गृह पृष्ठ सूचना सञ्चार

श्रेणी : सूचना सञ्चार

सूचित रहनुहोस्, प्रेरित रहनुहोस्। हाम्रो समाचार पृष्ठमा स्वागत छ।

सामाजिक सुरक्षा सुविधा हैन श्रमिकहरूको अधिकारको विषय होः जिफन्ट अध्यक्ष श्रेष्ठ

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)र जेटियुसीसी  अध्यक्ष बिनोद श्रेष्ठले प्रवासी श्रमिकहरू योगदानमा आधारीत सामाजिक सुरक्षामा आवद्धता अनिवार्य भएको हुनाले ठुलो संख्यामा सुचिकृत भएको भए पनि तीनिहरूको निरन्तरतामा ठुलो समस्या रहेको बताउनु भएको छ । 
नेपाल सरकार, आइएलओ, सामाजिक सुरक्षा कोष र जिआजेडको संयुक्त आयोजनामा बैसाख १५ गते नेपाली आप्रवासी कामदारहरूको लागि सामाजिक सुरक्षा सुदृढीकरण सम्बन्धी राष्ट्रिय संवाद कार्यक्रमको उद्धघाटन समारोहमा बोल्नु हुंदै अध्यक्ष श्रेष्ठले सामाजिक सुरक्षा सुविधा हैन श्रमिकहरूको अधिकारको विषय हो भन्ने बुझ्नु जरुरी भएको भन्नुहुंदै सामाजिक सुरक्षामा सरकारको लगानीका  बारेमा र कोषमा गैर श्रमिकको प्रतिनिधित्व भइ रहेको सन्दर्भमा सरकारको धारणा स्पष्ट हुनु पर्ने बिचार ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा जिफन्टको तर्फबाट बिदेश बिभाग सचिब स्मृती लामा, हुन अध्यक्ष ज्ञानु केसी र प्रवासी श्रमिक मन्जु बिकको सहभागिता रहेको थियो ।

अन्तरराष्ट्रिय श्रमिक स्मृती दिवसको सन्दर्भमा जिफन्टद्वारा स्वास्थ्य लाभको कामना

आज २८ अप्रील, अर्थात अन्तरराष्ट्रिय श्रमिक स्मृती दिवसको सन्दर्भमा नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट)ले देश बिदेशमा रहनु भएका समस्त श्रमिकहरूमा शुभकामना ब्यक्त गर्दै पेशाका कारण ज्यान गुमाउनु हुने श्रमिकहरू प्रती भावपुर्ण श्रद्धाञ्जली र घाईते श्रमिकहरूको स्वास्थ्य लाभको कामना गरेको छ ।

जिफन्टले हरेक वर्ष आजको दिन कार्यस्थलमा हुने दुर्घटना तथा पेशागत स्वास्थ्य सुरक्षाका बारेमा चेतना फैलाउने र सुरक्षित कार्यथलो र स्वास्थ्य सम्बन्धी बिविध कार्यक्रमको आयोजना गरी राष्ट्रिय र अन्तरराष्ट्रिय स्तरमा समेत श्रमिक स्मृती दिवस मनाउदै आएको छ ।

यसै सन्दर्भमा जिफन्ट आबद्ध नेपाल बिजुली, पेण्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक नेपाल) ले बैसाख १५ गते क्यूपेक अध्यक्ष शान्ता बस्नेतको नेतृत्वमा भक्तपुर जिल्लाको मजदुर भेटघाट चोक र बिभिन्न निर्माण कार्यस्थलमा ब्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी पर्चा, माक्स र पञ्जा बितरण गरेको छ । 

सनद्वारा खेलाडि तथा प्रशिक्षकहरुको भेला सम्पन्न

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)आबद्ध स्पोर्टस युनियन नेपाल (सन) उपत्यका कमिटिद्वारा बैसाख १३ गते बिभिन्न खेल बिधाका खेलाडि तथा प्रशिक्षकहरुको भेला सम्पन्न गरेको छ ।

भेलामा जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले खेल क्षेत्रलाइ ब्यवसायीक बनाउनु पर्ने भन्नु हुंदै खेल क्षेत्रमा संगठन निर्माणमा अन्तरराष्ट्रिय प्राक्टीस र  जिफन्ट आबद्ध स्पोर्टस युनियन नेपाल (सन)को उद्धेश्य तथा कार्यक्रमका बारेमा प्रकास पार्नु भएको थियो । 

त्यसैगरी एपिएनबिदि प्रतिनिधी सुगत भट्टराइले क्लाइमेट चेन्जले खेलाडी र खेल क्षेत्रमा पारेको प्रभावका बारेमा प्रकाश पार्नु भएको भेलाको सहजिकरण सन उपत्यका कमिटी अध्यक्ष बिराज राणाले गर्नु भएको थियो । 
भेलामा जिफन्ट उपाध्यक्ष जितेन्द्र श्रेष्ठ र महासचिब लक्ष्मण शर्माको उपस्थीती रहेको थियो ।

