गृह पृष्ठ सूचना सञ्चार

श्रेणी : सूचना सञ्चार

सूचित रहनुहोस्, प्रेरित रहनुहोस्। हाम्रो समाचार पृष्ठमा स्वागत छ।

जिफन्ट अध्यक्ष र DTDA एसिया क्षेत्रिय प्रशान्त प्रमुख बिच भेटवार्ता

DTDA अन्तर्राष्ट्रिय सल्लाहकार तथा एसिया क्षेत्रिय प्रशान्त प्रमुख ज्याकब रोसडाहलले जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठ, उपाध्यक्ष बिदुर कार्की, जितेन्द्र श्रेष्ठ,  महासचिब लक्ष्मण शर्मा र विदेश विभाग सचिव स्मृती लामा संग हिजो  जिफन्ट कार्यालयमा भेट गरेको छ ।

जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले जिफन्ट कार्यालयमा स्वागत गर्नु हुँदै नेपालको ट्रेड युनियन आन्दोलनको बारेमा र जिफन्टको नीति तथा कार्यक्रमहरूको बारेमा जानकारी गराउनु भएको थियो । 

त्यसैगरी DTDA एसिया क्षेत्रिय प्रशान्त प्रमुख ज्याकब रोसडाहलले DTDA को अगामी कामहरूको बारेमा जानकारी गराउनु भएको सो भेटघाटमा दुई पक्षीय सम्बन्धका बारेमा पनि छलफल भएको थियो ।
 

श्रीलंका, बंगलादेशका ट्रेड युनियन महिला प्रतिनिधिहरू बिच अनुभव आदान प्रदान

ट्रेड युनियनको नेतृत्वमा महिला बिषयमा कार्तिक १ गते देखी सुरू भएको  दक्षिण एसिया स्तरीय तालिम कार्यशालामा सहभागी श्रीलंका र बंगलादेशका ट्रेड युनियन प्रतिनिधिहरूले कार्तिक २ गते अनामनगर स्थित नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ट्रेड युनियन पोलिसी इन्स्टिच्युटको अवलोकन भ्रमण गरेको छ ।

प्रतिनिधि मण्डललाई जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले स्वागत गर्नु भएको सो कार्यक्रममा जिफन्ट उपाध्यक्ष सिता लामाले जिफन्टको संरचना, ट्रेड युनियन पोलिसी इन्स्टिच्युट,  जिफन्ट ट्रेड युनियन स्कुल, जिफन्ट मिडिया र जिफन्ट रिसर्च सेन्टरको बारेमा बताउनु भएको थियो ।

जिफन्ट महासचिव लक्ष्मण शर्माले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा थ्रिएफ एसियाका कोडिनेटर बुद्धि आचार्य जिफन्ट उपाध्यक्ष जितेन्द्र श्रेष्ठ, उपमहासचिव कमला तामाङ लगायतका नेताहरूको सहभागिता रहेको थियो ।

त्यसैगरी सोही दिन नेपाली ट्रेड युनियन आन्दोलनमा सहभागी स्थानीय तहका महिला नेताहरू र श्रीलंका, बंगलादेशका ट्रेड युनियनका महिला प्रतिनिधिहरू बिच अनुभव आदान प्रदान सम्पन्न भएको छ । 

थ्रि एफका संयोजक बुद्वि आचार्यले कार्यक्रमको उद्देश्यका बारेमा बताउनु भएको सो कार्यक्रममा नेपालको श्रम क्षेत्रमा रहेका चुनौतीहरू कसरी समाधान गर्दै आन्दोलनलाई अगाडी बढाइ रहेको र अवसरहरूलाई कसरी प्रयोग गरीरहेको भन्ने बारेमा स्थानीय तहका महिला नेताहरूले आ– आफ्ना अनुभवहरू राख्नु भएको थियो ।

थपफोटोकोलागी लिंकमा क्लिक गर्नुहोस ।

https://www.facebook.com/media/set/?set=a.122123828588435116&type=3
 

स्थानीय तहमा श्रमिक पंजिकरण सम्बन्धी असल कामहरूको अनुभव आदान प्रदान

घर आधारित श्रमिकहरूको अन्तर्राष्ट्रिय दिवस २० अक्टोबरको सन्दर्भमा नेपाल गृह श्रमिक ट्रेड युनियन (हुन) को आयोजनामा स्थानीय तहमा श्रमिक पंजिकरण सम्बन्धी असल कामहरूको अनुभव आदान प्रदान कार्यक्रम कार्तिक ३ गते काठमाण्डोमा सम्पन्न भयो ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अध्यक्ष बिनोद श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा जिफन्ट उपाध्यक्ष जितेन्द्र श्रेष्ठ, महासचिव लक्ष्मण शर्मा, टोखा नगरपालिका प्रकाश अधिकारी, बुढानिलकण्ठ नगरपालिका उपमेयर अनिता लामा, कामनपा ३२ वडा अध्यक्ष नवराज पराजुली, चाँगुनारायण नगरपालिका ३ नं वडा अध्यक्ष स्याम सुन्दर धिमाल र दक्षिणकाली नगर सभा सदस्य सम्झना दनुवार लगायतका जनप्रतिनिधिहरू उपस्थित थिए ।

