वन रक्षक महत्तोको विभत्स हत्या

सर्लाही जिल्लामा रहेको सागरनाथ वन विकास परियोजनामा वन रक्षकको रुपमा कार्यरत जिफन्ट आवद्ध क्युपेक नेपालका सदस्य रामेश्वर महतो कोइरीको पुस १९ गते अज्ञात अपराधीहरुद्वारा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको खवरले जिफन्ट परिवार स्तव्ध भएको पुस २० गते बिज्ञप्ती मार्फत जनाएको छ । 

आफ्नो कामको सिलसिलामा अपराधीहरुको निशानामा परी निधन हुनुभएका कोइरी प्रति भावपूर्ण श्रध्दान्जली र शोक संतप्त परिवारजन तथा क्युपेक नेपाल कमिटिका कमरेडहरुप्रति हार्दिक समवेदनमा ब्यक्त गर्दै हत्या घटनाको गम्भीर अनुसन्धान गरी, अपराधीलाई कानुनी कार्वाही गर्न सरकारसंग जिफन्टले जोडदार माग गरेको छ ।