योगदानमा अधारीत सामाजिक सुरक्षा बिषयक गोष्ठी सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अवध्द यूनियन नेपाल स्वतन्त्र होटल मजदुर युनियन (नेस्वहोमयु) गोकर्ण फरेष्ट रिसोर्ट प्रतिष्ठान स्तरको कमिटीद्वारा आयोजित योगदानमा अधारीत सामाजिक सुरक्षा बिषयक गोष्ठी जेठ २८ गते सम्पन्न भयो । रिसोर्टको सभाहलमा आयोजित सो कार्यक्रममा उमेर हदका कारण प्रतिष्ठानबाट अवकास प्राप्त श्रमिककहरूलाइ सम्मानित गरिएको थियो ।  

अवकास प्राप्त श्रमिकहरूलाइ सम्मानित गर्नुहुदै कार्यक्रमका प्रमुख अतिथि एवम् जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले श्रमिकहरूको अवस्थालाइ परिवर्तन गर्न नेपाली ट्रेड युनियन अन्दोलनले गरेका कामहरूको चर्चा गर्नु भयो । 

अध्यक्ष श्रेष्ठले भन्नु भयो "जिफन्टले संचालन गरेको मिसन टु मिलियन र होटल क्षेत्रमा दश प्रतिशत सर्भिस चार्ज पुनः प्राप्त गर्न जिफन्टको भुमिका बारे समेत प्रकाश पार्नु भएको थियो । 

 कार्यक्रममा योगदानमा अधारित सामाजिक सुरक्षा कोषका निर्देशक उत्तम नेपाल, नेस्वहोमय केन्द्रीय अध्यक्ष लक्ष्मण तिवारी, जिफन्ट बागमती सहसचिब गोपालकार्की, नेस्वहोमयू केन्द्रीय सदस्य केशब सापकोटा र टेक बहादुर पोडेलले मन्तब्य राख्नु भएको थियो । गोष्ठी तथा सम्मान कार्यक्रम नेस्वहोमयु गोकर्ण फरेष्ट रिसोर्ट प्रतिष्ठानका अध्यक्ष रामजी श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो ।