एयर इन्डियामा करारमा कार्यरत श्रमिकहरूले नियमित रोजगारीको माग राखी नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग र श्रम तथा रोजगार कार्यालमा दिएको निवेदन उपर श्रम ऐन, २०७४ को दफा १६३(२) बमोजिम करार समाप्त भएको मितिदेखि नियमित रोजगारीमा राखी प्रचलित ऐन नियम बमोजिम नियुक्ति गर्न निर्देशन दिएको छ ।
करारमा कार्यरत ३० जना निवेदकहरू मध्ये समिर पोखरेल, सन्तोष दुलाल, जयराम राउत, सुनिल त्वायना, दीपक आलेमगर, नयन बुढा र राजेश गुरुङ्गलाई नियमित रोजगारीमा राख्न सम्बन्धित कार्यालयले कार्तिक २६ गते निर्णय गरेको थियो ।