युएईको नेपाली राजदूतावासले श्रम स्वीकृति वैधानिकीकरण सेवा नियमित गर्ने

युएईको नेपाली राजदूतावासले आगामी भदौ २ गतेदेखि युएईमा कार्यरत नेपाली नागरिकहरूका लागि श्रम स्वीकृति वैधानिकीकरण सेवा नियमित गर्ने भएको छ। 

दूतावासले साउन २६ गते एक सूचना जारी गर्दै यो सेवा नियमित शुरु हुने जानकारी दिएको हो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्देशिका अनुसार, सेप्टेम्बर ३०, २०२४ भन्दा अगाडि रोजगारी भिसा प्राप्त गरी अबुधाबीमा कार्यरत नेपालीहरूले मात्र यो सेवा लिन पाउने जनाएको छ।