आइटियुसी, एफएनभी र सार्टुकको संयुक्त आयोजनामा दक्षिण एसियामा श्रम कानून सुधार बिषयक कार्यशाला कार्तिक १९ गते श्रीलंकाको कोलोम्बोमा सम्पन्न भएको छ ।
कार्तिक १७ गते देखि सुरूभएको कार्यशालाको अध्यक्षता गर्नुहुंदै नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अध्यक्ष तथा सार्टुक उपाध्यक्ष बिनोद श्रेष्ठले नेपालमा बिधमान श्रम कानुन र त्यसमा गर्नु पर्ने सुधारका बारेमा प्रकाश पार्नु भएको थियो । 