सूचित रहनुहोस्, प्रेरित रहनुहोस्। हाम्रो समाचार पृष्ठमा स्वागत छ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)आवद्ध नेपाल गृह श्रमिक ट्रेड युनियन (हुन)को चैत्र २१ गते सम्पन्न चौथो अधिवेशनले ज्ञानुमाया क्षेत्रीको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कमिटी र प्रतिनिधी परीषद प्रमुखमा चन्द्र सागर लामा निर्वाचित गरेको छ ।
अधिवेशनको उद्धघाटन गर्नु हुंदै जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले नेपालमा घर आधारीत श्रमिकहरूको अधिकारकालागी हुनले गर्दै आइरहेको काम महत्वपुर्ण रहेको भन्नु हुदै अधिवेशन पछी निर्वाचित नेतृत्वले अझ प्रभावकारी काम गर्ने बिश्वास सहित शुभकामना ब्यक्त गर्नु भएको थियो ।
अध्यक्ष श्रेष्ठले बदलिएको राजनैतीक परीस्थीतीमा यूनियनलाइ शसक्त ढगबाट अगाडी बढाउन सकेन भने बिगतमा प्राप्त गरेका अधिकार गुम्न सक्ने बताउदै आजको अवश्यकता शक्तीशाली युनियनको बिकल्प नरहेकोमा जोदिनु भयो
अधिवेशनमा हुन संस्थापक अध्यक्ष तथा बागमती प्रदेश उधोग बायिनज्य तथा प्रशाशन मन्त्री बिन्दु श्रेष्ठ, जिफन्ट महिला कमिटी अध्यक्ष जिफन्ट उपाध्यक्ष सीता लामा, महासचिब लक्ष्मण शर्मा, क्युपेक नेपाल अध्यक्ष शान्ता बस्नेत र IDWF एसिया प्रसान्त संयोजक फिस आइपीले अधिवेशन सफलताको शुभकामना दिनु भएको थियो ।
त्यसैगरी IDWF उपाध्यक्ष र उपमहासचिबले भिडियो मार्फत अधिवेशन सफलताको शुभकामना सन्देश दिनु भएको थियो ।
जिफन्ट महासचिब लक्ष्मण शर्माको अध्यक्षतामा भएको बन्द शत्रमा पेश भएको संगठानिक, आर्थीक र बिधान संशोधन प्रतिवेदन अधिवेशनले पारीत गरेको छ ।
अधिवेशनको थप फोटोकोलागी तलको लिंकमा क्लिक गर्नुहोस् ।
https://www.facebook.com/media/set/?set=a.122190212960435116&type=3
अन्तरर्राष्ट्रिय ट्रेड युनियन केन्द्र नेपाल आवद्ध समिती (ITUC NAC) द्वारा चैत्र २० गते नेपाल ट्रेड युनियन आन्दोलनको वर्तमान अवस्था र अबको बाटो बिषयमा छलफल गरेको छ ।
ITUC NAC तथा जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठको अध्यक्षतामा भएको छलफलमा नेपालमा बदिलएको राजनैतीक अवस्था पछी ट्रेड युनियन आन्दोलनको चुनौती र नेपालको ट्रेड युनियन आन्दोलनको अबको कार्यभार बिषयमा सहभागिहरूले आ–आफ्नो बिचार राख्नु भएको थियो ।
छलफलमा जिफन्ट, एनटियुसी र अन्टुफबाट ६/ ६ जना नेताहरूको सहभागीता रहेको थियो ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल (नाबुन ) कागेश्वरी मनहरा पालिका कमिटिको चैत्र १८ गते गोठाटारमा सम्पन्न दोश्रो अधिवेशनले सुनिता खड्का लम्सालको अध्यक्षतामा १३ सदस्यिय पालिका कमिटी निर्वाचित गरेको छ ।

