??? ????? ????? ??????

?????? : ????? ??????

????? ????????, ??????? ????????? ?????? ?????? ??????? ?????? ??

श्रमिकहरुले सुरक्षित कार्यथलोमा मर्यादित रोजगारी गर्न पाउनु मौलिक हक

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले गत पुस १७ गते नवपरासी बर्दघाट–१२ स्थित कजरिया टायल्समा कार्यरत श्रमिकहरु होमबहादुर थापा र उत्तरप्रदेश प्रतापगढ जिल्लाका विनोद कुमारको मृत्यु भएको समाचारले जिफन्ट परिवार स्तव्ध भएको भन्दै पुस २० गते बिज्ञप्ती जारी गरेको छ । 

बिज्ञप्तीमा मृतक श्रमिकहरुलाई भावपूर्ण श्रध्दाञ्जली साथै शोकसंतप्त परिवारजनमा हार्दिक समवेदना ब्यक्त गर्दै श्रमिकहरुले सुरक्षित कार्यथलोमा मर्यादित रोजगारी गर्न पाउनु मौलिक हक भएको र कार्यथलोमा भएका श्रमिकहरुको मृत्युको जिम्मेवारी रोजगारदाता र व्यवस्थापन हुनु पर्ने भन्दै पीडितहरुलाई श्रम कानुनहरुले व्यवस्था गरे बमोजिमको क्षतिपूर्ती प्रदान गर्न गराउन सम्बन्धित सबैमा जिफन्टले आव्हान समेत गरेको छ ।

बुढानिलकण्ठ नगरपालिकाको श्रम समन्वय समितिको सदस्यमा जिफन्टका बिष्ट र बराल

काठमाण्डो जिल्लाको बुढानिलकण्ठ नगरपालिकाको श्रम समन्वय समितिको सदस्यमा जिफन्ट आवद्ध क्युपेक-नेपाल आर्थिक सचिव कृतिनिधि बिष्ट र नेस्वहोमयु केन्द्रीय महिला सचिव निशा बराल लाइ पालिकाले पुस २८ गते नियुत्ति गरेको छ । 

जिफन्ट बिष्ट र बरालको कार्काल सफलताको शुभकानमना ब्यक्त गर्दछ ।  

विभिन्न प्रकृतिका कामहरूकालागि तापक्रमको अधिकतम सीमा निर्धारण

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विभिन्न प्रकृतिका कामहरूकालागि तापक्रमको अधिकतम सीमा निर्धारण गरेको छ । 

मापदण्ड अनुसार बसेर वा उभिएर गरिने मेसिन नियन्त्रण वा हातको हल्का कामको लागि अधिकतम तापक्रम ३२.२ डिग्री सेल्सियस, सामान सार्ने वा निरन्तर हात र पाखुराले गर्ने कामका लागि ३०.६ डिग्री सेल्सियस तोकिएको छ । 

त्यसैगर खन्ने, भारी बोक्ने वा धकेल्नेजस्ता शारीरिक परिश्रम बढी हुने कामका लागि २८.९ डिग्री र तीव्र गतिमा गरिने धेरै कडा शारीरिक गतिविधिका लागि अधिकतम तापक्रम २६.९ डिग्री सेल्सियस मात्र हुनुपर्ने व्यवस्था गरिएको छ ।
यदि कार्यस्थलको तापक्रम तोकिएको सीमाभन्दा बढी भएमा रोजगारदाताले नियन्त्रणात्मक उपाय लगायतका व्यवस्था अपनाउनुपर्नेछ ।

ट्रेड युनियन खारेजः निजामती कर्मचारी संगठनद्वारा असहमति

बालेन्द्र शाह नेतृत्वको सरकारको चैत्र १४ गते बसेको मन्त्रिपरिषद् बैठकले पारित गरेका शासकीय सुधार सम्बन्धी एक सय कार्यसूचीको १२ औँ नम्बरमा सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गर्ने विषयमा निजामती कर्मचारीका संगठनहरूले असहमति जनाएका छन् ।

नेपाल निजामती कर्मचारी संगठनकी अध्यक्ष भवानी न्यौपाने, नेपाल निजामती कर्मचारी युनियनका कार्यवाहक अध्यक्ष उत्तम कटवाल र राष्ट्रिय निजामती कर्मचारी संगठनका अध्यक्ष अम्बादत्त भट्टले आफूहरू राजनीतिक दलको विधानमा उल्लेख भएर दलको सिफारिसमा बनेको संगठन नभएकाले दलगत भन्न नमिल्ने र अन्तराष्ट्रिय मूल्य मान्यता तथा ट्रेड युनियन अधिकार संविधानले ग्यारेन्टी गरेको विषय भएको पनि बताउनु भएको छ ।
 

सामाजिक न्याय प्रवर्द्धन गर्न आइएलओको सहयोग निरन्तर रहेनेः एक्ट्राभका निर्देशक रोप्के

आइएलओ गभर्निङ बडीको ३५६ औं सत्रको पहिलो हप्तामा, आइएलओ एक्ट्राभका निर्देशक ओलिभर रोप्केले सत्रमा भाग लिने ट्रेड युनियन नेताहरूसँग द्विपक्षीय छलफल गरेको छ ।

छलफलहरूमा ओलिभरले अन्तर्राष्ट्रिय श्रम मापदण्ड, सामाजिक संवाद र सबैका लागि सामाजिक न्याय प्रवर्द्धन गर्न ट्रेड युनियनहरूलाई आइएलओको सहयोग निरन्तर रहेने बताउनु भएको छ ।

एसिया-प्रशान्त र अरब राज्यहरूका श्रमिक समूहका सदस्यहरू र दुवै क्षेत्रका निर्देशकहरू सहभागि छलफलमा विश्व ट्रेड युनियन महासंघ, अफ्रिकी ट्रेड युनियन एकताको संगठन, दक्षिण अफ्रिकी ट्रेड युनियनहरूको कांग्रेस, सोमाली ट्रेड युनियनहरूको महासंघ र इजिप्टियन ट्रेड युनियन महासंघको सहभागिता रहेको थियो । 

राइड सेयरिङ चालकहरूद्वारा विरोध प्रदर्शन

राइड सेयरिङ चालकहरूले इन्धनको मूल्य बढ्दै गए पनि भाडा दर समायोजन नभएको भन्दै चैत्र १६ गते काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। 
चालकहरूले सरकारसँग भाडा पुनरावलोकन,नीतिगत स्पष्टता र आफ्नो श्रमको उचित मूल्य सुनिश्चित गर्न माग गरेका छन्। उनीहरूले समस्या समाधान नभए थप कडा आन्दोलनमा जाने चेतावनीसमेत दिएका छन्।