????? ????????, ??????? ????????? ?????? ?????? ??????? ?????? ??
कोरियन सरकारले प्रवासी श्रमिकलाई अमानवीय तरिकाले गरिने धरपकडको कारण हुने घाईते तथा ज्यान समेत जाने घटनाको बिरूद्धमा कोरीयाको माइग्रेन्ट ट्रेड युनियन (MTU) ले अप्रिल १४ र १५ अर्थात बैशाख १ र २ गते सउल प्रशासनिक कार्यालय अगाडि पत्रकार सम्मेलन गरि माग पत्र बुझाइएको छ ।
पत्रकार सम्मेलनमा प्रवासी श्रमिकले भिषा कसरी गुमाउँछ यस्को कारण के हो सहि पहिचान गर्न र भिषा गुमाउन बाध्य गराउने कानुनको परिबर्तन गर्नु पर्ने MTU ले माग गरेको छ ।
पत्रकार सम्मेलनमा सम्पुर्ण प्रवाशी श्रमिकलाई आफ्नो अधिकारकालागी MTU मा आवद्ध हुन समेत अनुरोध गरेको छ ।

जापानमा सडक दुर्घटनामा परेर ज्यान गुमाउनु भएकी बिना पाण्डेको पार्थिव शरीरलाई जिफन्टको पहलमा साउन २५ गते नेपाल ल्याई पुर्याएको छ ।
जिफन्ट आबद्ध क्युपेक-नेपाल काभ्रे जिल्लाका पूर्व सल्लाहकार खेम पाण्डेकी छोरी उच्च शिक्षा हासिल गर्न २०८१ साल चैत्र महिनामा जापान गएको थियो ।
गत असार १३ गते सडक दुर्घटनामा परी घाइते भएकी पाण्डेको उपचारको क्रममा २० गते मृत्यु भएको थियो ।
मन्त्रिपरिषद् बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रस्तावमा राष्ट्रिय श्रम आप्रवासन नीति–२०८२ पारित गरे पछी भारतीय श्रम बजारमा कार्यरत नेपाली श्रमिकलाई कल्याणकारी सेवा प्रदान गर्ने गरी अभिलेखीकरणमा ल्याउन बाटो खुलेको छ
साउन १८ गते मन्त्रिपरिषद् बैठकले पारीत गरेको नयाँ नीति अनुसार भारतमा रोजगारीमा जाने श्रमिकलाई सामाजिक सुरक्षा कोष मार्फत सामाजिक सुरक्षाका कार्यक्रम र सुविधामा आबद्ध गर्नेछ ।
युएईको नेपाली राजदूतावासले आगामी भदौ २ गतेदेखि युएईमा कार्यरत नेपाली नागरिकहरूका लागि श्रम स्वीकृति वैधानिकीकरण सेवा नियमित गर्ने भएको छ।
दूतावासले साउन २६ गते एक सूचना जारी गर्दै यो सेवा नियमित शुरु हुने जानकारी दिएको हो।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्देशिका अनुसार, सेप्टेम्बर ३०, २०२४ भन्दा अगाडि रोजगारी भिसा प्राप्त गरी अबुधाबीमा कार्यरत नेपालीहरूले मात्र यो सेवा लिन पाउने जनाएको छ।
कुवेतमा रहेको नेपाली दूतावासले साउन ३० गते एक बिज्ञप्ती निकालेर विषाक्त रक्सी सेवनबाट केही नेपालीको निधन भएको र ३५ जना अस्पताल भर्ना भएको भन्दै स्वास्थ्यका लागि घातक र जोखिमपूर्ण खाद्य तथा पेय पदार्थ नखान आग्रह गरेको छ ।
बिज्ञप्तीमा ज्यान गुमाउने नेपालीको सङ्ख्या उल्लेख गरेको छैन । विषाक्त रक्सी खाएर कम्तीमा नौ जना नेपालीको ज्यान गएको बुझिएको छ ।
कुवेतको स्वास्थ्य मन्त्रालयले मेथानोल मिसावट गरेको रक्सी खाएका कारण एक सय ६० जना भन्दा धेरै प्रभावित भएका र उनीहरुमध्ये २३ जनाको ज्यान गएको जनाएको छ ।
कोरियास्थित नेपाली राजदूतावासले कोरियामा सीपयुक्त श्रमिक पठाउनका लागि हालसम्म कुनै मागपत्र प्रमाणीकरण आवेदन प्राप्त नभएको सिओलस्थित दूतावासले विज्ञप्ति जारी गरी स्पष्ट पारेको छ ।
संस्थाले आवश्यक कागजातसहित मागपत्र दूतावासमा पेश गरेपछि मात्रै दूतावासले प्रमाणीकरण गर्ने र त्यसपछि वैदेशिक रोजगार विभागमार्फत प्रक्रिया अघि बढ्ने व्यवस्था रहेको विज्ञप्तिमा उल्लेख गरेको छ।
त्यसैगरी वैदेशिक रोजगारीसम्बन्धी ठगीबाट बच्नका लागि वैदेशिक रोजगार विभाग र दैनिक पत्रिकामा आधिकारिक सूचना प्रकाशित नभएसम्म कुनै व्यक्ति वा संस्थासँग आर्थिक कारोबार नगर्न दूतावासले आम जनतालाई सचेत समेत गरेको छ ।