कार्यक्रमका प्रमुख अतिथि जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले वर्तमान श्रम बजारको अवस्थाका बारेमा चर्चा गर्नु हुँदै असल कामहरूको निरन्तरताका लागी स्थानीय तह सँगको सहकार्य महत्त्वपूर्ण भएकोमा जोड दिनुहुँदै अगामी दिनमा श्रमिकहरूको मूल मुद्दा भनेको योगदानमा आधारित सामाजिक सुरक्षा रहेकोले यस्कालागी श्रमिक पंजिकरण पहिलो प्राथमिकता रहेकोमा बताउनु भयो ।

बिभिन्न क्षेत्रबाट सहभागी घरेलु श्रमिकहरू बुढानीलकण्ठकी निर्मला धिमिरे, कागेश्वरी मनोहराकी शान्ति श्रेष्ठ, गोकर्णेश्वरकी माया थापा, चन्द्रागिरिकी ललिता अधिकारी, नागर्जुनकी गिता लामा र काठमाण्डो महानगरकी  मिली श्रेष्ठ लगायतले स्थानीय तहमा घरेलु तथा घर आधारित श्रमिकहरूले भोग्दै आएका समस्या तथा स्थानीय तहमा श्रमिक पन्जीकरण र योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयकालागी पालीकाहरूको योजनाका बारेमा जनप्रतिनिधिहरू समक्ष जिज्ञासा राखेका थिए ।

घरेलु श्रमिकहरूले राख्नु भएको जिज्ञासालाइ सम्बोधन गर्नु हुँदै टोखाका नगर प्रमुख प्रकाश अधिकारीले आफू श्रम र श्रमिकको पक्षमा सम्मान गरिरहने बताउनु हुँदै श्रमिकको अधिकारकालागी संगठीत शक्तीको बिकल्प नभएकोले बताउनु भयो ।

कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामाले आफ्नो नगरले श्रमिकको पन्जिकरणको ब्यवस्था गरिसकेको बताउनु हुँदै पन्जीकृत श्रमिकहरूलाइ क्रमशः सेवा सुविधा बिस्तार गर्दै लाने बताउनु भयो । 

काठमाडौँ महानगर पालिका  ३२ का वडा अध्यक्ष नवराज पराजुलीले श्रमिक र जनप्रतिनधीहरूको नियमित संवादले समस्यालाई समाधान गर्न मद्दत मिल्ने बताउनु भएको कार्यक्रममा हुन अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष चन्द्र सागर लामाले गृह श्रमिकहरूको वर्तमान अवस्था र हुनको योजनाकोबारेमा बताउनु भएको थियो भने कार्यक्रमको संचालन हुन महासचिव ज्ञानु केसीले गर्नु भएको थियो।

कार्यक्रमको फोटाोकालागी लिंकमा क्लिक गर्नुहोस ।

https://www.facebook.com/media/set/?set=a.122124016022435116&type=3
 

मलेसियाका सबै क्षेत्रमा काम गर्ने श्रमिकको न्यूनतम तलब १७ सय रिंगेट

मलेसियाका सबै क्षेत्रमा काम गर्ने श्रमिकको न्यूनतम तलब बढाउँदै १७ सय रिंगेट अर्थात करिब ५३ हजार नेपाली रुपैयाँ दिने घोषणा गरिएको छ । 

मलेसियन प्रधानमन्त्री तथा अर्थमन्त्री अनवर इव्राहिमले गत शुक्रवार संसद्‌मा आगामी आर्थिक वर्षको बजेट पेस गर्दै श्रमिकको न्यूनतम तलब आउँदो फेब्रुअरी १ देखि कार्यान्वयन हुने गरी बढाएको घोषणा गरेका हुन् । 

मलेसियाले सन २०२२ मार्च देखी १५ सय रिंगेट अर्थात ४७ हजार नेपाली रुपैयाँ लागू गर्दै आइरहेकोमा आउँदो फेब्रुअरी देखी लागु हुने गरी दुई सय रिंगेटले बढाएको हो ।

