????? ????????, ??????? ????????? ?????? ?????? ??????? ?????? ??
बैदेशीक रोजगारीको सिलसिलामा ३ महिना अगाडी दुबइ पुगेका तुल्सीपूर उपमहानगर पालिका ९ का सन्तोष बि.क समस्यामा परेपछी नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले उद्धार गरी कार्तिक ४ गते नेपाल फर्काएको छ ।
प्याराडाईज म्यानपावर मार्फत दुवई पुगेका बि.क लाइ मासिक १५ सय दिराम तलब सहित खाना बस्न कम्पनिले दिन्छ भनेर म्यानपावर पठाएको, तर दुवही पुगेपछि कम्पनिले ७०० दिराम मात्रै दिएकोले नेपालमा प्याराडाईज म्यानपावरलाई अवगत गराउदा कुनै सुनुवाई नभए पछी करिब २ महिना पछी नेपालमा रहेका बि.कका आफन्तले जिफन्टमा सहयोगकोलागी निवेदन दिनुभएको थियो ।
जिफन्टको सहयोगमा बैदेशिक रोजगार बिभागमा मुद्धा दर्ता पछी पिडित सन्तोष बि.क गत आईतबार नेपाल आई पुगेको जिफन्ट प्रवासी डेक्सका जनक बि.क ले जानकारी दिनुभएको हो ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले प्रवासी श्रमिकहरूको अधिकारकालागी जिफन्ट सधैँ क्रियाशील रहेको भन्नु हुँदै श्रमिकहरूको समस्या समाधान गर्न नेपालमा सरकारको स्थायित्व नहुनु नै प्रमुख कारण रहेको बताउनु भएको छ ।
बहराइन स्थित नेपाली राजदूतावासले कार्तिक ८ गते, श्रमिक सचेतना, रेमिटेन्स, सुरक्षित वित्तीय कारोबार सम्बन्धमा राजदूतावासमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा अध्यक्ष श्रेष्ठले उक्त कुरा बताउनु भएको हो ।
अध्यक्ष श्रेष्ठले प्रवासी श्रमिकहरूको अधिकारकालागी गन्तव्य मुलुकको कानुनले दिएको सीमाभित्रै रहेर श्रमिक अधिकारकालागि जिफन्टले काम गरिरहेको भन्नु हुँदै नेपाल सरकारले लागु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा सबै नेपाली श्रमिकहरूकोलागी भएको हुनाले प्रवासमा रहेका श्रमिकहरूलाई पनि सामाजिक सुरक्षाको धेरामा ल्याउनु पर्नेमा जोड दिनु भयो ।
प्रवासी श्रमिकहरूले पसिना बगाएर आर्जन गरेका रकमलाइ सुरक्षित तवरले आफ्नो मुलुकमा पठाउने वातावरण बनाउनु पर्ने भन्नु हुँदै वित्तीय कारोबार बेकिङ प्रणालीबाट गर्नु पर्नेमा जोड दिनु भयो ।
बहराइनका महामहिम राजदूत तिर्थराज वाग्लेको अध्यक्षतामा माननीय सांसद माधब सापकोटा लगायतका अतिथिहरू उपस्थित सो अन्तरक्रिया कार्यक्रममा जिफन्ट सहयोग समूह बहराइनका अध्यक्ष थोमस कुलुङ र प्रवासी नेपाली मञ्चका अध्यक्ष चन्द्र बहादुर गुरूङले प्रवासी श्रमिकहरूले भोगिरहेको समस्याहरूको बारेमा प्रकास पार्नु भएको थियो ।
अन्तरक्रिया कार्यक्रममा बहराइनमा क्रियाशील ३२ वटा विभिन्न संघ संस्थाका प्रतिनिधिहरू सहभागिता रहेको थियो ।
नेपाल ट्रेड युनियन महासंघ जिफन्ट सहयोग समुह नेपाली प्रवासी श्रमिक संघ कतार स्थित दोहाको बरुवा अल्लबरामा कार्तिक २३ गते एरिया कमिटी गठन भएको छ।
