????? ????????, ??????? ????????? ?????? ?????? ??????? ?????? ??
भारतको मेघालय स्थीत कोइला खानीमा कार्यरत ४ नेपाली श्रमिकहरुको हत्या भएको धटना प्रती जिफन्टले खेद ब्यक्त गर्दै हत्याराहरुलाई कानुनी कार्वाही गर्न माग गरेको छ ।
जिफन्टले असार २२ गते प्रश बिज्ञप्ती प्रकाशित गर्दै भारतको मेघालयमा कोइला खानीमा कार्यरत ४ नेपाली श्रमिकहरुको हत्याको समाचारले जिफन्ट स्तव्ध भएको बिज्ञप्तीमा जनाएको छ ।
परिचय नखुलेका ती चार नेपाली श्रमिकहरुको मृत शरीर पूर्वी जैन्तीया हिल्स स्थित उप्लिङ बजारमा फेला परेको भारतीय सञ्चार माध्यमहरुले जनाएका भन्दै जिफन्ट मृतक श्रमिकहरु प्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्दै शोक सन्तप्त परिवारहरु प्रति हार्दिक समवेदना प्रकट गरेको छ
साथै, मृतकहरुको पहिचान खुलाई हत्याको कारण पत्ता लगाई जे जुनसुकै कारणले घटना घटेको भए पनि हत्याराहरुलाई कानुनी कार्वाही गर्न, मृतकका परिवारहरुलाई क्षतिपूर्ती प्रदान गर्न समेत नेपाल सरकार मार्फत सम्बन्धित निकायहरुसंग जिफन्टले अनुरोध गरेको छ ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का महासचिव लक्ष्मण शर्माले “इजरायलमा श्रमिक पठाउने कि नपठाउने भन्ने बहसको विषय नै होइन, यति वेला त्यहाँ कुनै पनि हालतमा नेपाली पठाउनु हुँदैन र सरकारले श्रमिक पठाउने प्रक्रिया तत्काल रोक्नुपर्ने बताउनु भएको छ ।
ललितपुरमा गत असार २२ गते आयोजित एक कार्यक्रममा महासचिब शर्माले सो कुरा बताउनु भएको हो ।
नेपाल सरकारले ‘केयर गिभर’ का रूपमा श्रमिक पठाउन अघि बढाएको प्रक्रिया तत्काल रोक्न माग गर्दै जिफन्टले वैदेशिक रोजगार बोर्डको बैठकमा श्रमिकका प्रतिनिधिले इजरायलमा जान नहुने धारणा राखिसकेको महासचिव शर्माले जानकारी दिनु हुदै “बाँच्न पाउनु पहिलो हक हो।” भएकोमा जोड दिनु भएको थियो ।
नेपाल प्रहरीका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईकालागि मात्रै दैनिक दुई सय ५० महिलाको तस्करी हुने जानकारी प्राप्त भएको छ ।
भिजिट भिसामा जान चाहनेका लागि होटेल बुकिङ, जहाजको टिकट र भिसा भए पुग्ने भएकोले तस्करले कानुनको यही दफा प्रयोग गरेर सजिलै मानव तस्कर गरिरहेका छन् ।
विगतमा भिजिट भिसामा दुबई जानेका लागि प्रहरी रिपोर्ट, १२ कक्षा पास गरेको शैक्षिक प्रमाणपत्र, बैंक स्टेटमेन्ट अनिवार्य थियो । जसका लागि फर्जी कागजात बनाउने मात्र नभई अध्यागमनका कर्मचारीसँग समेत सेटिङ मिलाउनुपर्थ्यो ।
तर, अहिले उल्लेखित कुनै कागजात जुटाउनु नपर्ने हुँदा मानव तस्करी सहज भएको छ । सूचनाअनुसार नेपालको मात्र होइन, भारतको विमानस्थल हुँदै नेपाली महिलाको तस्करी भइरहेको छ ।
तस्करले नेपाल र दुवईमा सञ्जाल नै खडा गरि यस्तो कार्य गरिरहेको जानकारीमा आएको छ ।
द्वन्द्वग्रस्त मुलुक इजरायलमा सरकारले २ हजार संख्यामा केयर गिभर श्रमिक पठाइने भएपछि सरकारको चर्को आलोचना भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी र नेपालस्थित इजरायली राजदूत हनान गोडर गोल्डबर्गरबीच हालै भएको भेटवार्तामा नेपाली केयरगिभरको संख्या बढाउने सहमति भएको हो ।
गत असारमा सरकारद्वारा ८०० जनाको आवेदन खोलेकोमा नयाँ सरकार गठन लगत्तै अब यो संख्या २ हजार पुर्याउन सकिने सहमति भएको छ । यस्तो सहमतिप्रति जिफन्टको गम्भिर ध्यानाकर्षण भएको छ । साथै युद्धग्रत क्षेत्रमा बैदेशिक श्रमको नाममा आफ्ना नागरिक पठाउने निर्णय तुरुन्त फिर्ता लिन पनि आग्रह गरेको छ । इजरायल–प्यालेस्टाइन द्वन्द्वमा हराएका नेपाली नागरिक विपिन जोशीको हालसम्म पनि पत्तो लागेको छैन ।
रोजगारीको प्रलोभनमा बेचबिखन गरी कश्मीरको श्रीनगरमा ५ महिनादेखि बन्धक बनाइएका २८ जना नेपाली मजदुरहरुलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको टोलीले उद्धार गरी नेपाल फर्काएको छ ।
उद्धार गरिएका सिराहाका २१ जना र धनुषाका ७ जना मजदुरलाई जिल्ला मानव बेचबिखन नियन्त्रण समितिको जिम्मा लगाइएको छ । मन्त्रालयका सचिव दिनेश भट्टराई नेतृत्वको टोली बन्धक नेपालीहरूको उद्वार गर्न सफल भएको हो ।
नेपाल ट्रेड युनियन महासंघ जिफन्टले आइरावती गाउपालिका ७ प्यूठानकी रिता राना मगरलाई बैदेशिक रोजगारीको शिलशिलामा ठगी गरेको एजेन्टबाट रु.१ लाख ३० हजार क्षतिपूर्ति दिलाएको छ ।
"फ्रि भिषा फ्रि टिकट"को लोभ देखाई स्थानिय एजेन्ट ओम प्रकाश सिंले २ महिना अघि भिजिट भिषामा पिडितलाई कुवेत पुर्याएको थियो ।
घरेलु कामदारको रूपमा नियमित १८ घण्टाको परिश्रमले बिरामी परेका पिडितलाई नेपाल फर्काउन एजेन्टले मोटो रकम माग गरेकाले एजेन्ट विरूद्ध जिफन्टमा उजूरी दिएकी थिइन ।
जिफन्टको पहलमा १ महिनाको तलब र टिकट बराबरको रकम उपलब्ध गराईएको कुरा जिफन्ट प्रवासी डेक्सबाट जनक बि.क ले श्रमिक खबरलाई जानकारी दिएको छ ।