जापानमा सडक दुर्घटनामा परेर ज्यान गुमाएकी बिना पाण्डेको पार्थिव शरिर नेपाल ल्याइ पुर्‍याइयो

जापानमा सडक दुर्घटनामा परेर ज्यान गुमाउनु भएकी बिना पाण्डेको पार्थिव शरीरलाई जिफन्टको पहलमा साउन २५ गते नेपाल ल्याई पुर्‍याएको छ ।

जिफन्ट आबद्ध क्युपेक-नेपाल काभ्रे जिल्लाका पूर्व सल्लाहकार खेम पाण्डेकी छोरी उच्च शिक्षा हासिल गर्न २०८१ साल चैत्र महिनामा जापान गएको थियो । 

गत असार १३ गते सडक दुर्घटनामा परी घाइते भएकी पाण्डेको उपचारको क्रममा २० गते मृत्यु भएको थियो ।