योगदानमा आधारित सामाजिक सुरक्षा योजना अन्तर्गत विभिन्न क्षेत्रका १७ लाख ३२ हजार श्रमिकको ६७ अर्ब ६४ करोड रुपैयाँ संकलन भएको छ ।
योजनामा सूचीकृत भएकामध्ये ११ लाख ९१ हजार ४६६ वैदेशिक रोजगारीमा रहेका श्रमिक रहेका छन् भने सामाजिक सुरक्षा कोषले योगदानकर्ता श्रमिकबाट संकलन गरेको ६७ अर्ब ६४ करोड मध्ये विभिन्न ४ योजना अन्तर्गत ११ अर्ब ३७ करोड रुपैयाँ बराबरको योगदान रकम भुक्तानी गरेको कोषका प्रवक्ता बिबेक पन्थीले बताउनु भएको छ ।
कोषले हाल सबैभन्दा बढी वृद्धा अवस्था सुरक्षा दाबी भुक्तानी अन्तर्गत ९ अर्ब ६२ करोड रुपैयाँ, औषधी उपचार, स्वास्थ्य तथा मातृत्व योजना अन्तर्गत १ अर्ब ४१ करोड रुपैयाँ भुक्तानी लिएका छन् ।
त्यसैगरी आश्रित परिवार सुरक्षा योजना र दुर्घटना तथा अशक्तता सुरक्षा योजना अन्तर्गत क्रमशः १८ करोड १ लाख र १५ करोड १ लाख रुपैयाँ भुक्तानी भएको छ ।
कोषमा हालसम्म १९ हजार ७१० रोजगारदाता र १७ लाख ३२ हजार ३५४ योगदानकर्ता सूचिकृत भएका छन् ।