पालिका अध्यक्ष सरिता शिवकोटीको अध्यक्षतामा सम्पन्न अधिबेशनको उद्धघाटन गर्नु हुंदै नावुन केन्द्रिय अध्यक्ष सुजना जोशीले आफ्नो पेशागत सुरक्षा र हक हितका लागि संगठन बलियो बनाउनु पर्ने र संगठन बलियो बनाउन सदस्यता बिस्तार र सदस्यहरूको बैचारीक क्षमतालाइ बिकास गर्नु पर्ने बताउनु भयो ।
अध्यक्ष जोशीले योगदानमा आधारित सामाजिक सुरक्षा, पेशालाई सम्मानित र मर्यादित बनाउन सबै संग हातेमालो गर्दै अगाडी बढनुपर्नेमा जोड दिंदै अधिवेशनबाट निर्वाचित कमिटीलाइ पद तथा गोपनियताको शपथ ग्रहण समेत गराउनुभएको थियो।

अधिवेशनमा नाबुन केन्द्रीय उपाध्यक्ष मिना गुरुङ्ग डंगोल, केन्द्रीय सदस्य ईश्वरी क्षेत्री, बाग्मती प्रदेश आर्थिक सचिव सोलिना लामा, प्रदेश सदस्य कमला चापांगाई, जानकी श्रेष्ठ, जिफण्ट कागेश्वरी मनहरा पालिका अध्यक्ष नबिन कार्की लगायतका अतिथीहरूको उपस्थित रहेको थियो ।
आइएलओ गभर्निङ बडीको जारी ३५६ औं सत्रमा आइएलओ एक्ट्राभ निर्देशक ओलिभर रोप्केले अन्तररार्ष्ट्रिय ट्रेड युनियन प्रतिनिधिहरूसँग भेटघाटलाइ तिब्रता दिनु भएको छ ।
ओलिभर रोप्केले आटियुसी महासचिव लुक ट्राइएंगल, TUCA CSA महासचिव, राफेल फ्रेरे, आटियुसी अफ्रिकाका महासचिव, जोएल अखातोर ओडिगी, बेलारूसी कांग्रेस अफ डेमोक्रेटिक ट्रेड युनियन्सका अध्यक्ष अलियाक्सान्डर याराशुक संग भेट गर्नु भएको छ ।
त्यसैगरी UNTC CS का महासचिव जोआक्विना मारिया भेगा डे अल्मेडा, कन्फेडेरेसन सिन्डिकेल कंगोलाईजका महासचिव डानियल मोंगो, युनियन जेनेरेल डेस ट्राभेलर्स अल्जेरियन्सका महासचिव अमर ताकजाउट लगायत अमेरिकाका श्रमिक समूहका सदस्यहरूसँग पनि भेट गर्नु भएको छ ।
भेटमा ओलिभर रोप्केले अन्तर्राष्ट्रिय श्रम मापदण्ड, सामाजिक संवाद, श्रमिक अधिकारको रक्षा र सबैका लागि सामाजिक न्याय प्रवर्द्धन गर्ने लगायतका बिषयहरूमा छलफल गर्नु भएको थियो ।

नेकपा (एमाले)ले अध्यक्ष केपी शर्मा ओलीमाथि गरिएको पूर्वाग्रह तथा प्रतिशोधपूर्ण र गैरकानुनी गिरफ्तारीका विरुद्ध शुरु गरिएको कानुनी र राजनीतिक प्रतिवादलाई सबै क्षेत्रबाट निरन्तरता दिने निर्णय गरेको छ ।
पार्टीका उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा चैत्र १७ गते केन्द्रीय कार्यालय, च्यासलमा बसेको केन्द्रीय सचिवालयको छैटौं बैठकले कानुनी र राजनीतिक प्रतिवादलाई निरन्तरता दिने निर्णय गरेको हो ।
बैठकले चैत २५ गतेदेखि २०८३ बैशाख १२ गते सम्म वडा, पालिका, जिल्ला र केन्द्रीय स्तरमा चरणबद्ध रूपमा विरोध कार्यक्रम निर्धारण गरेको महासचिव शंकर पोखरेलले बैठकपछि पत्रकारहरूलाई जानकारी गराउनु भएको हो ।
राइड सेयरिङ चालकहरूले इन्धनको मूल्य बढ्दै गए पनि भाडा दर समायोजन नभएको भन्दै चैत्र १६ गते काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्।
चालकहरूले सरकारसँग भाडा पुनरावलोकन,नीतिगत स्पष्टता र आफ्नो श्रमको उचित मूल्य सुनिश्चित गर्न माग गरेका छन्। उनीहरूले समस्या समाधान नभए थप कडा आन्दोलनमा जाने चेतावनीसमेत दिएका छन्।