??? ????? ????? ??????

?????? : ????? ??????

????? ????????, ??????? ????????? ?????? ?????? ??????? ?????? ??

जिफन्टले मलेशियामा मृत्यु भएका जितेन्द्र पासवानको शव आफन्तलाई हस्तान्तरण

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत लालबन्दी नगरपालिका -३ निवासी ३३ वर्षिय स्वर्गीय जितेन्द्र पासवानको शव फागुण १३ गते नेपाल ल्याएको छ ।

बिगत २ वर्ष देखी मलेशियाको पाहाङ् स्थित एल् सीएस मार्केटिङ एसडीएन बीएचडी कम्पनीमा कार्यरत स्वर्गीय पासवान गत फेब्रअरी ७ का दिन कम्पनीको आवास गृहमा झुन्डिएर मृत्यु भएको थिए । 

पासवानको मृत्युको खवर पछी परिवारले जिफन्ट प्रवाशी डेक्समा शव नेपाल ल्याइदिन भनी दिनु भएको निवेदनको आधारमा जिफन्ट प्रवाशी डेक्सको पहलमा शब नेपाल ल्याइ फागुण १३ गते नै शबलाइ आफन्तलाई हस्तान्तरण गरिएको छ ।


कोरियाको श्रम मन्त्रालयमा केसिटियु र एमटियुद्धारा माग पेश

रोजगार अनुमति प्रणालि अन्तर्गत कोरियामा प्रवासि श्रमिकले स्व इच्छाले कार्यस्थल परिबर्तन गर्न नपाउने  र कम्पनि मालिकले अनुमति दिएर कम्पनि परिबर्तन गरे ३ महिना भित्र अर्को कम्पनिमा काममा लाग्नु पर्न नलागे भिषा गुम्ने र स्वदेश फर्कनु पर्ने जस्ता समस्यालाइ लिएर कोरियाको ट्रेड युनियन केसिटियु र प्रवाशी श्रमिक यूनियन एमटियुले निरन्तर बिविध कार्यक्रमहरू गर्दै आइ रहेको छ । 

यसै सन्दर्भमा फागुण १४ गते कोरियाको श्रम मन्त्रालय प्रवासि श्रमिक बिभागको अधिकारी संग भेट गरी भिषा गुमाउने प्रवासि श्रमिक रोक्न, काम खोज्ने समय अवधि हटाउन, नेपालबाट भाषा उतिर्ण गरी बसेको सबैलाई लानु पर्ने ,सबै प्रकृया पुरा गरि उडान नभएर रद्द भएको सबैलाई रोस्टरमा चाडो राख्नु पर्ने ,पानीजाहाजमा उतिर्ण हुनेलाई सधारण उत्पादनमा परिबर्तन दिनु पर्ने लगायतको माग पेश गरेको छ ।


 

जिफन्टको पहलमा कतारबाट शब नेपाल ल्याइयो

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को पहलमा कतारबाट दिपक परियारको शब चैत ८ गते नेपाल ल्याएको छ ।

बैदेशिक रोजगारीको शिलसिलामा करिब ५ वर्ष अगाडी कतार पुगेका फलेबास नगरपालिका ५ का ४३ बर्षिय दिपक परियार अस्वस्थ भइ उपचारको क्रममा १५ दिन अगाडी निधन भएको थियो ।

परियार काम गर्ने कम्पनिले शब नेपाल पठाउन नमाने पछी जिफन्ट सहयोग समूह कतारको पहलमा बैदेशिक रोगार बोर्डको सहयोगमा शब नेपाल ल्याएको जिफन्ट प्रवसी डेक्सका जनक बि.क ले जानकारी दिनुभएको हो ।
 

ओएनएफद्धारा श्रमिक राहत कोष स्थापना

प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तराष्ट्रिय कमिटीले बिदेशमा रहेका श्रमिकको उद्धार तथा राहतका लागि श्रमिक राहत कोषको नाममा चैत्र १९ गते कुमारी बैंकमा एक करोड रुपैयाँको अक्षय कोष स्थापना गरेको छ ।

प्रवासी नेपाली मञ्चका अनुसार अन्तराष्ट्रिय कमिटी, विभाग र महादेश कमिटीका सदस्यहरुको एक बर्षका लेबी र हाल सञ्चालन भइरहेको राफल सहयोगबाट बचत रकम गरी एक करोडको श्रमिक राहत कोष स्थापना गरिएको र श्रमिक राहत कोष बढाउँदै जाने नीति लिएको बताउनु भएको छ । 


 

युएई सरकारले १६६ नेपाली श्रमिकलाई आममाफी

वैदेशिक रोजगारीका क्रममा संयुक्त अरब इमिरेटस् (युएई) मा गएर विभिन्न कसुरमा जेल सजाय भोगिरहेका १६६ नेपाली श्रमिकलाई मुस्लिमको पर्व रमजान एवं इदको अवसर पारेर युएई सरकारले आममाफी दिएको छ । 

नेपाली बन्दीलाई आममाफी दिएकोमा युएई सरकारप्रति नेपाली दूतावासले विज्ञप्तिमार्फत धन्यवाद व्यक्त गरेको छ । 

त्यसैगरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै युएई सरकारको उक्त कदमको प्रशंसा गर्दै द्विपक्षीय सम्बन्धको नमुना भएको जनाएको छ । 

वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परिक्षण शुल्क ३ हजार बढायो

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परिक्षण शुल्क ३ हजार रुपैयाँ बढाएका छन् । 

मन्त्रालयले विशेषज्ञ समितिको सिफारिसका आधारमा चैत ८ गते मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्य परिक्षण शुल्क वृद्धि गरि ९ हजार ५०० रुपैयाँ कायम गरिएको छ । 

यस अघि २०८० साल साउन १ देखि लागू हुने गरी मेडिकल परिक्षण शुल्क वृद्धि गरिएको थियो । त्यतिबेला मेडिकल शुल्क ६ हजार ५०० तोकिएको थियो । शुल्क तोकिएको दुई वर्ष नपुग्दै पुन: शुल्क वृद्धि गरेका छन् ।