि पेश गर्ने प्रतिबद्धता जनाउनु भयो ।
कार्यशालामा जिफन्ट कोशी प्रदेश अध्यक्ष किशोर धमला, चिया कफि श्रमिक युनियनका केन्द्रिय अध्यक्ष सन्त कुमार राई, नेकपा एमाले इलाम जिल्ला सदस्य नरेन्द्र खडका, जिफन्ट इलाम जिल्ला समन्वय कमिटी संयोजक जगत नेम्वाङ्ग नगरपालिकाका कृषि र सामाजिक शाखाका कर्मचारी लगाएत, चिया श्रमिकहरूको उपस्थिति रहेको थियो ।

त्यसैगरी बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले नगरपालिकामा रहेका रोजगारदाता, श्रमिक र जनप्रतिनिधिको संयुक्त भेला गरी श्रमिकहरूको सन्दर्भमा छलफलको गरी श्रम क्षेत्रमा रहेको समस्यालाई समाधान गर्न नगरपालिकाले पहले गर्ने प्रतिबद्धता जनाउने भयो।
कार्यशालामा जिफन्ट कोशी प्रदेश अध्यक्ष किशोर धमला, चिया कफि श्रमिक युनियनका केन्द्रिय अध्यक्ष सन्त कुमार राई, जिफन्ट झापा जिल्ला संयोजक खेम पोख्रेल, नगरपालिकाका रोजगार शाखाका कर्मचारीहरु, चिया कफी श्रमिक युनियनका केन्द्रिय उपाध्यक्ष सहिकुमार राई र चिया श्रमिकहरूको उपस्थित रहेको थियो ।

त्यसैगरी दमक नगरपालिकामा सम्पन्न कार्यशालामा नगरपालिकाका उपप्रमुख रेगिना भट्टराईले जिफन्टले प्रस्तुत गरेको अवधारणाको सम्बन्धमा नगरपालिकामा भित्र रहेका रोजगारदाता, श्रमिक र जनप्रतिनिधि बिच कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनु भयो ।
कार्यशालामा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत, रोजगार शाखाका कर्मचारीहरु, सामाजिक शाखाका कर्मचारी, जनप्रतिनिधि, नेकपा एमालेका प्रदेश ,जिल्ला, नगर तहका नेताहरूको सहभागीता रहेको थियो ।
इलाम, बिर्तामोड र दमक नगरपालिकामा सम्पन्न ३ वटै कार्यशालाको संचालन जिफन्ट कोशी प्रदेश उपसचिव हरी अधिकारीले गर्नु भएको थियो ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले आवद्ध युनियनका २६ जना सदस्यहरूलाइ ६ लाख ५० हजार उपचार राहत प्रदान गर्ने भएको छ ।
जिफन्टले स्थापना गरेको ऐक्यबद्धता कोषबाट विभिन्न रोगबाट ग्रसित सदस्यहरुलाई उपचार राहत उपलब्ध गराउने निर्णय गरेको हो ।
जिफन्टका महासचिव लक्ष्मण शर्माको अध्यक्षतामा भदौ १८ गते बसेको बैठकले क्यान्सर पीडित ११ जना, मुटु रोगबाट ग्रसित ५ जना, मृगाला रोगी ५ जना र प्यारालाइसिसबाट थलिएका ५ जना गरि जम्मा २६ जना विभिन्न क्षेत्रका श्रमिकहरुलाई उपचार सहयोग दिने निर्णय गरेको हो ।
उपचार राहत पाउनेहरुमा यातायात श्रेत्रका श्रमिकहरु ८ जना, निर्माण क्षेत्रका ७ जना स्वास्थ्य स्वयमसेवी श्रमिकहरु ४ जना, होटल क्षेत्रका श्रमिकहरु २ जना, उद्योग क्षेत्रमा काम गर्ने श्रमिकहरु ३ जना र घर आधारित श्रमिकहरु २ जना रहेको जिफन्टका महासचिव तथा ऐक्यबद्धता कोषका अध्यक्ष लक्ष्मण शर्माले जानकारी दिनु भएको हो ।
नेपालमा श्रम ऐन र सामाजिक सुरक्षा ऐनले व्यवस्था गरेको योगदानमा आधारित सामाजिक सुरक्षामा सबै राइडर, डेलिभरी श्रमिक र डिजिटल पेशाकर्मीहरु अनिवार्य रुपमा समेट्नुपर्ने कुरा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) महासचिव लक्ष्मण शर्माले बताउनुभएको छ।
उक्त कुरा वहाँले भाद्र २६ गते काठमाडौंमा आयोजित एसियामा प्लेटफर्म श्रमिकहरूको सामाजिक सुरक्षाको प्राप्ती विषयक कार्यशालामा आफ्नो कार्यपत्र प्रस्तुत गर्दै बताउनु भएको हो।
महासचिव शर्माले आफ्ना सबै श्रमिकहरू सामाजिक सुरक्षामा समेट्ने फूडमाण्डुको उदाहरण दिँदै अरु प्लेटफर्म सञ्चालकहरुले पनि आफ्ना हजारौँ श्रमिकहरूलाई मर्यादित काम, सामाजिक सुरक्षा, सम्मान र संवादको लागि तयार रहन आग्रह गर्नुभयो।
पठाओ, इन्ड्राइव र अन्य सामान डेलिभरी गर्ने कम्पनीहरूले पनि राइडरहरुलाई स्वरोजगार वा अनौपचारिक भनेर योगदानमा आधारित सामाजिक सुरक्षाबाट विमुख गर्न नमिल्ने उहाँले दाबी गर्नुभयो। बेल्जियन ट्रेड युनियन सपोर्ट संस्था डब्लुएसएमको संयोजनमा आयोजित यो सम्मेलनमा कम्बोडिया बंगलादेश नेपाल इन्डोनेसिया फिलिपिन्स लगायतका मुलुकबाट श्रमिक, नागरिक समाज र आइएलओका प्रतिनिधिहरूको सहभागिता रहेकोछ ।
नेपाल ट्रेड युनियन महासघ (जिफन्ट) कर्णाली प्रदेश कमिटीले सुर्खेत जिल्लाको पन्चपुरि नगरपालिकामा एक कार्यक्रमको आयोजना गरी योगदानमा आधारीत सामाजिक सुरक्षा कार्यानवयन गर्न माग गरेको छ ।
जिफन्ट कर्णाली प्रदेश सचिव श्रीपाल सारु मगरले योगदानमा आधारित सामाजिक सुरक्षाको बिनिमय २०७५ मेयर लालबिर भण्डारीलाई हस्तान्तरण गरी सबै श्रमिकलाइ सामाजिक सुरक्षामा सुचिकरण गर्न माग गरेको हो ।
जिफन्ट राष्ट्रिय कमिटी सदस्य चन्द्रा कुमारी धामिको प्रमुख अतिथ्यमा भएको सो कार्यक्रममा जिफन्ट आबद्ध युनियन नेपाल स्वास्थ्य स्वयमसेवि सघ (नेभा)का सदस्य बेलमति रामजालिलाई उपचार सहयोग बापट जिफन्ट ऐक्यबद्धता कोष बाट रु २५००० को चेक पनि हस्तान्तरण गरीएको थियो ।