मलेसियाले आफ्ना नागरिक र आप्रवासी श्रमिकबिच विभेद नगरी न्यूनतम तलब समानरुपमा लागू गर्दै आइरहेको छ । 
 

वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकका परिवारले पाउने रकम बढाएर १० लाख पुर्‍याइयो

वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकका परिवारले पाउने ७ लाख राहत रकम बढाएर १० लाख रुपैयाँ पुर्‍याइएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले मन्त्रिपरिषद्ले वैदेशिक रोजगार नियमावली संशोधन पारित गरेसँगै आर्थिक सहायता रकम वृद्धि गरिएको बताउनु भएको छ ।

वैदेशिक रोजगारीमा जानुअघि श्रमिकहरुले कल्याणकारी कोषमा जम्मा गरेको रकम नै वैदेशिक रोजगारीमा गएर विभिन्न क्रममा मृत्यु भएका परिवारलाई वैदेशिक रोजगार बोर्डले क्षतिपूर्ति उपलब्ध गराउँदै आएको हो ।

बोर्डले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएमा राहतसँगै श्रमिकको शव नेपाल झिकाउन र शवलाई घरसम्म पुर्‍याउन, दाहसंस्कारका लागि परिवारलाई २५ हजार र श्रमिकको दुइवटा छोराछोरीलाई छात्रवृत्ति दिँदै आएको छ ।

वैदेशिक रोजगारीमा जानुअघि मलेशिया जाने श्रमिकहरुले कोषमा १५०० र जापान, कोरिया, लगायतका मुलुकहरुमा जाँदा २५०० रुपैयाँ श्रमिकले कल्याणकारी कोषमा रकम जम्मा गर्नुपर्छ .

बोर्डले श्रम स्वीकृति लिएको र त्यस अवधिभित्र मृत्यु भएका श्रमिकहरूको हकमा मात्र मृतक परिवारलाई राहत उपलब्ध गराउँदै आएको छ । श्रम स्वीकृति बेगर र म्याद सकिएको अवस्थामा पुगेका श्रमिकहरूको हकमा भने परिवारले क्षतिपूर्ति पाउँदैनन् ।
 

ट्रेड युनियनको नेतृत्वमा महिला बिषयमा दक्षिण एसिया स्तरीय तालिम कार्यशाला सुरू

ट्रेड युनियनको नेतृत्वमा महिला बिषयमा दक्षिण एसिया स्तरीय तालिम कार्यशाला कार्तिक १ गते देखी काठमाण्डौमा सुरू भएको छ ।

नेपाल, श्री लंका र बंगलादेशका ट्रेड युनियनका २१ जना महिला नेताहरू सहभागी सो कार्यक्रमको मुल थेम एक अर्काबाट सिक्दै रहेको छ ।

थ्रि एफका संयोजक बुद्वि आचार्यले कार्यक्रमको उद्देश्यका बारेमा बताउनु भएको सो कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) महिला कमिटी अध्यक्ष तथा जिफन्ट उपाध्यक्ष सीता लामाले सहभागीहरूलाई स्वागत गर्नु भएको थियो भने जिफन्ट पूर्व उपमहासचिब तथा ट्रेड युनियन विज्ञ  बिन्दा पाण्डेले ट्रेड युनियन र लैङ्गिक समानता र नेतृत्वमा महिला बिषयमा सहजीकरण गर्नु भएको थियो ।

त्यसैगरी जिफन्ट पूर्व उपमहासचिब पेम्बा लामाले पितृसत्तात्मक समाजमा ट्रेड युनियन आन्दोलनको सामान्य दृष्टिकोण बिषयमा सहजीकरण गर्नु भएको सो कार्यक्रममा बंगलादेश, श्रीलंका र नेपालको महिला नेतृत्व विकासकालागि ट्रेड युनियनहरूले गरेका प्रयास र वर्तमान अवस्थाका बारेमा अनुभव आदान प्रदान समेत गरेको छ ।

अगामी कार्तिक ३ गते सम्म संचालन हुने तालिम कार्यशालामा ट्रेड युनियनको लैङ्गिक नीति, रणनीति र कार्यक्रमको विकास र कार्यान्वयनमा महिलाको सहभागिता र चुनौतीका बारेमा बंगलादेश, श्रीलंका र नेपालको छुट्टा छुट्टै समूह छलफल गरी योजना निर्माण गरिने छ ।
थप फोटोकोलागी लिंकमा क्लीक गर्नुहोस

https://www.facebook.com/media/set/?set=a.122123695652435116&type=3