गृह पृष्ठ सूचना सञ्चार

श्रेणी : सूचना सञ्चार

सूचित रहनुहोस्, प्रेरित रहनुहोस्। हाम्रो समाचार पृष्ठमा स्वागत छ।

प्रवासी श्रमिकहरूको अधिकारकालागी जिफन्ट सधैँ क्रियाशील छः जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठ

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले प्रवासी श्रमिकहरूको अधिकारकालागी जिफन्ट सधैँ क्रियाशील रहेको भन्नु हुँदै श्रमिकहरूको समस्या समाधान गर्न नेपालमा सरकारको स्थायित्व नहुनु नै प्रमुख कारण रहेको बताउनु भएको छ ।

बहराइन स्थित नेपाली राजदूतावासले कार्तिक ८ गते, श्रमिक सचेतना, रेमिटेन्स, सुरक्षित वित्तीय कारोबार सम्बन्धमा राजदूतावासमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा अध्यक्ष श्रेष्ठले उक्त कुरा बताउनु भएको हो ।

अध्यक्ष श्रेष्ठले प्रवासी श्रमिकहरूको अधिकारकालागी गन्तव्य मुलुकको कानुनले दिएको सीमाभित्रै रहेर श्रमिक अधिकारकालागि जिफन्टले काम गरिरहेको भन्नु हुँदै नेपाल सरकारले लागु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा सबै नेपाली श्रमिकहरूकोलागी भएको हुनाले प्रवासमा रहेका श्रमिकहरूलाई पनि सामाजिक सुरक्षाको धेरामा ल्याउनु पर्नेमा जोड दिनु भयो । 

प्रवासी श्रमिकहरूले पसिना बगाएर आर्जन गरेका रकमलाइ सुरक्षित तवरले आफ्नो मुलुकमा पठाउने वातावरण बनाउनु पर्ने भन्नु हुँदै वित्तीय कारोबार बेकिङ प्रणालीबाट गर्नु पर्नेमा जोड दिनु भयो । 

बहराइनका महामहिम राजदूत तिर्थराज वाग्लेको अध्यक्षतामा माननीय सांसद माधब सापकोटा लगायतका अतिथिहरू उपस्थित सो अन्तरक्रिया कार्यक्रममा जिफन्ट सहयोग समूह बहराइनका अध्यक्ष थोमस कुलुङ र प्रवासी नेपाली मञ्चका अध्यक्ष चन्द्र बहादुर गुरूङले प्रवासी श्रमिकहरूले भोगिरहेको समस्याहरूको बारेमा प्रकास पार्नु भएको थियो ।

अन्तरक्रिया कार्यक्रममा बहराइनमा क्रियाशील ३२ वटा विभिन्न संघ संस्थाका प्रतिनिधिहरू सहभागिता रहेको थियो ।

जिफन्टद्वारा दुवहीबाट सन्तोष बि.कको उद्धार

बैदेशीक रोजगारीको सिलसिलामा ३ महिना अगाडी दुबइ पुगेका तुल्सीपूर उपमहानगर पालिका ९ का सन्तोष बि.क समस्यामा परेपछी नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले उद्धार गरी कार्तिक ४ गते नेपाल फर्काएको छ । 

प्याराडाईज म्यानपावर मार्फत दुवई पुगेका बि.क लाइ मासिक १५ सय दिराम तलब सहित खाना बस्न कम्पनिले दिन्छ भनेर म्यानपावर पठाएको, तर दुवही पुगेपछि कम्पनिले ७०० दिराम मात्रै दिएकोले नेपालमा प्याराडाईज म्यानपावरलाई अवगत गराउदा कुनै सुनुवाई नभए पछी करिब २ महिना पछी नेपालमा रहेका बि.कका आफन्तले जिफन्टमा सहयोगकोलागी निवेदन दिनुभएको थियो ।

जिफन्टको सहयोगमा बैदेशिक रोजगार बिभागमा मुद्धा दर्ता पछी पिडित सन्तोष बि.क गत आईतबार नेपाल आई पुगेको जिफन्ट प्रवासी डेक्सका जनक बि.क ले जानकारी दिनुभएको हो । 
 

श्रमिकले अधिकार पाउने गरी श्रम सम्झौता हुनु पर्छः जिफन्ट अध्यक्ष श्रेष्ठ

नेपाली श्रमिकका लागि १ सय ४९ वटा देश खुला भए पनि श्रम सम्झौता भने १० वटा देशसँग मात्रै भएको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया, कतार र ओमान तीन देशसँग श्रम सम्झौताको मस्यौदालाई टुंगो लगाएको छ भने ६ देशसँगको मस्यौदा आदानप्रदान गरिएको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रमिकको भर्ना प्रक्रियालाई पारदर्शी, न्यायोचित र नैतिक बनाउनका लागि स्रोत देश र गन्तव्य देशले वहन गर्नुपर्ने विषयलाई समेटी श्रम सम्झौतालाई प्राथमिकता दिइएको बताउनु भएको छ  ।

त्यसैगरी  नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले श्रमिकले अधिकार पाउने गरी श्रम सम्झौता गर्नुपर्नेमा जोड दिनु हुदै सम्बन्धित मुलुकको कानुनले दिएको सीमाभित्रै रहेर अधिकार प्राप्तिको प्रयास जिफन्टले जारी राखेका बताउनु भएको छ ।

