??? ????? ????? ??????

?????? : ????? ??????

????? ????????, ??????? ????????? ?????? ?????? ??????? ?????? ??

जिफन्ट सहयोग समूह बहराइनले भलिबल प्रतियोगिता गर्ने

बहराइन राष्ट्रिय दिवसको अवसरमा जिफन्ट सहयोग समूह बहराइनले यही डिसेम्बर १३ देखि १७ सम्म नेपाली दाजुभाइहरू बिच जिफन्ट दोस्रो भलिबल कप २०२४ को आयोजना गर्ने भएको छ । 

२० टिमले प्रतिस्पर्धा गर्ने अनुमान गरिएको सो प्रतियोगितामा विजेतालाई ट्रफी सहित नगद पुरस्कार रु. १,लाम ११,हजार १सय ११ रूपैया, उपबिजेतालाई रू. ५१हजार,१ सय ११ रूपैया र अन्य उत्कृष्ट ४ विधा सहित अम्पायरहरूलाई पनि सम्मान गरिने संयोजक अर्जुन बराइलीले जानकारी दिनु भयो । 

५ दिन सम्म संचालन हुने प्रतियोगिताका सम्पूर्ण खेलहरू बहराइनकै सबभन्दा ठुलो मजदुर क्याम्प अस्करको जिसिसि मैदानमा हुने जानकारी अध्यक्ष थोमस कुलुङले हामीलाई दिनुभएको हो ।

जिफन्ट सहयोग समूह बहराइनद्वारा जिफन्ट दोस्रो भलिबल कप २०२४ को खेल तालिका सार्वजनिक

बहराइन राष्ट्रिय दिवसको अवसरमा जिफन्ट सहयोग समूह बहराइनद्वारा आयोजित जिफन्ट दोस्रो भलिबल कप २०२४ को खेल तालिका सार्वजनिक गरेको छ । 

खेल तालिका अनुसार डिसेम्बर १६ तारिकमा हुने पहिलो चरणको खेलमा आदिवासी जनजाती महासंघ र किराँत राई यायोख्खाको पहिलो खेल, दोस्रो खेल स्याङ्जा सेवा समाज र नेपाल मगर संघ बिच हुने छ भने तेस्रो र चोथो खेल क्रमशः मोना बहराइन र बाग्लुङ सेवा समाज बिच  र क्लिन्टेक कम्पनी र नास कम्पनी बिच प्रतिस्पर्धा हुने जनाएको छ ।

१६ टिमले भाग लिएको सो प्रतिस्पर्धाको दोसो चरणको खेल डिसेम्बर १७ तारीकमा ४  खेल ८ प्रतिस्पर्धी बिच हुने छ । 

प्रतियोगिताका सम्पूर्ण खेलहरू बहराइनकै सबभन्दा ठुलो मजदुर क्याम्प अस्करको जिसिसि मैदानमा हुने जानकारी अध्यक्ष थोमस कुलुङले हामीलाई दिनुभएको हो ।
 
जिफन्ट सहयोग समूहको लोगो सार्वजनिक

अन्तरराष्ट्रिय प्रवासी श्रमिक दिवसको सन्दर्भमा नेपाल ट्रेड युनियन महासंघ जिफन्टले जिफन्ट सहयोग समूह  (GEFONT SUPPORT GROUP) को लोगो सार्वजनिक गरेको छ ।

पुस ३ गते विभिन्न देशमा रहेका आफ्ना सदस्य समूहसँग अनलाइन माध्यमबाट जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले लोगो सार्वजनिक गर्नु हुँदै संसारभरमा काम र पहिचानमा एकरूपता ल्याउनका लागि यस्तो कदम चालिएको जानकारी दिनु भयो ।

दोस्रो जिफन्ट भलिबल कपको उपाधि स्याङ्जा सहयोग समाजलाई

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट), बहराइन सहयोग समूहद्वारा बहराइनको राष्ट्रिय दिवसको अवसरमा आयोजित दोस्रो GEFONT भलिबल कप-२०२४ को उपाधि स्याङ्जा सहयोग समाजले जितेको छ ।

१६ टिमले प्रतिस्पर्धा गरेको सो प्रतियोगितामा स्याङ्जा सहयोग समाजले ट्रफी सहित नगद पुरस्कार रु. १ लाख ११ हजार १ सय ११ रूपैया र उपबिजेता G E T कम्पनीको टिमले रू. ५१ हजार १ सय ११ रूपैया नगद सहित ट्रफी प्राप्त गरेको छ  । 

