पारिश्रमिक विवादले मजदुरद्वारा तोडफोड, अपर त्रिशूलीको काम अवरुद्ध
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) सुदूरपश्चिम प्रदेश कमिटीले कञ्चनपुर जिल्लाको बेदकोट नगर पालीकामा भाद्र २७ गते सम्पन्न श्रमिक भेलाले जय बहादुर बोहराको अध्यक्षतामा ७ सदस्य बेदकोट नगर कमिटी गठन गरेको छ ।
नेकपा एमाले केन्द्रिय सदस्य नर बहादुर धामीको प्रमुख आतिथ्यमा सम्पन्न सो भेलामा, जिफन्ट सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष जित मल्ल, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रिय सदस्य शंकर जोशी, लगायतका नेताहरूले सम्बोधन गर्नु भएको भेलाको संचालन सुदूरपश्चिम प्रदेश कमिटी सहसचिव दान बहादुर विष्टले गर्नु भएको थियो ।

त्यसैगरी कञ्चनपुर जिल्लाको बेलौरी नगर पालिकामा भाद्र २८ गते जिफन्ट सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष जित मल्लको प्रमुख आतिथ्यमा सम्पन्न श्रमिक भेलाले सहबिर महरा संयोजकत्वमा ९ सदस्य पालिका कमिटी गठन गरेको छ ।
भेलामा जिफन्ट श्रमिक सहकारी प्रवर्धन कमिटी सदस्य चन्द्रराम बिक, जिफन्ट प्रदेश सदस्य कृती बहादुर शाही, कञ्चनपुर जिल्ला समन्वय कमिटी संयोजक भोज बहादुर एर र नाटु केन्द्रीय सदस्य विश्व लुहार लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।