योगमाया स्मृती दिवस सम्पन्न

समग्र उधोग ट्रेड युनियन नेपाल (व्हिन) केन्द्रीय महिला कमिटीको अयोजनामा असार २२ गते जिफन्ट नियमित ट्रेड युनियन स्कुलमा "योगमाया स्मृती दिवस" को सन्दर्भमा महिला कमिटी प्रमुख गीता भण्डारीको अध्यक्षतामा बिचार गोष्ठी अयोजना गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथी नेकपा एमाले स्थाई कमिटी सदस्य बिन्दा पाण्डेले समाज परीवर्तनमा योगमायाको योगदानका बारेमा प्रकाश पार्नु भएको थियो । 


रमा चौलागाईंले संचालन गर्नु भएको सो कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य बिना श्रेष्ठ, जिफन्ट उपमहासचिव कमला तामाङ, व्हिन अध्यक्ष आनन्द थामी लगाएतका नेताहरू सहभागी उक्त कार्यक्रमको स्वागत अर्जुन चौलागाईंले गर्नु भएको थियो ।