ट्रेड युनियनको नेतृत्वमा महिला बिषयमा कार्तिक १ गते देखी सुरू भएको दक्षिण एसिया स्तरीय तालिम कार्यशालामा सहभागी श्रीलंका र बंगलादेशका ट्रेड युनियन प्रतिनिधिहरूले कार्तिक २ गते अनामनगर स्थित नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ट्रेड युनियन पोलिसी इन्स्टिच्युटको अवलोकन भ्रमण गरेको छ ।
प्रतिनिधि मण्डललाई जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले स्वागत गर्नु भएको सो कार्यक्रममा जिफन्ट उपाध्यक्ष सिता लामाले जिफन्टको संरचना, ट्रेड युनियन पोलिसी इन्स्टिच्युट, जिफन्ट ट्रेड युनियन स्कुल, जिफन्ट मिडिया र जिफन्ट रिसर्च सेन्टरको बारेमा बताउनु भएको थियो ।
जिफन्ट महासचिव लक्ष्मण शर्माले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा थ्रिएफ एसियाका कोडिनेटर बुद्धि आचार्य जिफन्ट उपाध्यक्ष जितेन्द्र श्रेष्ठ, उपमहासचिव कमला तामाङ लगायतका नेताहरूको सहभागिता रहेको थियो ।
त्यसैगरी सोही दिन नेपाली ट्रेड युनियन आन्दोलनमा सहभागी स्थानीय तहका महिला नेताहरू र श्रीलंका, बंगलादेशका ट्रेड युनियनका महिला प्रतिनिधिहरू बिच अनुभव आदान प्रदान सम्पन्न भएको छ ।
थ्रि एफका संयोजक बुद्वि आचार्यले कार्यक्रमको उद्देश्यका बारेमा बताउनु भएको सो कार्यक्रममा नेपालको श्रम क्षेत्रमा रहेका चुनौतीहरू कसरी समाधान गर्दै आन्दोलनलाई अगाडी बढाइ रहेको र अवसरहरूलाई कसरी प्रयोग गरीरहेको भन्ने बारेमा स्थानीय तहका महिला नेताहरूले आ– आफ्ना अनुभवहरू राख्नु भएको थियो ।
थपफोटोकोलागी लिंकमा क्लिक गर्नुहोस ।
https://www.facebook.com/media/set/?set=a.122123828588435116&type=3