बंगलादेशको गार्मेन्ट उद्योगमा भीषण आगलागीबाट १६ जना श्रमिकको मृत्यु

बंगलादेशको राजधानी ढाकाको मिरपुर क्षेत्रमा रहेको गार्मेन्ट उद्योगमा असोज २८ गते भीषण आगलागीमा कम्तीमा १६ जना श्रमिकको मृत्यु भएको छ भने मृतकको सङ्ख्या अझै बढ्न सक्ने बताइएको छ।  

चार तले भवनमा लागेको आगो नियन्त्रणमा लिन अग्नि नियन्त्रकहरूलाई तीन घण्टाभन्दा बढी समय लागेको थियो भने अग्नि नियन्त्रण विभागले अहिलेसम्म भेटिएका १६ वटा शवको पहिचान गर्न गाह्रो भएको बताएको छ।