न्यायिक रूपान्तरणमा श्रमिक सशक्तीकरण प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरू
नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) को आयोजनामा टोखा नगर पालिकामा कार्यरत सरसफाइ क्षेत्रका श्रमिकहरूलाइ "श्रम अधिकार र योगदानमा आधारित सामाजिक सुरक्षा सम्बन्धमा क्षमता अभिवृद्धि " प्रशिक्षण कार्तिक ९ गते टोखामा सम्पन्न भयो ।
प्रशिक्षण कार्यक्रममा जिफन्ट उपाध्यक्ष जितेन्द्र श्रेष्ठले ट्रेड युनियनका आधारभुत ज्ञान, नेपालको श्रम आन्दोलनका बारेमा प्रशिक्षण दिनु भएको सो कार्यक्रममा जिफन्ट राष्ट्रिय कमिटी सदस्य ठाकुर कुमार श्रेष्ठ, टोखा नगरपालिका ४ नं वडाका कार्यबाहाक अध्यक्ष तारा बहादुर थापा, हिमालय वातावरण संरक्षण मञ्चका कार्यकारी निर्देशक गणेश दाहालले कार्यक्रम सफलताको शुभकामना राख्नु भएको थियो ।
नेपाल सफाई कर्मचारी युनियनका केन्द्रीय अध्यक्ष मोहन नेपालीले प्रशिक्षण कार्यक्रमको उद्देश्य बारेमा प्रष्ट पार्नु भएको सो कार्यक्रमको सहजीकरण जिफन्ट परियोजना संयोजक शंकर धिमिरेले गर्नु भएको थियो ।
त्यसैगरी सोहि दिन नारायण घिमिरेको अध्यक्षतामा ९ सदस्य नेपाल सफाई कर्मचारी युनियन हिमालय वातावरण संरक्षण मन्च र्इकाइ कमिटी गठन गरेको छ ।