नेपाली दूतावास बहराइनको तृतीय सचिव श्री दीप राज जोशीको प्रमुख आतिथ्यमा भएको समापन समारोहमा बहराइनको ट्रेड युनियन  GFBTU BAHRAIN का Secretary, प्रवासी नेपाली मञ्च बहराइनको अध्यक्ष चन्द्र गुरुङ, नेपाली क्लबका अध्यक्ष दिपक गुरुङ, वरिष्ठ उपाध्यक्ष नरेन्द्र गले, आदिवासी जनजाति महासंघका वरिष्ठ उपाध्यक्ष मिलन राई, नेपाली जनप्रगतिशिल मञ्च बहराइनको अध्यक्ष श्री रामु काफ्ले लगायतका अतिथिहरूको सहभागिता रहेको कुरा बहराइन सहयोग समूह अध्यक्ष थोमस कुलङले जानकारी गराउनु हुँदै प्रतियोगिता सफल पार्न सहयोग गर्नुहुने सबैमा धन्यवाद सहित आभार व्यक्त गर्नु भएको छ । 

दोस्रो जिफन्ट भलिबल कपको उपाधि स्याङ्जा सहयोग समाजलाई नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट), बहराइन सहयोग समूहद्वारा बहराइनको राष्ट्रिय दिवसको अवसरमा आयोजित दोस्रो GEFONT भलिबल कप-२०२४ को उपाधि स्याङ्जा सहयोग समाजले जितेको छ ।

१६ टिमले प्रतिस्पर्धा गरेको सो प्रतियोगितामा स्याङ्जा सहयोग समाजले ट्रफी सहित नगद पुरस्कार रु. १ लाख ११ हजार १ सय ११ रूपैया र उपबिजेता G E T कम्पनीको टिमले रू. ५१ हजार १ सय ११ रूपैया नगद सहित ट्रफी प्राप्त गरेको छ  । 

नेपाली दूतावास बहराइनको तृतीय सचिव श्री दीप राज जोशीको प्रमुख आतिथ्यमा भएको समापन समारोहमा बहराइनको ट्रेड युनियन  GFBTU BAHRAIN का Secretary, प्रवासी नेपाली मञ्च बहराइनको अध्यक्ष चन्द्र गुरुङ, नेपाली क्लबका अध्यक्ष दिपक गुरुङ, वरिष्ठ उपाध्यक्ष नरेन्द्र गले, आदिवासी जनजाति महासंघका वरिष्ठ उपाध्यक्ष मिलन राई, नेपाली जनप्रगतिशिल मञ्च बहराइनको अध्यक्ष श्री रामु काफ्ले लगायतका अतिथिहरूको सहभागिता रहेको कुरा बहराइन सहयोग समूह अध्यक्ष थोमस कुलङले जानकारी गराउनु हुँदै प्रतियोगिता सफल पार्न सहयोग गर्नुहुने सबैमा धन्यवाद सहित आभार व्यक्त गर्नु भएको छ । 
 
जिफन्ट सहयोग समुह अमेरीकाको अध्यक्षमा दिपक सापकोटा

नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट)ले अमेरिकामा रहेको जिफन्ट सहयोग समुहको कमिटीलाइ पुर्णता दिएको छ ।

जिफन्ट सहयोग समुह अमेरीकाको पुस १७ गते भएको भेलाले दिपक सापकोटाको अध्यक्षतामा ७ सदस्यीय कमिटी गठन गरेको हो । 

नेपाल ट्रेड युनियन महासंघ जिफन्टका पूर्व नेताहरू प्रभुराम थापा, शान्ती जिरेल र मन्जु थापामगर सल्हाकार रहनु भएको सो कमिटीको सचिबमा सोनु दनुवार चौधरी, कोषाध्यक्षमा केशव सुवेदी रहनु भएको छ भने सदस्यहरूमा इन्द्र सिह लामा, सुमि राई, कृष्ण ढकाल र दिपक लामिछाने रहनु भएको अमेरीकाबाट दिपक सापकोटाले जानकारी  दिनु भएको हो ।
 
जिफन्ट सहयोग समुह जापान गठन तयारी भेला सम्पन्न

जापानमा कार्यरत नेपाली प्रवासी श्रमिकहरूको पुस २४ गते भर्चुअल माध्यामबाट भएको भेलाले नेपाल ट्रेड युनियन महासंघ जिफन्ट सहयोग समुह गठन गर्न आवश्यक तयारी थालेको छ ।

त्रिवेणी श्रेष्ठ र टिबि बिप्लवको संयोजनमा ४० जना सहभागी सो भेलाले आगामी माघको पहिलो हप्तामा जिफन्ट सहयोग समुह जापान गठन गर्ने निर्णय गरेको जापानबाट टिबि बिप्लवले जानकारी दिनु भएको छ ।