गृह पृष्ठ सूचना सञ्चार

श्रेणी : सूचना सञ्चार

सूचित रहनुहोस्, प्रेरित रहनुहोस्। हाम्रो समाचार पृष्ठमा स्वागत छ।

विश्व ट्रेड युनियन महासंघले भन्यो– ट्रेड युनियन खारेज नगर

विश्व ट्रेड युनियन महासंघ (WFTU) अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले वैशाख ६ गते नेपालका ट्रेड युनियन खारेज नगर्न प्रधानमन्त्री वालेन्द्र शाहलाई पत्र पठाएको छ ।

महासंघका महासचिव जोला सापेथाले हस्ताक्षर गरेको पत्रमा यदि ट्रेड युनियन खारेज गरिएमा अन्तर्राष्ट्रिय कानुन तथा नेपालको संविधानको मर्मविपरीत हुने र कामदारहरूको संगठन बनाउने, संगठित हुने तथा सामूहिक सौदाबाजी गर्ने अधिकारमा प्रत्यक्ष आघात पुग्ने उल्लेख छ ।

पत्रमा नेपालले अनुमोदन गरिसकेको अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) का अभिसन्धि नम्बर ८७ (संगठन स्वतन्त्रता र अधिकार संरक्षण) र ९८ (संगठन गर्ने र सामूहिक सौदाबाजी गर्ने अधिकार) को स्मरण गर्दै महासंघले नेपाल सरकारलाई कामदारहरूको संवैधानिक अधिकारको पूर्ण सम्मान गर्नुपर्ने, ट्रेड युनियनहरूसँग संवादमार्फत समाधान खोज्नुपर्ने र अन्तर्राष्ट्रिय श्रम मापदण्डहरूको पालना गर्न सुझाव समेत दिएको छ ।

श्रमिक आन्दोलनको कार्यदिशा बिषयक अभिमुखीकरण सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) द्वारा बैसाख ५ गते काठमाण्डौमा बदलिएको राजनैतीक परिस्थीतीमा श्रमिक आन्दोलनको कार्यदिशा बिषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । 

कार्यक्रमका प्रमख अतिथी नेकपा एमाले महासचिब शंकर पोखरेलले बर्तमान नेपालको राजनैतीक अवस्थाका बारेमा चर्चा गर्नु हुँदै नेपालमा श्रमजिवी वर्गको हितमा श्रम ऐन, न्युनतम ज्याला निर्धारण, श्रम अदालत गठन र योगदानमा आधारीत सामाजिक सुरक्षाको नेतृत्व नेकपा एमालेले नै गरेको बताउनु भयो ।

त्यसैगरी कार्यक्रममा जिफन्ट संरक्षक बिष्णु रिमालले बदलिएको राजनैतीक परिस्थीतीमा श्रमिक आन्दोलनको कार्यदिशाका बारेमा प्रकास पार्नु हुँदै जिफन्टले हरेक पालिकाहरूमा बिभिन्न क्षेत्रमा कार्यरत श्रमिकहरूलाइ संगठित गर्ने अभियानलाइ संचालन गर्नु पर्नेमा जोड दिनु भएको थियो। 

जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले कार्यक्रमको अध्यक्षता गर्नु हुंदै अभिमुखीकरण कार्यक्रमको उद्धेश्यका बारेमा प्रकाश पार्नु हुदै मे दिवस २०८३ भब्य रूपमा सम्पन्न गर्न जिफन्टका सबै नेता तथा कार्यकर्ताहरू स्थानीय तह सम्म परीचालित हुन आग्रह गर्नु भयो भिडियो जिफन्ट आवद्ध युनियनका ३०० भन्दा बढी सहभागी रहेको अभिमुखीकरण कार्यक्रमको संचालन महासचिब लक्ष्मण शर्माले संचालन गर्नु भएको थियो भने करीव १५ जना सहभागीलेहरूले जिज्ञासा राख्नु भएको थियो

युनिट्राभले मनायो ४३ औं स्थापना दिवस

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध नेपाल ट्रेकिङ–ट्राभल्स–रयाफ्टिङ, एयरलायन्स मजदुर युनियन (युनिट्राभ) को ४३ औं स्थापना दिवसको सन्दर्भमा बैसाख ३ गते जिफन्ट सभाहलमा शुभकामना आदानप्रदान कार्यकम सम्पन्न भएको छ ।

स्थापना दिवसको शुभकाना दिनुहुंदै जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले २०४० साल बैशाख १ गते ट्रेकिङ क्षेत्रमा कार्यरत मजदुरहरूले ट्रेकिङ मजदुर संघ, नेपालको नाममा स्थापना गरेको यस युनियनले ४३ वर्षको अन्तरालमा समय र परिस्थीती संगै युनियनको कार्यक्षेत्र पनि बिकास र बिस्तार गर्दै अन्तरर्राष्ट्रिय क्षेत्रमा समेत पहिचान बनाउन सफल भएको बताउनु भयो ।

