जोखिमपूर्ण खाद्य तथा पेय पदार्थ नखान कुवेत नेपाली दूतावासको आग्रह

कुवेतमा रहेको नेपाली दूतावासले साउन ३० गते एक बिज्ञप्ती निकालेर विषाक्त रक्सी सेवनबाट केही नेपालीको निधन भएको र ३५ जना अस्पताल भर्ना भएको भन्दै स्वास्थ्यका लागि घातक र जोखिमपूर्ण खाद्य तथा पेय पदार्थ नखान आग्रह गरेको छ ।

बिज्ञप्तीमा ज्यान गुमाउने नेपालीको सङ्ख्या उल्लेख गरेको छैन । विषाक्त रक्सी खाएर कम्तीमा नौ जना नेपालीको ज्यान गएको बुझिएको छ ।

कुवेतको स्वास्थ्य मन्त्रालयले मेथानोल मिसावट गरेको रक्सी खाएका कारण एक सय ६० जना भन्दा धेरै प्रभावित भएका र उनीहरुमध्ये २३ जनाको ज्यान गएको जनाएको छ ।