शिक्षा क्षेत्रको ट्रेड युनियन खारेजी गर्ने निर्णय प्रति जिफन्टको आपत्ति

शिक्षा क्षेत्रमा क्रियाशील ट्रेड युनियनको खारेजी गर्ने उद्धेश्यले शिक्षा मन्त्री महावीर पुनद्वारा जारी विज्ञप्ति प्रति जिफन्टले कडा आपत्ति जनाएको छ । 

जिफन्टले आइतबार एक विज्ञप्ति मार्फत संविधान प्रदत्त मौलिक अधिकार र ट्रेड युनियन स्वतन्त्रताको रक्षाका लागि स्थापित खारेजी गरे जस्तोसुकै मूल्य चुकाउन जिफन्ट तयार रहेको चेतावनी दिएको छ ।  

जिफन्टले शिक्षक-प्राध्यापक लगायत पेशागत ट्रेड युनियन आन्दोलनहरूप्रति ऐक्यवद्धता समेत व्यक्त गरेको छ ।