DTDA अन्तर्राष्ट्रिय सल्लाहकार तथा एसिया क्षेत्रिय प्रशान्त प्रमुख ज्याकब रोसडाहलले जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठ, उपाध्यक्ष बिदुर कार्की, जितेन्द्र श्रेष्ठ, महासचिब लक्ष्मण शर्मा र विदेश विभाग सचिव स्मृती लामा संग हिजो जिफन्ट कार्यालयमा भेट गरेको छ ।
जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले जिफन्ट कार्यालयमा स्वागत गर्नु हुँदै नेपालको ट्रेड युनियन आन्दोलनको बारेमा र जिफन्टको नीति तथा कार्यक्रमहरूको बारेमा जानकारी गराउनु भएको थियो ।
त्यसैगरी DTDA एसिया क्षेत्रिय प्रशान्त प्रमुख ज्याकब रोसडाहलले DTDA को अगामी कामहरूको बारेमा जानकारी गराउनु भएको सो भेटघाटमा दुई पक्षीय सम्बन्धका बारेमा पनि छलफल भएको थियो ।