भारतमा कार्यरत नेपाली श्रमिकलाई कल्याणकारी सेवा प्रदान गर्न बाटो खुल्यो

मन्त्रिपरिषद् बैठकले श्रम, रोजगार तथा सामाजिक  सुरक्षा मन्त्रालयको प्रस्तावमा राष्ट्रिय श्रम आप्रवासन नीति–२०८२ पारित गरे पछी भारतीय श्रम बजारमा कार्यरत नेपाली श्रमिकलाई कल्याणकारी सेवा प्रदान गर्ने गरी अभिलेखीकरणमा ल्याउन बाटो खुलेको छ 

साउन १८ गते मन्त्रिपरिषद् बैठकले  पारीत गरेको नयाँ नीति अनुसार भारतमा रोजगारीमा जाने श्रमिकलाई सामाजिक सुरक्षा कोष मार्फत सामाजिक सुरक्षाका कार्यक्रम र सुविधामा आबद्ध गर्नेछ ।