ट्रेड युनियनको नेतृत्वमा महिला बिषयमा दक्षिण एसिया स्तरीय तालिम कार्यशाला कार्तिक १ गते देखी काठमाण्डौमा सुरू भएको छ ।
नेपाल, श्री लंका र बंगलादेशका ट्रेड युनियनका २१ जना महिला नेताहरू सहभागी सो कार्यक्रमको मुल थेम एक अर्काबाट सिक्दै रहेको छ ।
थ्रि एफका संयोजक बुद्वि आचार्यले कार्यक्रमको उद्देश्यका बारेमा बताउनु भएको सो कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) महिला कमिटी अध्यक्ष तथा जिफन्ट उपाध्यक्ष सीता लामाले सहभागीहरूलाई स्वागत गर्नु भएको थियो भने जिफन्ट पूर्व उपमहासचिब तथा ट्रेड युनियन विज्ञ बिन्दा पाण्डेले ट्रेड युनियन र लैङ्गिक समानता र नेतृत्वमा महिला बिषयमा सहजीकरण गर्नु भएको थियो ।
त्यसैगरी जिफन्ट पूर्व उपमहासचिब पेम्बा लामाले पितृसत्तात्मक समाजमा ट्रेड युनियन आन्दोलनको सामान्य दृष्टिकोण बिषयमा सहजीकरण गर्नु भएको सो कार्यक्रममा बंगलादेश, श्रीलंका र नेपालको महिला नेतृत्व विकासकालागि ट्रेड युनियनहरूले गरेका प्रयास र वर्तमान अवस्थाका बारेमा अनुभव आदान प्रदान समेत गरेको छ ।
अगामी कार्तिक ३ गते सम्म संचालन हुने तालिम कार्यशालामा ट्रेड युनियनको लैङ्गिक नीति, रणनीति र कार्यक्रमको विकास र कार्यान्वयनमा महिलाको सहभागिता र चुनौतीका बारेमा बंगलादेश, श्रीलंका र नेपालको छुट्टा छुट्टै समूह छलफल गरी योजना निर्माण गरिने छ ।
थप फोटोकोलागी लिंकमा क्लीक गर्नुहोस
https://www.facebook.com/media/set/?set=a.122123695652435116&type=3