रौतहट जिल्लाको कटहरिया नगरपालिका–९ स्थित ज्योति डिस्टिलरीमा पुस १२ गते बोइलर विस्फोट हुँदा ४५ वर्षीय लक्ष्मण यादवको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना श्रमिक घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार विस्फोटमा परि डिस्टलरीमा काम गर्ने रहमोद आलम, प्रमजित यादव, जगदिश यादव, बिगन यादव, मुकेश यादव, कैलाश माली घाइते भएका छन् ।
घाइतेमध्ये तिनजनाको अवस्था गम्भिर रहेको छ ।