 

ट्रेड युनियन र पार्टी बिचको कामको समन्वय बिषयमा छलफल

 नेकपा एमाले काठमाण्डौ निर्वाचन क्षेत्र न १० द्वारा बैशाख १२ गते ट्रेड युनियन र पार्टी बिचको कामको समन्वय र मे दिवस २०८३ को संदर्भमा छलफल अयोजना गर्यो । 

छलफलमा जिफन्ट अध्यक्ष विनोद श्रेष्ठ र श्रमिक संगठन र पार्टिको सम्बन्ध माछा र पानीको सम्बन्ध जस्तो हुनु पर्ने बताउनु हुदै श्रमिक संगठनका सबै सदस्य पार्टि सदस्य नहुन सक्छ तर ति श्रमिक संगठनका सदस्यहरूलाइ पार्टीमा आकर्षित गर्न पार्टीले श्रमिकका मुदाहरूलाइ आत्मासाथ गर्नु पर्ने बताउनु भयो 

अध्यक्ष श्रेष्ठले बर्तमान सरकारले श्रमिकहरूको संगठन स्वतन्त्रता र सामूहिक सौदाबाजी गर्ने अधिकार माथी  धावा बोलेको भन्नु हुंदै श्रमिकहरूको संवैधानिक अधिकार र अन्तर्राष्ट्रिय श्रम मापदण्डहरू बिरूद्ध गर्ने कामको खवरदारीको रूपमा जिफन्टले यस वर्षको मे दिवस मनाउने जानकारी दिनु हुंदै काठमाडो निर्वाचन क्षेत्र न १०बाट पनि सहभागिताकालागी योजना बनाउन अग्रह गर्नु भएको थियो । 

छलफलमा जिफन्ट उपाध्यक्ष जितेन्द्र श्रेष्ठ, सचिब महेन्द्रलाल श्रेष्ठ, नेकपा एमाले प्रदेश तथा पालिका नेताहरूले जिफन्ट र नेकपा एमाले स्थानिय कमिटी बिचको समन्वय र मे दिवस भब्य रूपमा मनाउने बारे बिचार ब्यक्त गर्नु भएको थियो ।

उदयपुर सिमेन्टबाट निवृत्त श्रमिकलाइ सम्मान

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आवद्ध समग्र उधोग ट्रेड युनियन नेपाल (ह्विन) द्वारा उदयपुर सिमेन्ट उद्योग लिमिटेड बाट उमेर हदको कारण अनिवार्य सेवा निवृत्त हुनु भएका ह्वीन सदस्यहरू बैसाख ११ गते मजदुर भवन जलजलेमा बिदाई कार्यक्रम आयोजना गरेको छ ।

बिभिन्न मितिमा निवृत्त हुनु भएका बिश्व नारायण साह, प्रथम लाल चौधरी, लाल बहादुर येकतेन, अरूण कुमार कार्की, कुमारी मास्के, रमेश पोखरेल, ड्याम बहादुर लिम्बु, औवन खड्कालाइ जिफन्ट सचिब कृष्ण केसीले उधोग तथा युनियनलाई गरेको योगदानलाई उच्च सम्मान सहित शुभकामना ब्यक्त गर्नु भएको थियो

 

हेरचाह अर्थतन्त्रमा मर्यादित कामको प्रवर्द्धन जरूरी

अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) र बिश्व बैंकको आयोजनामा बैसाख ८ गते देखी श्रीलंकामा दक्षिण एसियामा हेरचाह अर्थतन्त्रमा मर्यादित कामको प्रगती बिषयक कार्यक्रमको श्रीलंकाको प्रधानमन्त्रीद्वारा शुभारम्भ गर्नु भएको छ । 

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) उपाध्यक्ष तथा नेसनल स्टेक होल्डर Care Working Group of Nepal का सदस्य समेत रहनु भएकी सीता लामाले हेरचाह अर्थतन्त्रमा मर्यादित कामको प्रवर्द्धन र दिगो र समावेशी हेरचाह प्रणाली निर्माणमा सामाजिक संवाद, सार्वजनिक लगानी र नीतिगत समन्वयको भूमिकाबारे प्रकाश पार्नु भएको थियो ।

बैसाख ११ गते सम्म संचालन हुने साउथ फर केयर लर्निङ्ग हव कार्यक्रममा यु एन, अन्तर्राष्ट्रिय श्रम संगठन, रोजगारदाता, सरकार र श्रमिक प्रतिनिधि सहभागी रहेको थियो भने आइएलअ आइएलओ आइटिसी र  विभिन्न देशका प्रतिनिधीहरूले भर्चुअल माध्यामबाट सहभागी समेत जनाउनु भएको थियो ।