जिफन्ट अध्यक्ष र DTDA एसिया क्षेत्रिय प्रशान्त प्रमुख बिच भेटवार्ता
मलेसियाका सबै क्षेत्रमा काम गर्ने श्रमिकको न्यूनतम तलब बढाउँदै १७ सय रिंगेट अर्थात करिब ५३ हजार नेपाली रुपैयाँ दिने घोषणा गरिएको छ ।
मलेसियन प्रधानमन्त्री तथा अर्थमन्त्री अनवर इव्राहिमले गत शुक्रवार संसद्मा आगामी आर्थिक वर्षको बजेट पेस गर्दै श्रमिकको न्यूनतम तलब आउँदो फेब्रुअरी १ देखि कार्यान्वयन हुने गरी बढाएको घोषणा गरेका हुन् ।
मलेसियाले सन २०२२ मार्च देखी १५ सय रिंगेट अर्थात ४७ हजार नेपाली रुपैयाँ लागू गर्दै आइरहेकोमा आउँदो फेब्रुअरी देखी लागु हुने गरी दुई सय रिंगेटले बढाएको हो ।
मलेसियाले आफ्ना नागरिक र आप्रवासी श्रमिकबिच विभेद नगरी न्यूनतम तलब समानरुपमा लागू गर्दै आइरहेको छ ।