??? ????? ????? ??????

?????? : ????? ??????

????? ????????, ??????? ????????? ?????? ?????? ??????? ?????? ??

जिफन्ट सहयोग समुह बहराइनको संयोजकमा अच्युतराज तिमल्सिना

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)द्वारा बैसाख १८ गते अच्युतराज तिमल्सिनाको संयोजकत्वमा सह–संयोजक गमबहादुर आले र सचिवमा रोहित चौधरी रहनु भएको बहराइन जिफन्ट सहयोग समुह  (जिएसजी) गठन गरेको छ । 

अन्तर्राष्ट्रिय श्रमिक दिवस मे दिवसको अवसरमा गठन भएको कमिटिलाइ जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठ र बिदेश बिभाग चिब स्मृती लामाले भर्चुअल माध्यामबाट बधाइ तथा शुभकामना दिनु भएको थियो ।

जिफन्ट सहयोग समुहद्वारा प्रवाशमा मे दिवस मनायो

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) सहयोग समुह मलेशियाले प्रवासी श्रमिकका लागि सामाजिक सुरक्षा सहितको मर्यादित काम,शान्ति र सुरक्षायुक्त कार्यस्थल हाम्रो अभियान” नाराका मे दिवस २०८३ को सन्दर्भमा बैसाख २० गते मे दिवस शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । 

कार्यक्रमा जिफन्ट मलेशिया संयोजक तथा मलेशियन टिम्बर युनियन परियोजनाका अर्गनाइजर वेदकुमार खतिवडाले सन २००५ देखीको जिफन्टको निरन्तर प्रयासले अहिले मलेशियन ट्रेड युनियन महासंघ (MTUC एमटियुसी )अन्तरगत रहेका युनियनहरुमा नेपाली प्रवाशी श्रमिकहरू पनि आवद्ध हुनपाउने र तीनीहरूले पनि  स्थानिय श्रमिकहरूले पाउने सम्पुर्ण सेवा सुबिधा पाउने ब्यवस्था रहेको भन्नु हुंदै यो अधिकार प्राप्तीको लडाइमा जिफन्ट सहयोग समुह मलेशियालाइ सहयोग गर्नु हुने ग्लोवल युनियन बिडब्लुआइ,  एमटियुसी र आवद्ध युनियनहरू र निरन्तर लाग्नु हुने जिफन्ट सहयोग समुहका सदस्यहरू प्रती आभार प्रकट गर्नु भएको थियो । 

जिफन्ट सपोर्ट ग्रुप मलेशियाका अध्यक्ष श्री प्रेम मगरले मे दिवसको शुभकामना दिनुहुंदै मलेशियाको  रोजगार ऐन र कानुन अनुसार श्रमिकले पाउने सेवा सुबिधाका प्रकाश पार्नु भएको कार्यक्रमको संचालन उपाध्यक्ष संजय यादवले गर्नु भएको थियो ।

त्यसैगरी जिफन्ट सहयोग समुह कतारले प्रवासी श्रमिकका लागि सामाजिक सुरक्षा सहितको मर्यादित काम,शान्ति र सुरक्षायुक्त कार्यस्थल हाम्रो अभियान” नाराका साथ अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस २०२६) मनाएको कतार जिफन्ट सहयोग समुहका अध्यक्ष समुन्द्र खडकाले जानकारी दिनु भएको छ ।

जिफन्टद्वारा ओमनबाट २ पिडित नेपाली श्रमिकको उद्धार

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)द्वारा ओमनबाट २ पिडित नेपाली श्रमिकको उद्धार गरेको छ ।

बैदेशिक रोजगारीका लागी करीव २२ दिन अगाडी प्रतिब्यक्ति २ लाख ६० हजार एजेन्ट गोबिन्द बि.क लाइ बुझाइ ओमन पुगेका रोल्पा जिल्लाको रोल्पा नगरपलिका ३ की २९ वर्षिय श्रीजना कुंवर र चितवन जिल्ला माडी गाउपालिका ११ का ३० वर्षिय लक्ष्मण बि.क लाइ एजेन्टले सुपरमार्केटको काममा भनि पठाएको थियो ।

