सफाइ क्षेत्रमा श्रम अधिकार र सामाजिक सुरक्षा सम्बन्धमा क्षमता अभिवृद्धि प्रशिक्षण
नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट)ले तारकेश्वर नगर पालिकामा कार्यरत सरसफाइ क्षेत्रका श्रमिकहरूलाइ १ दिने "श्रम अधिकार र योगदानमा आधारित सामाजिक सुरक्षा बिषयमा क्षमता अभिवृद्धि " प्रशिक्षण सम्पन्न गरेको छ ।
कार्तिक १० गते तारकेश्वरमा सम्पन्न प्रशिक्षण कार्यक्रममा जिफन्ट उपाध्यक्ष जितेन्द्र श्रेष्ठले ट्रेड युनियनका आधारभूत ज्ञान, श्रमिक अधिकार र विद्यमान ट्रेड युनियन कानुनका बारेमा प्रशिक्षण दिनु भएको थियो ।
कार्यक्रममा जिफन्ट राष्ट्रिय कमिटी सदस्य ठाकुर कुमार श्रेष्ठ, नेपाल सफाई कर्मचारी युनियनका केन्द्रीय अध्यक्ष मोहन नेपालीले योगदानमा आधारित सामाजिक सुरक्षा र प्रशिक्षण कार्यक्रमको उद्देश्य बारेमा प्रष्ट पार्नु भएको प्रशिक्षण कार्यक्रमको सहजीकरण जिफन्ट परियोजना संयोजक शंकर धिमिरेले गर्नु भएको थियो ।