गृह पृष्ठ सूचना सञ्चार

श्रेणी : सूचना सञ्चार

सूचित रहनुहोस्, प्रेरित रहनुहोस्। हाम्रो समाचार पृष्ठमा स्वागत छ।

बी.पी.कोईराला मेमोरियल क्यान्सर अस्पतालका श्रमिकले न्याय पाए

चितवन जिल्ला, भरतपुरस्थित रहेको बी.पी.कोईराला मेमोरियल क्यान्सर अस्पतालमा नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनले २०७६ साल कार्तिक १८ गते व्यवस्थापक समक्ष पेश गरेको १४ बुँदे सामूहिक मागदावी श्रम तथा रोजगार कार्यालय हेटौडामा समाधान हुन नसके पछि श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग मार्फत मध्यस्थताबाट विवाद समाधानका लागि मन्त्रालयमा पेश भएकोमा प्रतिष्ठानमा काम गर्ने कामदार तथा कर्मचारीलाई श्रम ऐन २०७४ को दफा १० बमोजिम रोजगारीका प्रकार स्पष्ट गरी सोही ऐनको दफा ११ बमोजिम रोजगार सम्झौता गरेर मात्र काममा लागउन तथा योगदानमा आधारित सामाजिक सुरक्षा कोष ऐन २०७४ बमोजिम सामाजिक सुरक्षा योजनामा आबद्ध गराई श्रमिक कामदारहरूलाई प्रचलित योगदानमा आधारित सामाजिक सुरक्षा ऐनमा उल्लेखित सुविधाहरु लगायतका बिषयहरू उपलब्ध गराउनु पर्ने ठहर गरेको छ ।

लष्ट होराइजन इन्टरनेशनल ह्यान्डीक्राफ्टमा श्रमिक र व्यवस्थापक बिच सामूहिक सौदाबाजी

चन्द्रागिरि नगरपालिका वडा नं. ४ थानकोटमा संचालित लष्ट होराइजन इन्टरनेशनल ह्यान्डीक्राफ्टमा श्रमिक र व्यवस्थापक बिच सामूहिक सौदाबाजी भएको छ ।

सम्झौता अनुसार विगत ४ वर्षदेखि निरन्तर उद्योगमा कार्यरत २२ जना श्रमिकहरू २०८० साल साउन महिनादेखि नियमित रोजगार सम्झौता र न्यूनतम पारीश्रमिक लागू गर्ने, २०८१ साउन महिनादेखि योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्ने सहमती भएको छ ।

असोज १५ गते व्यवस्थापक र श्रमिकबिच भएको सामूहिक सौदाबाजीमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) बागमती प्रदेश सचिब कृष्ण रिमाल, समग्र उद्योग ट्रेड युनियन, नेपाल (ह्वीन) बागमती प्रदेश अध्यक्ष बिदुर दानी, जिफन्ट चन्द्रागिरि अध्यक्ष राजभाइ श्रेष्ठ र सदस्य गोपाल आलेको उपस्थिति रहेको थियो ।

खोकाछाप्राहरुको उचित व्यवस्थापन गर

महेन्द्रनगर विकास पीडित संयुक्त संघर्ष समितिले विजया दशमी तथा शुभ दीपावलीको अवसरमा खोकाछाप्राका प्रतिनिधि राम नाथको अध्यक्षतामा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।

संयुक्त संघर्ष समितिका संरक्षक तथा प्रमुख अतिथि महेश पन्तले सुकुम्बासी, हलिया, मुक्त कमैया र खोकाछाप्राहरुको उचित व्यवस्थापन हुनु पर्नेमा जोड दिएका छन । 

कार्यक्रममा अखिल नेपाल सुकुम्बासी संघका केन्द्रीय सचिव तथा सुप इन्चार्ज आनन्द सिंह धामी, मदन आश्रित टोलका अध्यक्ष लहान चौधरी, ग्रीन टोलका अध्यक्ष मोतिलाल उरावले  शुभकामना दिनुहुँदै नेपाल सरकार र स्थानीय सरकारले वर्षौदेखि सुकुम्बासीको व्यवस्थापन नगरेकोले पिडा भोग्नुपरेको बताए ।

कार्यक्रमको सञ्चालन संघर्ष समितिका सचिव दान सिंह विष्टले गरेका थिए । 
 

जिफन्टले नेकपा एमालेको केन्द्रीय कार्यालय परिसरको हिलो पन्छाउयो

नेपाल ट्रेड यूनियन महासंघले (जिफन्ट)ले गत असोज १० गते रातीदेखि अविरल वर्षा तथा वाढीको कारण दुबानमा परेको च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालय परिसरको हिलो पन्छाउने काम गरेको छ।

जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठको नेतृत्वमा असोज १४ र १६ गते श्रमिकहरूको टोलीले  हिलो पन्छाएर सफाई कार्यको थालनी गरेको हो । 
 

जिफन्टले अविरल वर्षाबाट भएको जन–धनको क्षतिबाट प्रभावित श्रमिकहरूको लगत संकलन

गत असोज १० गतेदेखि परेको अविरल वर्षाबाट भएको जन–धनको क्षतिबाट प्रभावित श्रमिकहरूको लगत संकलन तथा उद्धार कार्यमा लाग्न असोज १६ गते जिफन्टमा योजना बैठक सम्पन्न भएको छ ।

जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले प्राकृतिक प्रकोपको कारण देश अप्ठेरो स्थितीमा हुँदा-जिफन्ट सधै अग्रभागमा रहेर काम गर्दै अएको स्मरण गर्नु हुदै प्रकोपका कारणले भएको जन–धनको क्षति पुरा गर्न नसकिएता पनि पिडामा रहेका श्रमिकहरूलाई मलम लगाउने काम जिफन्टले १२ गतेदेखि नै सुरू गरी सकेको भन्नु भयो । 

जिफन्ट राष्ट्रिय कमिटी, प्रदेश र घटक युनियनका नेताहरू संलग्न रहेको सो बैठकमा अगामी २० गते भित्र जन–धनको क्षतिबाट प्रभावित श्रमिकहरूको लगत संकलन गरी सक्ने योजना बनाएको छ ।

जिफन्टले आफ्ना सबै संरचना, आबद्घ यूनियनका साथै व्यक्तिगत सदस्यलाई आफ्ना नजिक र थाहा भएका सदस्यहरूको विवरण केन्द्र, प्रदेश, जिल्ला, आ–आफ्नो यूनियन वा सिधै श्रमिक खबरलाई फेसबुक मेसेन्जर मार्फत पनि जानकारी दिन हुन हार्दिक अनुरोध गरेको छ ।
 

जनताको पिडामा जिफन्ट

नेपाल ट्रेड यूनियन महासंघले (जिफन्ट)ले गत असोज १० गते रातीदेखि अविरल वर्षा तथा वाढीको कारण दुबानमा परेको च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालय परिसरको हिलो पन्छाउने काम गरेको छ।

जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठको नेतृत्वमा असोज १४ गते करिब ४ दर्जन श्रमिकहरूको टोलीले हिलो पन्छाएर सफाई कार्यको थालनी गरेको छ । 

यस अधि जिफन्ट बिपद ब्यवस्थापन कमिटी र जिफन्ट युवा कमिटीको नेतृत्वमा असोज १२ गते बल्खु र कुलेश्वरको विचमा करीब ८ महिनाको बच्चा सहित ४ जनालाइ उद्दार गरेको थियो भने असोज १३ गते बाढीबाट क्षतिग्रस्त सुन्दरीघाट स्थीत सुलक्षण किर्ती बिहारमा हिलो पन्छाउने काम गरेको थियो ।