तर ओमन पुगेपछि भिजिट भिषामा पठाएको थाह पाएपछि  पिडितले नेपाल फकाई दिन जिफन्टमा निवेदन दिनु भएको थियो । 

जिफन्ट प्रवासी डेक्सले एजेन्टलाई सम्पर्क गरी पिडितलाई गत बैसाख १६ गते नेपाल फर्काएको जिफन्ट प्रवासी डेस्कबाट जनक बि.कले श्रमिक खबरलाई जानकारी दिनु भएको हो । 

कम्बोडियामा २३३ जना नेपाली युवाहरू बन्धक

रोजगारीको प्रलोभनमा कम्बोडिया पुर्‍याइएका २३३ जना नेपाली युवाहरू एकै कोठामा बन्धक बनाइएको छ। 

बन्धक बनाइएका नेपालीहरूले आफूहरूलाई जनावरलाई जस्तै खाँदेर राखिएको र तत्काल उद्धार नगरिए ज्यान जोखिममा रहेको भन्दै आवश्यक सहयोगकोलागी नेपाल सरकारसँग गुहार मागेका छन्।

त्यहाँ रहेका नेपालीहरूका अनुसार उनीहरूका साथमा रहेका मोबाइल फोन, नगद पैसा र राहदानी (पासपोर्ट) समेत जफत गरिएको छ।

जिफन्ट सहयोग समुह कतार मनायो १६ औ स्थापना दिवस

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले कतारमा कार्यरत नेपाली प्रवाशी श्रमिकहरूको हक हितकालागी स्थापना गरेको नेपाली प्रवासी श्रमिक संघ जिफन्ट सहयोग समुह कतार गठन गरेको १५ वर्ष पुरा भइ १६ वर्षमा प्रवेश गरेको छ ।

जिफन्ट सहयोग समुह कतारले जेठ ६ गते १६ औ स्थापना दिवसको सन्दर्भमा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ । 

संगठनको प्रमुख सल्लाहकार शेषराज तिमिल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न शुभकामना आदान प्रदान कार्यक्रममा छबिलाल बुढाथोकी जिफन्ट सहयोग समुह कतारका सल्लाहकार भीम तरामु मगरले  संगठनको स्थापनाको उद्धेश्य र अहिलेसम्म संगठनले गरेको कामहरु बारेमा जानकारी गराउदै स्थापना दिवसको शुभकामना दिनु भएको थियो ।

जिफन्ट सहयोग समुह कतारका अध्यक्ष समुन्द्र खड्काको अध्यक्षतामा भएको शुभकामना आदान प्रदान कार्यक्रमको संचालन महासचिव लोक थापाले र उपाध्यक्ष नवराज शाहीले स्वागत मन्तव्य राख्नु भएको थियो ।

जिफन्ट सहयोग समुह यु केको संयोजकमा कृष्ण श्रेष्ठ

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) द्वारा यु के मा कार्यरत नेपाली श्रमिकहरूको भेला असार १४ गते सम्पन्न भएको छ । 

भेलाले कृष्ण श्रेष्ठको संयोजकत्वमा ९ सदस्य जिफन्ट सहयोग समुह यु के गठन गरेको छ । 

जिफन्ट अध्यक्ष बिनोद श्रेष्ठ, महासचिब लक्ष्मण शर्मा, बिदेश सचिब स्मृती लामा र  राष्ट्रिय कमिटि सदस्य सुमन पराजुली भर्चुअल माध्यामबाट सहभागि हुनु भएको भेलालाइ जिफन्ट अध्यक्ष, महासचिब लगायतले प्रवाशी श्रमिकको समस्या र जिफन्टले गरीरहेको कामकाबारेमा प्रकाश पार्नु भएको थियो