परीक्षा उत्तीर्ण गरेका सबै नेपाली श्रमिक लैजाने इजरायलको तयारी
११ मंसिर २०८१, समृद्ध नेपाल सुखी नेपालीको आधार, सबै क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षाको अधिकार नाराका साथ नेपाल ट्रेड युनियन महासंघ जिफन्टले देशैभर सातौँ सामाजिक सुरक्षा दिवस मनाएको छ ।
जिफन्ट केन्द्रीय कार्यालयको आयोजनामा काठमाण्डौंको सभागृहमा आयोजित सभाका प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश तथा विदेशका समस्त श्रमिकहरुलाई बधाई तथा शुभकामना दिनु हुदैं नेपालको राजनीति भन्दा ट्रेड युनियन आन्दोलनको इतिहास पुरानो रहेको बताउनु हुँदै २००३ सालमा स्थापना भएको नेपाल ट्रेड युनियन आन्दोलनको निरन्तरता नै जिफन्ट भएको बताउनु भयो ।

सामाजिक सुरक्षा कोष स्थापनाको लागि अनवरत खटेर उल्लेखनीय भूमिका खेलेको जिफन्टले नेपालको श्रमजीवी वर्गका निमित्त नमुना बनेर काम गर्दै आएकोमा जिफन्ट तथा कार्यकर्तालाई शुभकामना तथा बधाई व्यक्त गर्नु हुँदै प्रधानमन्त्री ओलीले २०७५ साल मंसिर ११ गते नीतिगत रुपमा स्थापना भएको योगदानमा आधारित सामाजिक सुरक्षा अब श्रमिकका परिवारका लागि थप सुविधाको अनुभूति हुने गरी कोष अगाडी बढ्ने बताउनु भयो ।
आगामी वर्षमा सम्बृद्धिकालागी न्यायोचित वितरण गर्न नयाँ ढङ्गले काम गरिरहेको स्पष्ट पार्नुहुँदै प्रधानमन्त्री ओलीले यही समयमा नयाँ परिवर्तन ल्याउनु पर्ने हुनाले परिवर्तनको भार भावी सन्ततिलाई नदिईकन त्यसको अनुभूति दिने बताएका छन् । आफू पहिले प्रधानमन्त्री हुँदा नै मंसिर ११ गते योगदानमा आधारित सामाजिक सुरक्षाको सुरुबाट गरेको यो प्रणाली पूर्ण रुपमा सफल भएर अगाडी बढ्ने विश्वास व्यक्त गर्नु भयो ।

उपप्रधान तथा अर्थ मन्त्री माननीय विष्णु पौडेलले नेपालमा सामाजिक सुरक्षाको अवधारणा अधि सार्ने, त्यसलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्ने र त्यसलाई स्थापित गर्ने अभियानको नेतृत्व नेकपा एमाले गरेको भन्नुहुँदै योगदानमा आधारित सामाजिक सुरक्षाको प्रयोगले नेपाली श्रमिकहरूलाई उत्साहित र भविष्य प्रति आश्वस्त बनाएको बताउनु भयो ।
योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा अझै थुप्रै श्रमिकहरूलाई समेट्न बाँकी रहेको र यसको कार्यान्वयनमा देखा परेका समस्याहरूलाई सृजनशील ढङ्गले विकसित गर्दै जान आउने दिनमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको यो सरकारले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
नेपाल ट्रेड युनियन महासंघ जिफन्ट नेपालको सबैभन्दा शक्तिशाली ट्रेड युनियन महासंघ मात्र नभई विश्व ट्रेड युनियन आन्दोलनमा पनि जबरजस्त प्रभाव रहेको र जिफन्टको नेतृत्वप्रती गर्व रहेको बताउनु भयो ।

कार्यक्रमका सभाध्यक्ष जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले नेपाली ट्रेड युनियनहरूको झन्डै ३ दशक लामो र निरन्तर आन्दोलनको फलस्वरूप रोजगारदाता र श्रमिकको सहमतिमा २०७५ साल मंसिर ११ गतेबाट कार्यान्वयनमा आएको योगदानमा आधारित सामाजिक सुरक्षा दिवसको उपलक्ष्यमा सबैमा हार्दिक बधार्इ तथा शुभकामना दिँदै नयाँ युगको सुरुबाट गर्नु हुने सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यूलाइ धन्यवाद दिनु हुँदै जिफन्टको आठौँ महाधिवेशनले ४ वर्षमा २० लाख श्रमिकहरूलाई कोषमा जोड्ने लक्ष करिब अढाई वर्षमा १७ लाख ९४ हजार श्रमिकहरू आबद्ध भई सकेको बताउँदै अब ती श्रमिकहरूको योगदान निरन्तरता गर्न जिफन्टले काम गर्ने बताउनु भयो ।
कोषमा आबद्ध श्रमिकहरू मध्ये अहिले सम्ममा ५८५ जना श्रमिकहरूले नियमित पेन्सन पाइरहेको योगदान कर्ताको शेष पछि तीनका परीवारले कम्तीमा ८ हजार देखि १ लाख ५७ हजार सम्म मासिक पेन्सन सुविधा प्राप्त गरिरहेको भन्नु हुँदै अध्यक्ष श्रेष्ठले कोषमा आबद्ध सदस्य मध्ये ठूलो संख्या वैदेशिक रोजगारीमा रहेका श्रमिकहरू रहेको हुनाले नियमित योगदानमा समस्या रहेकोले यसको समाधान छिटै खोज्नु पर्नेमा जोड दिनु भयो ।
जिफन्ट अध्यक्ष श्रेष्ठले अनौपचारिक र स्वरोजगार श्रमिकहरूको सुचिकृतकालागी स्थानीय तहमा श्रमिक पंजिकरण गर्नु पर्ने भन्दै सरकारी कार्यालयहरूमा कार्यरत आउटसोर्समा श्रमिकहरूलाई सम्माननीय प्रधानमन्त्री ज्यु कै पालोमा कोषमा सूचीकृत हुने विश्वास व्यक्त गर्नु हुँदै कोषको बोर्डमा अधिकारीक ट्रेड युनियन महासंघका प्रतिनिधीहरूलाइ बेवास्ता गरी नक्कली ट्रेड युनियनका प्रतिनिधीहरूलाइ समावेश गरेको भन्दै तुरून्त सच्याउनु पर्नेमा जोड दिनु भयो ।

महासंघका महासचिव लक्ष्मण शर्माले संचालन गर्नु भएको कार्यक्रममा भूमि व्यवस्था तथा सहकारी मन्त्री बलराम अधिकारी, एफएनसिसिआई रोजगारदाता परिषद्का सभापति ज्योसना शाक्यले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए ।
सामाजिक सुरक्षा कोषमा स्थानीय तहबाट श्रमिकहरूलाइ सूचीकृत गरी सह योगदान गर्ने फेदीखोला, बांसगढी, बेलबारी, भिमफेदी, सुन्दर हरैंचाका अध्यक्षहरुलाई जिफन्टको तर्फबाट सम्माननीय प्रधानमन्त्रीद्धारा सम्मान गरिएको कार्यक्रममा अन्तरा समूहले सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेको थियो ।

कार्यक्रमको सम्पुर्ण फोटोकोलागी तलको लिंकमा क्लीक गर्नुहोस ।
https://www.facebook.com/media/set/?set=a.122129437604435116&type=3