जिफन्टले देशभर मनायो सातौँ योगदानमा आधारित सामाजिक सुरक्षा दिवस

सम्बृध्द नेपाल सुखी नेपालीको आधार, सबै क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षाको अधिकार नाराका साथ नेपाल ट्रेड युनियन महासंघ जिफन्टले सातौँ सामाजिक सुरक्षा दिवस मंसिर ११ गते विविध कार्यक्रमको  आयोजना गरी देशभर भब्य रूपमा मनायो ।

कोशी प्रदेशको विराटनगरमा प्रदेश अध्यक्ष किशोर धमलाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा ब्हीन उपाध्यक्ष मनोज मगर र जुगकाटेमयु उपाध्यक्ष मुरारि भट्टराई सचिव सुनिता श्रेष्ठ लगायतका नेताहरू अतिथिको रूपमा रहनु भएको कार्यक्रमको  स्वागत मन्तब्य जिफन्ट कोशी युवा अध्यक्ष भलि सुब्बाले गर्नु भएको थियो ।

उदयपुरमा जिल्ला समन्वय कमिटीको आयोजनामा बिष्णुरामा राईको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि जिफन्ट राष्ट्रिय कमिटी सदस्य माया भण्डारी रहनु भएको थियो ।

सिमा मास्के, शशी कुमार राईले शुभकामना मन्तब्य राख्नु भएको कार्यक्रममा राजकुमार राईले स्वागत गर्नु भएको थियो ।

त्यसैगरी जिफन्ट मदेश प्रदेश अध्यक्ष कमलेश झाको अध्यक्षतामा सिमरामा सम्पन्न सातौँ सामाजिक सुरक्षा दिवस कार्यक्रमको प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय सदस्य तथा पूर्व मन्त्री एकवाल मिया रहनु भएको थियो ।

जिफन्ट राष्ट्रिय कमिटी सदस्य गीता भण्डारी, नेकपा एमाले मदेश प्रदेश सदस्य सुन्दर बिक, व्हिन केन्द्रीय सदस्य मनोज चौधरी लगायतका नेताहरूले शुभकामना दिनु भएको कार्यक्रमको संचालन  प्रदेश सचिव मुक्ति चौधरीले गर्नु भएको थियो भने मदेश प्रदेश अन्तरगत  सर्लाही जिल्लाको हरिवन स्थित रहेको इन्दु शंकर चिनी उद्योगमा पनि सातौँ सामाजिक सुरक्षा दिवस मनाएको छ । 

बागमती प्रदेश अन्तरगत सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा जिफन्ट केन्द्रीय कार्यालयको आयोजनामा काठमाण्डौ सम्पन्न कार्यक्रमको अध्यक्षता जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले गर्नु भएको थियो भने संचालन महासचिव लक्ष्मण शर्माले गर्नु भएको थियो ।

त्यसैगरी चितवन जिल्लाको भरतपुरमा दिप प्रज्वलन, हेटौँडा स्थित शिवम सिमेन्टमा सामाजिक सुरक्षा बारे बिचार गोष्ठी कार्यक्रम आयोजना गरेको छ ।

त्यसैगरी नेकपा एमाले केन्द्रीय सदस्य तथा पूर्व जिफन्ट उपाध्यक्ष चुडामणी जंगलीको प्रमुख आतिथ्थमा जिफन्ट गण्डकी प्रदेश कमिटीको आयोजनामा सम्पन्न सामाजिक सुरक्षा दिवस कार्यक्रमको अध्यक्षता जिफन्ट प्रदेश अध्यक्ष रूद्र खत्रीले गर्नु भएको थियो । 
कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डक प्रदेश कार्यबाहाक अध्यक्ष बाबुराम राना युनिट्राभ केन्द्रीय उपाध्यक्ष तुलसी सुबेदीले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

गण्डकी प्रदेश कै  नवलपुर जिल्लाको सिजि फुडस,  गोर्खा ब्रुअरी, सिजि सिमेन्ट, तनहुँ जिल्लाको सूर्य नेपाल र स्याङ्जा जिल्लामा पनि विविध कार्यक्रम गरी दिवस मनाएको जिफन्ट गण्डकीले जानकारी दिएको हो ।  

नेपाल ट्रेड युनियन महासघ (जिफन्ट) लुम्बिनी प्रदेश अन्तरगत योगदानमा आधारित सामाजिक सुरक्षाको स्थापना दिवसको सन्दर्भमा बर्दिया जिल्लाको सिजी फूड्स, बाकेको नेपालगंज मेडिकल कलेज र औद्योगिक क्षेत्रमा, रूपन्देहीको नेपाल हाइड्रो एण्ड इलेक्ट्रिकमा अन्तरक्रिया कार्यक्रम र मणिग्राममा दिपप्रज्वलन गरी स्थापना दिवस मनाएको हो ।

त्यसैगरी जिफन्ट कर्णाली प्रदेशले सुर्खेतमा ७ औ सामाजिक सुरक्षा दिवस जिफन्ट राष्ट्रिय कमिटी सदस्य चन्द्रा कुमारी धामिको प्रमुख आतिथ्यमा प्रदेश सचिव श्रीपाल सारुमगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन प्रदेश सदस्य निम बहादुर बुढाले गर्नु भएको थियो ।

जिफन्ट सुदुरपस्चीम प्रदेश अध्यक्ष जित बहादुर मल्लको प्रमुख आतिथ्यमा गोदावरी पालिकाद्वारा सातौँ सामाजिक सुरक्षा दिवस सम्पन्न गरेको छ । 

पालीका कमिटी अध्यक्ष भुबनेश्वर भट्टको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको संचालन पालिका सचिव शेर बहादुर मगरले गर्नु भएको थियो ।