नेपाली प्रवासी श्रमिक संघ जिफन्ट सहयोग समुह कतारका अध्यक्ष समुन्द्र खड्काको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रमले घनश्याम रिजालको अध्यक्षतामा १६ सदस्य एरिया कमिटी गठन गरेको हो ।
जिफन्ट सहयोग समुह कतारका सचिब गिरि प्रसाद दर्लामीको पहलमा भएको सो कार्यक्रमका प्रमुख अतिथि जिफन्ट सहयोग समुह कतारका अध्यक्ष समुन्द्र खड्काले जिफन्टको नीति तथा कार्यक्रमहरूको बारेमा प्रकाश पार्नु भएको थियो ।
त्यसैगरी संगठनका उपाध्यक्ष नवराज शाहिले नव गठित कमिटीलाई बधाई तथा शुभकामना दिनु भएको सो कार्यक्रमको संचालन संगठनका कार्यवाहक महासचिव लोकबहादुर जोगिले र सहभागीहरूलाई आर्थिक सचिव सलबहादुर श्रेष्ठले स्वागत गर्नु भएको थियो ।
२२ महिना अगाडी SKy Blue international को माध्यामबाट वैदेशिक रोजगारीकालागी को साउदी पुगेका सर्लाही जिल्ला हरीवन नगरपालिकाका ३४ वर्षिय तिलकराम थापाको शव कार्तिक २८ गते नेपाल ल्याएको छ ।
साउदी अरेबिया स्थित Aster factory मा काम गर्दा गर्दै गत भदो २२ गते अचानक करेन्ट लागेर मृत्यु भएका थापाको शव साउदी अरेबिया स्थित नेपाली राजदुतावुले सबै कानुनी प्रक्रिया पुरा गरी करिब साढे २ महिना पछि कार्तिक २८ गते थापाको शव नेपाल ल्याएको जिफन्ट प्रवाशी डेक्सका जनक बिकले जानकारी दिनु भएको हो
साउदी सरकारले आप्रवासी घरेलु श्रमिकको हकमा केही लचकता देखाउँदै विदेशी महिला घरेलु श्रमिकलाई काम चित्त नबुझे दुई महिनाभित्र स्वदेश फर्किन वा रोजगारदाता (स्पोन्सर) परिवर्तन गर्न सकिने नयाँ सुविधा दिन लागिएको साउदी अरबस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।
साउदी अरबको कडा नीतिले साउदी अरबमा घरेलु श्रमिकका रूपमा पठाउँदै आएका देशले घरेलु श्रममा नपठाउने नीति अवलम्बन गर्न थालेपछि साउदी सरकारले आफ्नो नीति सुधार्न बाध्य भएको हो ।
नेपाली घरेलु श्रमिकलाई सुरक्षित वातावरणको प्रत्याभूति नभएकाले नेपालले पनि २०७२ सालदेखि नै घरेलु श्रमिक साउदी पठाउन प्रतिबन्ध लगाएको छ । श्रम वार्तामा नेपालले घरेलु श्रमिकका लागि सुरक्षा र अधिकार सुनिश्चित गर्न विभिन्न सर्त राख्दै आएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले म्यानपावर कम्पनीमार्फत कोरियामा E7 भिसा प्रणालीअन्तर्गत श्रमिक पठाउने तयारी गरेकोमा दक्षिण कोरीयाको प्रवाशी मजदुर युनियन MTU ले बिरोघ जनाउँदै आएको छ ।
प्रवाशी मजदुर युनियन (MTU ) का अध्यक्ष उदय राईले म्यानपावर कम्पनी मार्फत श्रमिक पठाउँदा नेपाली श्रमिकले एजेन्टलाई धेरै रकम बुझाउनु पर्ने ,छनोट प्रक्रिया पारदर्शी नहुने ठगिन सक्ने भन्दै आफूखुसी कार्यस्थल परिवर्तन गर्न पाउने कार्य अनुमति प्रणाली (WPS) लागु गर्नुपर्ने माग समेत गरेको छ ।