श्रीलंका, बंगलादेशका ट्रेड युनियन महिला प्रतिनिधिहरू बिच अनुभव आदान प्रदान
घर आधारित श्रमिकहरूको अन्तर्राष्ट्रिय दिवस २० अक्टोबरको सन्दर्भमा नेपाल गृह श्रमिक ट्रेड युनियन (हुन) को आयोजनामा स्थानीय तहमा श्रमिक पंजिकरण सम्बन्धी असल कामहरूको अनुभव आदान प्रदान कार्यक्रम कार्तिक ३ गते काठमाण्डोमा सम्पन्न भयो ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) अध्यक्ष बिनोद श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा जिफन्ट उपाध्यक्ष जितेन्द्र श्रेष्ठ, महासचिव लक्ष्मण शर्मा, टोखा नगरपालिका प्रकाश अधिकारी, बुढानिलकण्ठ नगरपालिका उपमेयर अनिता लामा, कामनपा ३२ वडा अध्यक्ष नवराज पराजुली, चाँगुनारायण नगरपालिका ३ नं वडा अध्यक्ष स्याम सुन्दर धिमाल र दक्षिणकाली नगर सभा सदस्य सम्झना दनुवार लगायतका जनप्रतिनिधिहरू उपस्थित थिए ।
कार्यक्रमका प्रमुख अतिथि जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठले वर्तमान श्रम बजारको अवस्थाका बारेमा चर्चा गर्नु हुँदै असल कामहरूको निरन्तरताका लागी स्थानीय तह सँगको सहकार्य महत्त्वपूर्ण भएकोमा जोड दिनुहुँदै अगामी दिनमा श्रमिकहरूको मूल मुद्दा भनेको योगदानमा आधारित सामाजिक सुरक्षा रहेकोले यस्कालागी श्रमिक पंजिकरण पहिलो प्राथमिकता रहेकोमा बताउनु भयो ।
बिभिन्न क्षेत्रबाट सहभागी घरेलु श्रमिकहरू बुढानीलकण्ठकी निर्मला धिमिरे, कागेश्वरी मनोहराकी शान्ति श्रेष्ठ, गोकर्णेश्वरकी माया थापा, चन्द्रागिरिकी ललिता अधिकारी, नागर्जुनकी गिता लामा र काठमाण्डो महानगरकी मिली श्रेष्ठ लगायतले स्थानीय तहमा घरेलु तथा घर आधारित श्रमिकहरूले भोग्दै आएका समस्या तथा स्थानीय तहमा श्रमिक पन्जीकरण र योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयकालागी पालीकाहरूको योजनाका बारेमा जनप्रतिनिधिहरू समक्ष जिज्ञासा राखेका थिए ।
घरेलु श्रमिकहरूले राख्नु भएको जिज्ञासालाइ सम्बोधन गर्नु हुँदै टोखाका नगर प्रमुख प्रकाश अधिकारीले आफू श्रम र श्रमिकको पक्षमा सम्मान गरिरहने बताउनु हुँदै श्रमिकको अधिकारकालागी संगठीत शक्तीको बिकल्प नभएकोले बताउनु भयो ।
कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामाले आफ्नो नगरले श्रमिकको पन्जिकरणको ब्यवस्था गरिसकेको बताउनु हुँदै पन्जीकृत श्रमिकहरूलाइ क्रमशः सेवा सुविधा बिस्तार गर्दै लाने बताउनु भयो ।
काठमाडौँ महानगर पालिका ३२ का वडा अध्यक्ष नवराज पराजुलीले श्रमिक र जनप्रतिनधीहरूको नियमित संवादले समस्यालाई समाधान गर्न मद्दत मिल्ने बताउनु भएको कार्यक्रममा हुन अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष चन्द्र सागर लामाले गृह श्रमिकहरूको वर्तमान अवस्था र हुनको योजनाकोबारेमा बताउनु भएको थियो भने कार्यक्रमको संचालन हुन महासचिव ज्ञानु केसीले गर्नु भएको थियो।
कार्यक्रमको फोटाोकालागी लिंकमा क्लिक गर्नुहोस ।
https://www.facebook.com/media/set/?set=a.122124016022435116&type=3