कोरियामा सिओलस्थित दूतावासले विज्ञप्ति जारी

कोरियास्थित नेपाली राजदूतावासले कोरियामा सीपयुक्त श्रमिक पठाउनका लागि हालसम्म कुनै मागपत्र प्रमाणीकरण आवेदन प्राप्त नभएको सिओलस्थित दूतावासले विज्ञप्ति जारी गरी स्पष्ट पारेको छ ।

संस्थाले आवश्यक कागजातसहित मागपत्र दूतावासमा पेश गरेपछि मात्रै दूतावासले प्रमाणीकरण गर्ने र त्यसपछि वैदेशिक रोजगार विभागमार्फत प्रक्रिया अघि बढ्ने व्यवस्था रहेको विज्ञप्तिमा उल्लेख गरेको छ।

त्यसैगरी वैदेशिक रोजगारीसम्बन्धी ठगीबाट बच्नका लागि वैदेशिक रोजगार विभाग र दैनिक पत्रिकामा आधिकारिक सूचना प्रकाशित नभएसम्म कुनै व्यक्ति वा संस्थासँग आर्थिक कारोबार नगर्न दूतावासले आम जनतालाई सचेत समेत गरेको छ ।