????? ????????, ??????? ????????? ?????? ?????? ??????? ?????? ??
रोमानियाको प्रहोभास्थित तातरानी सहरमा रहेको होटल डालेमा गत २९ सेप्टेम्बरमा भएको आगलागीमा मृत्यु भएकी सोनी लिम्बू र सुस्मिता तामाङको शव जिफन्टको पहलमा नेपाल ल्यायको छ ।
काठमाण्डौ स्थित सिनामंगलको ‘ओमेगा पावर माईन्ड प्रा.लि.’बाट २०२५ फेब्रुअरी १८ मा रोमानिया पुगेका काठमाण्डौ दक्षिणकाली नगरपालिका वडा नं ९ घर भएकी बर्ष २४ की सुस्मिता तामाङ र ईलाम जिल्ला खैरेनी माई पालिका वडा नम्बर –७ घर भएकी बर्ष २१, सोनी लिम्बूको रहेको छ ।
शिक्षा क्षेत्रमा क्रियाशील ट्रेड युनियनको खारेजी गर्ने उद्धेश्यले शिक्षा मन्त्री महावीर पुनद्वारा जारी विज्ञप्ति प्रति जिफन्टले कडा आपत्ति जनाएको छ ।
जिफन्टले आइतबार एक विज्ञप्ति मार्फत संविधान प्रदत्त मौलिक अधिकार र ट्रेड युनियन स्वतन्त्रताको रक्षाका लागि स्थापित खारेजी गरे जस्तोसुकै मूल्य चुकाउन जिफन्ट तयार रहेको चेतावनी दिएको छ ।
जिफन्टले शिक्षक-प्राध्यापक लगायत पेशागत ट्रेड युनियन आन्दोलनहरूप्रति ऐक्यवद्धता समेत व्यक्त गरेको छ ।

जेन्जी आन्दोलनमा भएको तोडफोडपछि बन्द रहेको हयात रिजेन्सी होटल मर्मतका नाममा होटलमा कार्यरत सम्पूर्ण श्रमिकलाई एकैपटक रोजगारी अन्त गर्ने हयात व्यवस्थापनको कदम प्रति नेपाल ट्रेड युनियन महासंघ जिफन्टद्वारा खेद ब्यक्त गरेको छ ।
हायत होटल व्यवस्थापनले वार्ताको प्रक्रियालाई बेवास्ता गर्दै १३३ स्थायी र करिब ३५० करार श्रमिकलाई निस्कासन गर्ने अमानवीय निर्णय श्रम ऐनको उल्लङ्घन, औद्योगिक शान्तिमाथिको प्रहार र श्रमिक अधिकारमाथिको निर्दयी आक्रमण भएको जिफन्टको ठहर छ ।
एयर इन्डियामा करारमा कार्यरत श्रमिकहरूले नियमित रोजगारीको माग राखी नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग र श्रम तथा रोजगार कार्यालमा दिएको निवेदन उपर श्रम ऐन, २०७४ को दफा १६३(२) बमोजिम करार समाप्त भएको मितिदेखि नियमित रोजगारीमा राखी प्रचलित ऐन नियम बमोजिम नियुक्ति गर्न निर्देशन दिएको छ ।
करारमा कार्यरत ३० जना निवेदकहरू मध्ये समिर पोखरेल, सन्तोष दुलाल, जयराम राउत, सुनिल त्वायना, दीपक आलेमगर, नयन बुढा र राजेश गुरुङ्गलाई नियमित रोजगारीमा राख्न सम्बन्धित कार्यालयले कार्तिक २६ गते निर्णय गरेको थियो ।
रौतहट जिल्लाको कटहरिया नगरपालिका–९ स्थित ज्योति डिस्टिलरीमा पुस १२ गते बोइलर विस्फोट हुँदा ४५ वर्षीय लक्ष्मण यादवको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना श्रमिक घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार विस्फोटमा परि डिस्टलरीमा काम गर्ने रहमोद आलम, प्रमजित यादव, जगदिश यादव, बिगन यादव, मुकेश यादव, कैलाश माली घाइते भएका छन् ।
घाइतेमध्ये तिनजनाको अवस्था गम्भिर रहेको छ ।
सर्लाही जिल्लामा रहेको सागरनाथ वन विकास परियोजनामा वन रक्षकको रुपमा कार्यरत जिफन्ट आवद्ध क्युपेक नेपालका सदस्य रामेश्वर महतो कोइरीको पुस १९ गते अज्ञात अपराधीहरुद्वारा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको खवरले जिफन्ट परिवार स्तव्ध भएको पुस २० गते बिज्ञप्ती मार्फत जनाएको छ ।
आफ्नो कामको सिलसिलामा अपराधीहरुको निशानामा परी निधन हुनुभएका कोइरी प्रति भावपूर्ण श्रध्दान्जली र शोक संतप्त परिवारजन तथा क्युपेक नेपाल कमिटिका कमरेडहरुप्रति हार्दिक समवेदनमा ब्यक्त गर्दै हत्या घटनाको गम्भीर अनुसन्धान गरी, अपराधीलाई कानुनी कार्वाही गर्न सरकारसंग जिफन्टले जोडदार माग गरेको छ । 