श्रमिकहरू चाहेको बखत घर फर्कन पाउनुपर्छ, रोजगारी परिवर्तन गर्न दिइनुपर्छ, समस्यामा पर्दा उजुरी गर्न सक्ने अवस्था सिर्जना हुनुपर्छ र न्यूनतम पारिश्रमिक निर्धारण गरिनुपर्छ र  ‘सीमापार वैदेशिक रोजगारीमा जाने श्रमिकलाई हुने शोषण तथा अन्यायलाई हटाउने बलियो श्रम सम्झौता आवश्यक रहेको अध्यक्ष श्रेष्ठले बताउनु भएको छ ।’
 

ओम्स नेपालद्वारा आर्थिक सहयोग

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध युनियन बजार ब्यवस्थापन तथा बिक्री कर्मचारी संघ ओम्स नेपाल उदयपुर इकाई कमिटी सदस्य स्वर्गीय बेद मणी तिम्सिनाको परिवारलाई ओम्स नेपालले १ लाख ३६ हजार १९५ रूपया आर्थिक सहयोग प्रदान गरेको छ ।

ओम्स नेपाल केन्द्रीय उपमहासचिव बाबुराम पोखरेलको नेतृत्वमा कार्तिक ६ गते स्वर्गीय तिम्सिनाको निवासमा आयोजित संक्षिप्त श्रद्धाञ्जली सभामा सो रकम हस्तान्तरण गरेको हो 

बिडब्लुआइ आबद्ध समिति नेपालद्वारा महिला सम्मेलन

निर्माण तथा बन जंगलमा कार्यरत श्रमिकहरूको अन्तर्राष्ट्रिय ट्रेड युनियन बिडब्लुआइ आबद्ध समिति नेपालको आयोजनामा कार्तिक ६  र ७ गते काठमाण्डैमा महिला श्रमिक सम्मेलन भइरहेको छ  । 

सम्मेलनको शुभारम्भ कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघ जिफन्ट राष्ट्रिय महिला कमिटी उपाध्यक्ष तथा जिफन्ट उपमहसचिब कमला तामाङले ट्रेड युनियन आन्दोलनमा महिला सहभागिता बृद्धि गर्न जिफन्टले सुरु गरिएको अभियानले महत्वपूर्ण उपलब्धि हासिल भएको बताउनु हुँदै नेपालमा पहिलो पटक संगठनमा महिलाको प्रतिनिधित्व ३३ प्रतिशत गर्ने जिफन्ट नै रहेको भन्दै हाल जिफन्टको राष्ट्रिय कमिटीमा झण्डै ४० प्रतिशत महिला प्रतिनिधित्व रहेको बताउनु भयो ।
 

श्रम आन्दोलनमा सूचना र सञ्चारलाई प्रभावकारी बनाउन आवश्यकः जिफन्ट अध्यक्ष श्रेष्ठ


नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अध्यक्ष बिनोद श्रेष्ठले फेरिएको परीवेशमा सूचना र सञ्चारलाई प्रभावकारी बनाउन सकिएन भने ट्रेड युनियन आन्दोलनले जतिसुकै राम्रा काम गरे पनि श्रम आन्दोलनलाई समाजमा स्थापित गर्न गाह्रो हुने बताउनु भएको छ । 

अन्तर्राष्ट्रिय ट्रेड यूनियन महासंघ नेपाल आवद्ध परिषद (ITUC-NAC) ले प्रतिवेदन लेखन तथा सूचना र संचार सम्बन्धी कार्तिक ६ गते देखी सुरू भएको तालिम कार्यक्रममा उक्त कुरा बताउनु भएको हो । 

अध्यक्ष श्रेष्ठले सूचना तथा संचार क्षेत्रमा आएका नयाँ प्रबिधीहरूलाइ ट्रेड युनियनहरूले प्रयोग गर्न सकेन भने श्रम आन्दोलन नै पछि पर्ने भएको हुनाले सूचना तथा संचार संग सम्बन्धित विषयलाई महत्वकासाथ लिनु पर्ने बताउँदै यस तालिममा सिकेका विषयहरूलाई आ–आफ्नो संस्थामा कार्यान्वयन गर्न अनुरोध पनि गर्नु भयो । 

जिफन्ट उपाध्यक्ष जितेन्द्र श्रेष्ठले जिफन्टले सूचना तथा संचार क्षेत्रमा गर्दै आइरहेका कामहरू र जिफन्टको संचार नीतिका बारेमा प्रस्तुत गर्नु भएको सो तालिम कार्यक्रममा प्रतिवेदन लेखन बिषयमा डा. केशब अधिकारीले र प्रभावकारी सूचना सम्प्रेषणका बिषयमा सुनिल न्योपानेले तालिम दिनु भएको थियो । 

३ दिन सम्म संचालन हुने सो तालिममा सामाजिक संजाल मार्फत समाजलाइ आकर्षित बनाउन कसरी नक्साकंन गर्ने र त्यस्कालागी प्राविधिक क्षमता विकास बारे डिटिडिएका एसिया प्रशान्त क्षेत्रीय संयोजक ज्याकोव रोसडाल र निम्फा मेण्डोजाले तालिम दिनु हुने छ । 

तालिक कार्यक्रमको सहजीकरण ITUC-NAC का निर्देशक गोपाल धिमिरेले गर्नु भएको थियो ।