हयात व्यवस्थापनको कदम प्रति जिफन्टद्वारा खेद ब्यक्त

जेन्जी आन्दोलनमा भएको तोडफोडपछि बन्द रहेको हयात रिजेन्सी होटल मर्मतका नाममा होटलमा कार्यरत सम्पूर्ण श्रमिकलाई एकैपटक रोजगारी अन्त गर्ने हयात व्यवस्थापनको कदम प्रति नेपाल ट्रेड युनियन महासंघ जिफन्टद्वारा खेद ब्यक्त गरेको छ ।

हायत होटल व्यवस्थापनले वार्ताको प्रक्रियालाई बेवास्ता गर्दै १३३ स्थायी र करिब ३५० करार श्रमिकलाई निस्कासन गर्ने अमानवीय निर्णय श्रम ऐनको उल्लङ्घन, औद्योगिक शान्तिमाथिको प्रहार र श्रमिक अधिकारमाथिको निर्दयी आक्रमण भएको जिफन्टको ठहर छ ।