अध्यक्ष श्रेष्ठले नेपालको ट्रेड युनियन आन्दोलनलाइ बदलिंदो समय र परिस्थीती अनुरूप रूपान्तरण गर्नु पर्नेमा जोड दिनु हुंदै, रूपान्तर गर्नु भनेको एक ब्यक्ती वा नेतृत्वले पद छोढ्नु वा नया पुस्ताले नेतृत्व गर्नु मात्र नभइ बिचार र सिद्भान्तलाइ आत्मासात गर्ने नेतृत्व तयार गर्नु पर्नमा बताउनु भयो ।

कार्यक्रममा जिफन्ट महाससचिब लक्ष्मण शर्मा, जिफन्ट आवद्ध युनियनको तर्फबाट नेस्वहोमयु अध्यक्ष लक्ष्मण तिवारीले शुभकामना मन्तक्य राख्नु भएको थियो ।

युनिट्राभ अध्यक्ष सुमन पराजुलीको अध्यक्षतामा भएको शुभकामना आदान प्रदान कार्यकमको संचालन महासचिब  राम बहादुर श्रेष्ठले गर्नु भएको थियो ।
 

अन्तर्राष्ट्रिय श्रम संगठनको मुख्य उद्देश्य भनेको मर्यादित काममार्फत सामाजिक न्याय

आइएलओ नेपालका निर्देशक नुमान ओज्कानले श्रम मुद्दाहरू कहिल्यै अमूर्त नहुने भन्नुहुंदै नेपालमा अन्तर्राष्ट्रिय श्रम संगठनका प्राथमिकताहरू, सरकार, रोजगारदाता, कामदार र विकास साझेदारहरूसँगको साझेदारीमा राम्रो रोजगारी, बलियो अधिकार र अर्थपूर्ण सामाजिक संवादको माध्यमबाट सम्मानित कामलाई प्रवर्द्धन गर्ने विषयमा प्रतिबिम्बित रहेको बताउनु भएको छ ।

निर्देशक ओज्कानले चैत्र २ गते द डिप्लोम्याट नेपाललाई अन्तर्वार्ता दिनु हुंदै गत २०२३ अप्रिल देखी नेपाल आएदेखि आफूलाई देशको सामाजिक, आर्थिक र सांस्कृतिक परिदृश्य र नेपाली समाजको न्यानोपनले गहिरो प्रभाव पारेको बताउनु भएको हो ।

नेपालमा अन्तर्राष्ट्रिय श्रम संगठनको मुख्य उद्देश्य भनेको मर्यादित काममार्फत सामाजिक न्यायलाई अगाडि बढाउनु हो, आर्थिक प्रगति केवल संख्याको वृद्धिको बारेमा मात्र नभइ श्रमजीवी जनताका लागि सम्मान, अधिकार, सुरक्षा, अवसर र निष्पक्षता महत्वपुर्ण रहेको भन्नु हुंदै निर्देशक ओज्कानले नेपालमा रोजगारी, अधिकार र संवाद आइएलओ प्राथमिकताको बिषय रहेको बताउनु भएको छ ।

नयाँ वर्ष २०८३ सालको हार्दिक शुभकामना

नयाँ वर्ष २०८३ साल आज देखी आरम्भ भएको छ, यस अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् दीर्घायुको कामना सहित हार्दिक शुभकामना व्यक्त गर्दछ ।

नाबुन बुटवल उपमहानगरकमिटीको अध्यक्षमा शान्ता खत्री जिसी निर्वाचित

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल (नाबुन)को चैत्र २८ गते सम्पन्न बुटवल उपमहानगरकमिटीको चौथो अधिवेशनले शान्ता खत्री जिसीको अध्यक्षतामा १३ सदस्यिय कमिटी निर्वाचित गरेको छ ।
त्यसैगरी नाबुनले चैत्र २९ गते रूपन्देही जिल्लाको भैरहवामा स्किन केयर र मोल रिमुभ तालिम सम्पन्न गरेको  छ। 

तालिम कार्यक्रमको शुभारम्भ गर्नु हुंदै जिफण्ट राष्ट्रिय कमिटी सदस्य रन्जु भट्टराईले संगठनमा आवद्ध सदस्यहरूको सिप बिकास तालिमले सदस्यहरूको दक्षता अभिवृद्धि हुनुका साथै संगठन बिस्तारमा पनि महत्वपुर्ण सहयोग पुग्ने बताउनु भयो ।

नाबुन केन्द्रीय अध्यक्ष सुजना जोशीले सौन्दर्यकर्मीहरूको दक्षता अभिबृद्धीकालागि नाबुनले सहयोग गर्दै आइरहेको बताउनु हुंदै अझ यस्को बिस्तार र बिकासकालागी संगठनलाइ बलियो बनाउनु पर्नेमा जोड दिनु भएको थियो । 

स्किन एस्थेटिक रिना ओझाले छालाको स्याहार सम्भार, कस्मेटिक प्रोडक्ट प्रयोग गर्ने तरिका र मोल रिमुभ बिषयमा तालिम दिनु भएको थियो भने नावुन सुदूरपश्चिम सहईन्चार्ज झुम अधिकारीले सिटिईभिटी तह १ र तह २ को सिप परिक्षण सम्बन्धित अभिमुखीकरण समेत सञ्चालन गरेको थियो ।